निर्वाचनमा महिला उपेक्षित
मुलुक चुनावमा होमिएको छ । यसैक्रममा प्रदेशसभा र प्रतिनिधि सभाको चुनावमा उम्मेदवारको मनोनयम प्रक्रिया सकिएको छ । मनोनयमा प्रत्यक्ष निर्वाचनतर्फ महिलाको प्रतिनिधित्व संख्या न्यून छ ।
मेरो विश्वास : शतप्रतिशत दिए फल मिल्छ।
मेरो आकांक्षा : बाल कथाकार।
मेरो सोच : वर्तमानमा रमाउनु।
मेरो कर्म : शब्दमा लटपटिएको।
मेरो चाहना : नातिनीसँग समय बिताउने।
मेरो बलियो पक्ष : अरूको मर्म बुझ्ने।
मेरो उपलब्धि : आत्मनिर्भरता, मेरो सेतो केश।
मेरो कमजोरी : नाईं भन्न गार्हो मान्ने।
मेरो प्रेरणा : मेरा जन्मदाताहरू।
मेरो लक्ष्य : अवकाश प्राप्त जीवनको आनन्द।
मेरो प्रेम : मेरो परिवार।
मेरा सन्तान : निरोगी र खुसी हुन्।
मेरो सन्देश : हरित सोचौं।
मेरो जीवन : सानैमा मागी विवाह भए पनि परिवारको सहयोगले पढाइमा अघि बढें। श्रीमान्को प्रेरणाले विदेशी डिग्री लिएँ, जसले गर्दा मलाई स्वदेशमै राम्रो जागिर प्राप्त भयो। मेरा तीन सन्तानले जीवनसंगी आफै रोजे। अहिले हामी एउटै छानामुनि १ सय वर्षीया बूढी सासूदेखि ७ महिनाकी नातिनीसम्म ५ पुस्ता छौं। जिन्दगी रमाइलो छ।