तेर्हौं डाबर स्पेशल तीज महोत्सव यही साउन ७ देखि ११ गतेसम्म त्रिपुरेश्वरस्थित वल्र्ड टे्रड सेन्टरमा संचालन हुँदैछ। तीज महोत्सवमा यसपटक १ सय २५ वटा स्टल रहनेछन्। त्यसका अतिरिक्त स्वादका पारखीहरूका लागि फुड स्टल पनि रहनेछन्। यसपटकको महोत्सवमा नयाँ-नयाँ सामग्री उत्पादन गर्ने कम्पनीहरूको पनि सहभागिता रहनेछ। महिलाहरूको आर्थिक सशक्तीकरणको मुख्य उद्देश्य बोकेको यो महोत्सवमा चुरा, पोते, हेन्डिक्राफ्ट, लुगा, जुत्ता, बेडसिट, फर्निचर तथा विभिन्न बैंकका स्टलहरू हुनेछन्। आयोजक वुमन्स क्रियसन्सकी मिलु थापाका अनुसार यो महोत्सवले थुप्रै महिलालाई आर्थिक रूपमा सशक्त बनाएको छ। यसमा भाग लिनेहरूले चाडपर्व रमाइलो गरी मनाउनुका साथै आय आर्जन पनि गर्न सक्छन्। तीज महोत्सवको आयोजना रमाइलोका लागि मात्र नभएर उल्लेखनीय तथा उपलब्धिमूलक कामका लागि गरिएको थापाले बताइन्। वुमन्स क्रियसन (महिला सिर्जनशील केन्द्र) को आयोजनामा हुन गैरहेको तेर्हौं तीज महोत्सवलाई डाबर नेपालले सघाएको छ भने नारी मासिक यसको मिडिया पार्टनर हो।