Successfully Copied

एलर्जी

दसैंमा सबैको निधारमा रातो रंगको टीका तथा कानमा जमरा हुन्छ । कतिपयलाई अबिर वा अन्य रंगले एलर्जी हुन्छ

एलर्जी

सुनिता शाक्य, आइरिस ब्युटिपार्लर, नयाँ बानेश्वर

-    दसैंमा सबैको निधारमा रातो रंगको टीका तथा कानमा जमरा हुन्छ । कतिपयलाई अबिर वा अन्य रंगले एलर्जी हुन्छ । यसका लागि सर्वप्रथम रंगको ब्रान्डमा ध्यान दिनुपर्छ ।

-    अक्षता बनाउँदा एक दिनलाई पुग्ने गरी मात्र बनाउनुपर्छ । बासी, दुर्गन्ध आउने तथा च्यापच्याप हुने अक्षता प्रयोग गर्नँहँँदैन ।

-    अक्षतामा राख्ने अबिर वा रंग बालुवा तथा केमिकल मिसिएको हुनुहुँदैन ।

-    सकेसम्म राम्रा ब्रान्डका गुणस्तरीय रंग खरिद गर्नुपर्छ र अक्षता बनाउँदा दही र चिनी प्रयोग नगरेकै राम्रो हुन्छ ।

-    एलर्जी हुनेहरूले टीका लगाउनुपूर्व ब्रान्डेड कम्पनीको मोस्चराइजर लगाउनुपर्छ ।

-    टीका लगाइसकेपछि दुख्ने, चिलाउने, मसिना बिबिरा आउने समस्या देखिए औषधि प्रयोग गर्नुपर्छ ।

थेरापी

रिकु योञ्जन तामाङ

संस्थापक आमन्त्रण स्पा तथा ब्युटी सैलुन, गैरीधारा

-    हतारमा होइन समय लिएर जानुपर्छ ।

-    स्पा उत्कृष्ट थेरापिस्टबाटै थेरापी गराउनुपर्छ ।

-    स्पा गराउँदा मनमा कुनै प्रकारको तनाव लिनु हुँदैन ।

-    स्पापछि मानसिक तथा शारीरिक रूपमा स्फुर्त भइन्छ ।

-    स्पाको फुल प्याकेज वा हाफ प्याकेज लिन सकिन्छ ।

-    लामो बिदाका बेला फुल प्याकेज स्पाले थप ऊर्जा प्रदान गर्छ ।

-    स्पा जाँदा आफ्ना अन्तर्वस्त्रहरू लिएर जानुपर्छ ।

-    महिनामा एकपटक स्पा लिनुपर्छ ।

-    अरोमा तेल स्पा स्वास्थ्यका दृष्टिले बढी फाइदाजनक हुन्छ ।

मेकअप

कमला श्रेष्ठ, वरिष्ठ सौन्दर्यविद्

-    चाडपर्वमा मात्र होइन विभिन्न सभा-उत्सवमा पनि महिलाहरू विशेष रूपले उपस्थित हुन चाहन्छन् जसका लागि विशेष मेकअप आवश्यक हुन्छ ।

-    उत्सव मेकअपमा सबैभन्दा महत्वपूर्ण कुरा मेकअप गर्नुअघि सिटिएम अर्थात् क्लिन्जिङ, टोनिङ र मोस्चराइजिङ गर्नु हो ।

-    त्यसपछि कन्सिलर प्रयोग गर्दा मेकअप लामो समय टिक्छ ।

-    विशेष समारोहमा ब्राइट तथा लाइट मेकअपले एलिगेन्ट्स लुक्स दिन्छ ।

-    आफ्नो छाला हेरी राम्रो ब्रान्डको फाउन्डेसन तथा कम्प्याक्ट लगाउनुपर्छ भने आइमेकअपका लागि ब्रान्डेड स्याडो, मस्कारा, गाजल तथा आइलाइनर प्रयोग गर्न सकिन्छ ।

-    लिपिस्टिक लगाउनुअघि लाइट लिपलाइनर बनाउने अनि लिपिस्टिक लगाई सेन्टरबाट साइडमा फैलाउने ।

डिजाइन

राधा ढकाल संस्थापक, इगल आई फेसन हाउस नेक्स्ट टु, विशालबजार, न्यूरोड

-    चाडपर्वमा सहज खालको फ्रेबि्रक र डिजाइन उत्तम हुन्छन् ।

-    यस्ता अवसरमा बढी हेभी भन्दा डिजाइनर र शरीर सुहाउँदा परिधान बनाउनुपर्छ ।

-    टीकाको दिन ब्राइट कलरका चोलीमा साडी वा लेहेंगा आफूलाई कम्र्फट हुने गरी लगाउनुपर्छ ।

-    पेसाकर्मीहरूले फेबि्रकमा ध्यान दिनुपर्छ । इटालियन सिफन, फ्रेन्च सिफन, प्रिन्टेड जापनिज सिफन आदि फेबि्रक उपयुक्त हुन्छ ।

-    मोटा मान्छेले लामा डिजाइनका चोली तथा भर्टिकल लाइनिङ भएका लेहेंगा लगाउनुपर्छ भने स्लिम फिगर हुनेहरूका लागि हाइनेक डिजाइनका चोलीमा हेभी लेहेंगा आकर्षक देखिन्छ ।

सपिङ

हीरामणि तिमल्सिना, मार्केटिङ हेड, के.एल. टावर, चुच्चेपाटी, चाबहील

-    सपिङका लागि आफ्नो बजेटअनुसार तयारी गर्नुपर्छ ।

-    ब्रान्ड कन्सियस हुनु उत्तम हुन्छ ।

-    चाडपर्वमा विभिन्न अफर, छुट र सेल लाग्ने हुँदा यस्तो अवसरको उपयोग गर्नु फाइदाजनक नै सावित हुन्छ ।

-    छुट र सेलमा बिगि्रएका वा आउटडेटेड फेसनका पहिरन वा सामग्री मात्र हुन्छन् भन्ने छैन आफूले छनोट गर्न जानेको खण्डमा सेलमा पनि राम्रा एवं गुणस्तरीय सामान खरिद गर्न सकिन्छ ।

-    सपिङ गर्दा निरन्तर गैरहने स्थानलाईर् नै प्राथमिकतामा राख्नुपर्छ जसले विश्वसनीयता कायम रहन्छ ।

-    सकेसम्म सबैकुरा पाइने ठाउँ रोज्नु नै प्रभावकारी हुन्छ । पार्किङ आदिको समस्याले गर्दा सपिङका लागि नुनदेखि सुनसम्म पाइने मल नै उत्तम हुन्छ ।

-    स-परिवार जाने हो भने उपयुक्त सपिङ गन्तव्य मल नै हो ।

सत्कार

प्रतिमा न्यौपाने, गृहिणी

-    पाहुनाहरूको सत्कारका लागि पूर्वतयारी आवश्यक हुन्छ ।

-    कति पाहुना आउँदैछन् भन्ने विषयमा विशेष रूपमा सतर्क हुनु जरुरी छ ।

-    पाहुना आउनुपूर्व नै बस्ने-खाने ठाउँ तथा खानेकुराको पूर्वतयारी गर्नुपर्छ ।

-    पाहुनाको रुचि, उनीहरूले खाने र नखाने परिकार आदिका बारेमा जानकारी राख्नुपर्छ ।

-    रात बस्ने गरी डिनरमा आउन लागेका पाहुनाको रेसिडेन्सियल फेसिलिटीका सम्बन्धमा पनि ध्यान पुर्‍याउनु जरुरी हुन्छ ।

 Image