Successfully Copied

स्टार हर्बल ब्युटी थेरापी एण्ड एकेडेमी

बसुन्धरास्थित स्टार हर्बल ब्युटिपार्लरका सबै सेवा गुणस्तरीय तथा प्रभावकारी छन्। एक दशकदेखि सञ्चालनमा रहेको यो पार्लरमा

आउटलेट : बसुन्धरा

विशेषता : स्किन केयर तथा मेकअपका लागि उपयुक्त गन्तव्य।

बसुन्धरास्थित स्टार हर्बल ब्युटिपार्लरका सबै सेवा गुणस्तरीय तथा प्रभावकारी छन्। एक दशकदेखि सञ्चालनमा रहेको यो पार्लरमा विविध सेवाका लागि फरक-फरक स्थानको व्यवस्था गरिएको छ। कुनै पनि उपचारका लागि प्रयोग गरिने प्रशाधनहरू उत्कृष्ट ब्रान्डका छन्। पार्किङको राम्रो सुविधा भएको यो पार्लरमा तालिम पनि लिन सकिन्छ। यहाँ छालामा देखिएका जस्तोसुकै समस्या पनि निराकरण गरिन्छ। अन्तर्राष्ट्रिय स्तरको सेवा भए पनि

यहाँको मूल्य सहुलियतपूर्ण छसाथै अन्तर्राष्ट्रिय स्तरको तालिम प्रदान गरिन्छ ।

नवरत्न ज्वेलर्स

आउटलेट : दरबारमार्ग।

विशेषता :  सबै प्रकारका हीरा, सुन तथा चाँदीका गहना।

दरबारमार्गमा नवरत्न ज्वेलर्सको आकर्षक तथा फराकिलो आउटलेट छ। अहिले चलेका सबै खालका ट्रेन्डी गहना यहाँ उपलब्ध छन्। फ्युजन गहनामा हीरा तथा सुनका गहना विभिन्न रत्न जडित छन्। यहाँ हीराका गहनामा बाइब्याक ग्यारन्टीको सुविधा पनि छ। यहाँका गहना गुणस्तरीय तथा शतप्रतिशत शुद्ध हुन्छन्। विशेषगरी ड्यांगलर, ब्रुच, टप, औंठी आदि यहाँका विशेषता हुन्।

टिपाज क्रियसन

आउटलेट : मखन टोल, न्यूरोड

आकर्षक एवं सुपथ मूल्यमा फेसनेबल पहिरन पाइने लोकपि्रय गन्तव्य हो-टिपाज क्रियसन। यहाँ मौसमअनुसार कुनै पनि डिजाइनका पहिरन अर्डरबमोजिम तयार गरिन्छ। फेसन सप्ताहदेखि विभिन्न फेसन-शोमा समेत सफल भूमिका निर्वाह गर्दै आएको टिपाजले धेरैको मन जितेको छ। यहाँ सस्तादेखि महँगा पहिरन उपलब्ध छन्। अहिले बजारमा चलेको स्टाइल लेहेंगा, अनारकली, वान पिस, पार्टी वेयर, आउटर, डिजाइनर चोली, इब्रोइड साडी आदि उपलब्ध हुने टिपाजमा विवाह तथा विशेष समारोहका लागि आवश्यक पहिरन मागअनुसार तुरुन्तै तयार पारिन्छ।

लिप पेन्ट

गोस डेनमार्कको लोकपि्रय ब्राण्ड हो। केहि महँगो भए पनि एकपटक प्रयोग गरेपछि यसका उत्पादनलाई जोसुकैले निरन्तरता दिन्छन्। नेपालमा भर्खरै भित्रिएको भए पनि यसले राम्रो बजार पाइसकेको छ। यसले विभिन्न अफर पनि ल्याएको छ। यसको रेन्जमध्ये लिप पेन्ट नौलो उत्पादन हो। हेर्दा साइनपेन जस्तो देखिने लिप पेन्टका विभिन्न सेड्स उपलब्ध छन्। यसलाई ओठको सेपअनुसार लगाउन सकिन्छ।

बडी स्प्रे लोसन

प्यारासुटले गर्मी महिनालाई लक्षित गरी समर फ्रेस बडी लोसन स्प्रे बजारमा ल्याएको छ। यसको प्रयोगले ताजापन महसुस गराउँछ। नरिवल तथा पुदिनाको जैविक तेल प्रयोग भएको यो स्प्रे ननस्टिक तथा मुलायम छ। यो युवीए तथा युभीवी क्षमतायुक्त छ। छालामा चाँडै मिल्ने यो स्प्रे मोस्चरयुक्त भएकाले यसले छाला नरम बनाउँछ। यसलाई पाखुरा, खुट्टा तथा शरीरका अरू अंगमा पनि प्रयोग गर्न सकिन्छ। स्प्रे ३ इन्चभन्दा टाढाबाट गर्नुपर्छभने स्प्रे गरेपछि हलुका रगड्नुपर्छ।

 Image