राष्ट्रिय परियोजना व्यवस्थापक (संयुक्त राष्ट्र संघ विकास कार्यक्रम, राष्ट्रिय मानव अधिकारको क्षमता सबलीकरण परियोजना)
मेरो समर्पण : मेरो काम ।
मेरो विश्वास : जीवन ।
मेरो आकांक्षा : सुरक्षित विश्व ।
मेरो सिद्धान्त : समतामूलक कानुनको शासन ।
मेरो सोच : नारीसहितको परिवर्तन ।
मेरो कर्म : ज्ञान बाँड्नु ।
मेरो चाहना : निरन्तर अध्ययन ।
मेरो बलियो पक्ष : निष्पक्ष अभिव्यक्ति ।
मेरो उपलब्धि : खुसी ।
मेरो कमजोरी : मेरो जीवनसाथी ।
मेरो प्रेरणा : मेरी आमा ।
मेरो लक्ष्य : व्यावसायिकता ।
मेरो प्रेम : मेरी छोरी ।
मेरा सन्तान : देशको भविष्य ।
मेरो योजना : सबल नारीको प्रतिनिधित्व ।
मेरो जीवन : मलाई परिवर्तन मन पर्छ । नारीको अर्थपूर्ण सहभागिताबिना समुन्नत परिवार र विकसित समाज निर्माण गर्न सकिँदैन । इमान्दारितापूर्वक काम गरे मात्र परिवर्तन र प्रगति सम्भव छ ।