Successfully Copied

फर्निचर: शानको जीवनशैली

नेपालमा पनि लक्जरियस जीवनशैली बढ्दो छ । मुख्यत: टेलिभिजन, इन्टरनेट तथा हलिउड बलिउड मुभीबाट प्रभावित आजका मानिसहरूमा

नेपालमा पनि लक्जरियस जीवनशैली बढ्दो छ । मुख्यत: टेलिभिजन, इन्टरनेट तथा हलिउड बलिउड मुभीबाट प्रभावित आजका मानिसहरूमा आफ्नो जीवनमा पनि त्यस्तै परिवर्तन ल्याउने चाहना बढ्न थालेको प्रस्ट हुन्छ । परिवर्तित जीवनशैली अर्थात् स्टाटसको मापन मानिसले प्रयोग गर्ने घर, गाडी तथा ग्याजेटद्वारा हुने गुगलसम्बद्ध स्रोतले प्रस्ट्याएको छ । घर मानव जीवनका लागि प्रमुख कुरा हो । आजको बदलिँदो जीवनशैलीमा घरमा गरिने इन्टेरियर डेकोरेसनले पनि निक्कै प्र्रभाव पार्छ । नेपालमा पनि युरोप-अमेरिकाका बासिन्दाहरूको जस्तै शानको जीवनशैली बिताउने चाहना बढ्दै गएको अवस्थामा लक्जरियस इन्टेरियरले त्यस्तो आवश्यकता पूरा गर्दै आएको छ । भृकुटीमण्डपमा केही महिनाअघि सम्पन्न फर्निचर एण्ड इन्टेरियर एक्स्पोमा विदेशीहरूले प्रयोग गर्ने गुणस्तरका लक्जरियस फर्निचर बुकिङमा नेपालीहरूको भीड बाक्लै देखियो जसले नेपालीहरूमा बढ्दै गएको इन्टेरियरको चेतना आँकलन गर्न गाह्रो पर्दैन ।

वेस्ट इन्टेरियर, शंखमूल, नयाँबानेश्वरका हीरा महर्जनका अनुसार पछिल्लो समयमा रेक्जिन तथा फरमाइकाबाट बनेका राउन्ड बेड पलङ तथा मार्बलको डाइनिङ टेबलको माग बढी छ । वेस्ट इन्टेरियरका प्रबन्ध निर्देशक महर्जन भन्छन्-पानीमा डुबाउँदा पनि नबिग्रने उड पार्केटिङ फ्लोरिङ आफ्नो बजेटअनुसार अर्डर गर्न सकिन्छ । फर्निचरमा पनि अहिले निक्कै परिवर्तन आएको छ । आकर्षक लुक्स, बलिया तथा विविध रंगका सोफा, थ्री फोल्डिङ र साधारण दराज तथा पलङ अहिले बढी बिक्री हुने फर्निचर हुन् । महर्जनका अनुसार यस्ता सामग्री रेक्जिन, कपडा तथा फाइबरद्वारा बन्ने हुनाले बलिया एवं टिकाउ हुन्छन् । टिक प्रयोग गर्दा दाग-धब्बा देखिने, पानीले बिगि्रने हुँदा अहिले पुछ्न मिल्ने, हेर्दा आकर्षक लुक्समा फर्माइका प्रयोग गरिएका फर्निचर बढी चलेका छन् ।

शान फर्निचरका इन्जिनियर सहदेव थापाका अनुसार थि्रपिस दराज, र्‍याटन चियर तथा सोफा मध्यमदेखि संभ्रान्त वर्गसम्मको रोजाइमा परेका फर्निचर हुन् । पानी पर्दा पनि नबिग्रने, घामले असर नगर्ने र वर्षौं टिकाउ हुने भएकाले र्‍याटनका फर्निचर लङ लास्टिङ हुने थापाको दाबी छ ।

इन्डेक्स फर्निचरकी सुनयना शाक्य भन्छिन्-हाम्रा फर्निचर सोलिड र कम्प्रेस उडका साथै एमडिएफ उड मिसिएका छन् । थाइल्यान्डबाट आयातीत इन्डेक्सका फर्निचरमा नयाँ आकार-प्रकारका सोफा सेट, बेड, डाइनिङ सेट, लिभिङका लागि इन्टरटेनमेन्ट सेटको माग बढी छ ।

आर एण्ड बी डेकोरकी पुष्पा श्रेष्ठकहाँ चाइनिज फर्निचरहरू छन् । चाइनिज कम्प्रेस उडबाट बनेका यस्ता फर्निचर निक्कै आकर्षक देखिन्छन् । पुष्पाका अनुसार ४० हजारभन्दा माथि पर्ने सोफा डार्क ब्राउन कलरमा बढी बिक्री भैरहेको छ भने भर्खरै नेपाल भित्र्याइएको मार्बल टी टेवलको माग पनि ह्वात्तै बढेको छ ।

हेरिटेज फ्लोरिङ कार्पेट इस्डस्टि्रजले भर्खरै सम्पन्न एक्स्पोमा आफ्नो नयाँ उत्पादन थ्री लिनियर भेलोर रिब्डबेड कार्पेट लन्च गर्‍यो । चाडपर्वलाई लक्षित गरी म्याटे्रसमा २५ प्रतिशत छुट दिएको हेरिटेजले आफ्ना उत्पादनमा २, ५ र १० वर्षको वारेन्टी प्रदान गर्छ । मरुन, रेड, कपर, रस्टलजस्ता फ्लोरिङ बलर बढी चलेको हेरिटेजका कार्पेट तथा म्याटे्रस बलिया र टिकाउ भएको कम्पनीको दाबी छ ।

न्यू आकार पुल्चोकका समितराज सिलाकार ३० देखि ६० हजार सम्म पर्ने सोफा, बेड तथा दराज बढी चलेको बताउँछन् । न्यू आकारले भर्खरै बजारमा ल्याएको मिनिबार धेरैको रोजाइमा परेको फर्निचर हो जसको मूल्य ३२ हजार छ । सिसौ, साल तथा सल्लाबाट बनेका यहाँका फर्निचर पूर्णरूपमा नेपालकै काठ र नेपाली कच्चापदार्थ प्रयोग गरी बनाइएकाले यसमा नेपाली मौलिकता झल्कन्छ । गुणस्तरमा सम्झौता नगर्ने बताउँदै समित भन्छन्-हाम्रा उत्पादन सस्ता, राम्रा, बलिया अनि मौलिक छन् ।

इम्पेरियल फर्निचर नारायणचौरमा हाइक्लासका फर्निचर उपलब्ध हुन्छन् । त्यहाँ राखिएका नियो-क्लासिकल फर्निचर चित्ताकर्षक हुनुका साथै बढी लाइफ लङ टिकाउ भएको इम्पेरियलकी बिजनेस डेभलपमेन्ट म्यानेजर प्रनिता राणाले बताइन् । राणाका अनुसार ती उत्पादन केही महँगा भए पनि गुणस्तरीय छन् । जंगली सिसौ र टिक प्रयोग गरी बनेका यहाँका फर्निचरमा भिक्टोरियन डिजाइनको झलक पाइन्छ । निश्चित वर्ग लक्षित यहाँका लक्जरियस फर्निचरमध्ये महँगा भेल्भेट, फाइबर र काठबाट बनेका सोफा सेट अनि बेड बढी बिक्री हुने प्रनिता बताउँछिन् । सिर्जन शिल देखिने यी फर्निचरमा जंगली सिसौको काठ प्रयोग गरिएको भए पनि आइरन लुक्स बढी देखिन्छ ।

क्राफ्टम्यान फर्निचर, उत्तरढोका, लाजिम्पाटले नेपालमै बनेका फर्निचर बिक्री गर्दै आएको लामै समय भैसकेको छ । साधारणदेखि संभ्रान्तसम्मका लागि तयार पारिएका यी फर्निचरमा लगाइने पोलिस भने डेनमार्कको हो । क्राफ्टम्यानका नवीन महर्जन भन्छन्-हामी नेपाली उत्पादनमा विश्वास गर्छौं । हाम्रा उत्पादन स्क्र्याच तथा हिट रेसिस्टेन्सका साथै वाटर पु्रफ छन् । हामी पूर्णत: नेपाली जंगली सिसौ नै प्रयोग गर्छौं । यहाँ भएको क्लासिकल भिक्टोरियन सोफाको मूल्य ४ लाख ५० हजार रुपैंयाँ छ जसमा अत्यधिक महँगो भेल्भेटको कपडा प्रयोग गरिएकाले डाइरेक्सन चेञ्ज गर्नेबित्तिक्कै सोफको रंग पनि परिवर्तन हुन्छ ।

 Image