राम्रोसँग सजावट गरिएको घर सबैलाई मन पर्छ । अझ त्यसमाथि सुगन्ध पनि फैलने हो भने त के बयान गर्नु र ? पहिले गृहिणीहरू यसका लागि खुबै मेहनत गर्थे । कोही आफ्नो ड्रइङ रुममा सुगन्धित फूल राख्थे भने कोही सुगन्धित अगरबत्ती बाल्थे त कोही अलग-अलग फ्रेगरेन्सयुक्त मैनबत्ती सल्काउँथे । हिजोआज घरलाई सुगन्धित बनाउन थुप्रै प्रकारका इलेक्ट्रोनिक एयर फ्रेसनर उपलब्ध छन् जसले एक बटन दबाउनासाथ सुगन्ध फैलाएर मनलाई प्रसन्न राख्न सहयोग पुर्याउँछन् ।
त्यसो त इलेक्ट्रोनिक एयर फ्रेसनरको बजार नयाँ छ तर बदलिँदो जीवन शैलीका कारण यसको प्रयोग व्यापक हुँदै गएको छ । आजभोलि आमरूपमा घर सानो हुन्छ र घरमा घाम मात्र होइन हावा पनि कम आउँछ । कहिलेकाहीँ बाहिरबाट दुर्गन्ध आउँछ भने स्थान अभावका कारण भिजेका कपडा घरभित्रै सुकाउनुपर्ने स्थिति हुन्छ । त्यस्तो अवस्थामा उत्पन्न हुने दुर्गन्धलाई सुगन्धमा बदल्ने राम्रो विकल्प हो-एयर फ्रेसनर । बजारमा सयौं किसिमका फ्रेसनर उपलब्ध छन् जसलाई आफ्नो रुचिअनुरूप प्रयोग गर्न सकिन्छ ।
इलेक्टि्रक एयर प्युरी फायर फ्रेसनर
यो एन्टी वायरल र एन्टी ब्याक्टेरिया दुवै प्रकारमा पाइन्छ । यसमा अरू तेलको सुगन्ध पनि हुन्छ, जसले रिलेक्सिङ लेवेन्डरको विशेष सुगन्धका साथ आराम गर्न वा एक्वा फ्लोरलबाट ताजापन प्राप्त गर्न सघाउ पुर्याउँछ ।
इलेक्ट्रोनिक रिफिल फ्रेसनर
यसले हावामा फैलिएको प्रदूषण हटाएर वातावरणलाई सुगन्धित बनाउने काम गर्छ । यो सिंगल बोतलमा रिफिल हुन्छ ।
क्यान्डल इलेक्टि्रक प्लग एयर फ्रेसनर
यो मैनबत्ती आकारको इलेक्टि्रक एयर फ्रेसनर हो । त्यसमा भएको बटन दबाउनेबित्तिकै हावामा सुगन्ध संचार हुन्छ ।
एरोसोल स्प्रे फ्रेसनर
यसबाट दुर्गन्ध हट्नुका साथै सुगन्ध पनि फैलन्छ । यसको फ्रेगरेन्समा स्पार्कलिङ, सइट्रस, पियानो, रोज, मिस्टिक स्यान्डल, जेसमिन लेवेन्डर फिल्ड्स तथा फ्रेस एक्वा उपलब्ध छ ।
फ्रेस अटोमेटिक फ्रेसनर
यसले दुई महिनासम्म नियमित रूपमा सुगन्ध संचार गर्छ । यो ब्याट्रीबाट चल्छ । यसलाई ९-१५ वा ३६ मिनेटको अन्तरालमा स्प्रेका लागि सेट गर्न सकिन्छ । यो दुई फ्रेस सुगन्धमा उपलब्ध छ जसमा लेवेन्डरबाट रिलेक्सिङ नोट छनोट गर्न सकिन्छ वा साइट्रसको ताजापन प्राप्त गर्न सकिन्छ ।