Successfully Copied

अहिले केमा व्यस्त हुनुहुन्छ ?

म्युजिक भिडियोमै व्यस्त छु। बिहान कलेज र दिउँसो अफिस त छँदैछ।

पहिलो चलचित्र नै हिट भयो तर तपाईं त्यति चर्चामा नआउनुको कारण ?

सानो तर क्लिक हुने राम्रो भूमिका भएकाले चिनिएकी छु। त्यसैले त म्युजिक भिडियो एवं ठूलोपर्दाका प्रस्तावहरू आइरहेका छन्।

यो क्षेत्रमा कसरी आउनुभयो ?

सानैदेखि नृत्य गर्थें, कलेजका कार्यक्रमहरूमा स्टेजमा डान्स गर्न पुग्थें। नाइँ न भन्नु ल-२ बाट पनि नृत्यकै कारण प्रस्ताव आएको हो।

बाल्यावस्थामा के बन्छु भन्ने लाग्थ्यो ?

असल शास्त्रीय नर्तकी।

तपाईं कस्तो प्रवृत्तिको हुनुहुन्छ ?

एकान्तप्रिय तथा अन्तर्मुखी।

अरू केमा रुचि छ ?

घुमघाम, किनमेल एवं चलचित्र हेर्ने।

कहाँ चलचित्र हेर्न रुचाउनुहुन्छ ?

सिटी सेन्टरमा।

मन परेको चलचित्र ?

भर्खरै हेरेको कबड्डी।

कस्तो सपिङ गर्नुहुन्छ ?

म बडी स्प्रे र परफ्युम सार्‍है रुचाउँछु। हरेकपटक किनमेल गर्न जाँदा बडी स्प्रे तथा परफ्युम किनिहाल्छु।

मनपर्ने पहिरन ?

स्कर्ट।

मनपर्ने परिकार ?

नेपाली दाल-भात।

भगवान्प्रति कत्तिको आस्था छ ?

आस्था त छ तर त्यसो भन्दैमा दैनिक पूजाआजामा लाग्दिन।

पुस्तकहरू कत्तिको पढ्नुहुन्छ ?

उपन्यास, कथा आदिका पुस्तक पढ्छु।

तपाईंको कमजोरी ?

म सबैसँग छिट्टै खुल्न सक्दिन।

निशाको च्वाइस

रंग : नीलो र रातो ।

पहिरन : वान पिस, क्याजुअल र साडी ।

खाना : नेपाली, नेवारी, इटालियन, जापानी आदि ।

ठाउँ : नेपाल ।

खेल : खेल्नका लागि स्वीमिङ, बास्केटबल, ब्याडमिन्टन खेल्न र हेर्नका लागि फुटबल र क्रिकेट ।

नायक-नायिका : नेपाली कलाकार सबै ।

मौसम : वर्षा र जाडो ।

चाड-पर्व : दसैं-तिहार ।

पुस्तक : चिना हराएको मान्छे, पल्पसा क्याफे ।

टिभी शो : लुनिभा तुलाधरले चलाएको पवनकली र आस्था थापाले चलाएको घुमघाम ।

चलचित्र : सुनगाभा, मुखौटा र कबड्डी ।

गायक-गायिका : अरुणा लामा, नारायण गोपाल ।

पवित्रा आचार्य

नृत्यलाई पूजाका रूपमा लिने पवित्रालाई बाल्यकालमा मिथिला शर्माको नृत्य एवं अभिनयले निकै प्रभाव पारेको थियो। नृत्यबाट प्रारम्भ भएको उनको करिअर म्युजिक भिडियो, भिडियो चलचित्र हुँदै ठूलो पर्दासम्म आइपुगेको छ। पवित्राले अभिनय गरेका चलचित्र विजयपथ र राजनीति प्रदर्शनमा आइसकेका छन् भने अर्को चलचित्रमा आबद्ध भैसकेकी पवित्राले चलचित्रलाई नै निरन्तरता दिने सोच बनाएकी छिन्। अहिले उनी नागार्जुन स्कुल तथा महेन्द्र भवनमा नृत्य प्रशिक्षकका रूपमा व्यस्त छिन्। उनले  शास्त्रीय गुरु हनी श्रेष्ठसँग संगीत सिकेकी हुन्। पवित्राको सोच विस्तारै कोरियोग्राफीतर्फ लाग्नेछ। सकारात्मक सोच पनि राखेर निरन्तर मेहनत गरियो भने सफलता आफैं  प्राप्त हुने पवित्रा बताउँछिन्।

 Image