‘मेरा प्रश्न सकिएका छैनन्’
पुर्पुरो मेरो जीवनीमा आधारित र आफैंले भोगेका सत्य र महत्वपूर्ण घटनामा आधारित उपन्यास हो । यसमा घर, समाजले निम्न वर्गीय समूह, गरिब र असहायलगायत महिलालामाथि गर्ने व्यवहार चित्रण गरिएको छ ।
करिब ३३ वर्ष शिक्षण सेवामा बिताएकी दीपिका थापा प्याब्सनकी उपाध्यक्ष पनि हुन्। व्यक्तिगतभन्दा सामाजिक जीवन मन पराउने थापाको दैनिकी विविध कार्यक्रम तथा स्कुलको व्यवस्थापनमा बित्छ। समयसँगै चल्ने दीपिका एकपटक पाएको जीवनलाई हाँसीखुसी बिताउन चाहन्छिन्। आफू मात्र होइन उनी अरूलाई दु:ख परेको बेला पनि सहयोग गरेर हँसाउँछिन्। उनी संघर्ष गरेर अघि बढ्न चाहन्छिन्। शिक्षण संस्थाहरूले आफ्नो काम-कारबाही व्यवसायका रूपमा होइन समाज सेवाका रूपमा अघि बढाउनुपर्ने उनको धारणा छ।








