डायनिङ टेबल त्यो ठाउँ हो जहाँ सम्पूर्ण परिवार सँगै बसेर खाना खाइन्छ र कुराकानी गरिन्छ। त्यसैले डायनिङ टेबल सुन्दर एवं आरामदायक हुनु आवश्यक छ।
राउन्ड डायनिङ टेबल
- राउन्ड डायनिङ टेबल सधैं फेसनमा रहन्छ।
- यसले डायनिङ रूमलाई क्लासिक लुक प्रदान गर्छ।
- राउन्ड टेबल मोर्डन वा ट्रेडिसनल कुनै पनि प्रकारको इन्टेरियरसित म्याच गर्छ।
- राउन्ड टेबल ठूलो साइजमा पाइन्छ। त्यसैले यसको प्रयोग कमर्सियल पर्पजका लागि गरिन्छ।
- डायनिङ रुम ठूलो छ भने राउन्ड टेबल सबैभन्दा राम्रो विकल्प हो। यसले डायनिङ रुमलाई स्टाइलिस एवं क्लासी लुक प्रदान गर्छ।
फोल्डिङ डायनिङ टेबल
- सानो घरका लागि फोल्डिङ डायनिङ टेबल राम्रो विकल्प हुनसक्छ। विशेष गरी पाहुना आएका बेलामा वा कुनै समारोहमा यसको प्रयोग गर्न सकिन्छ।
- फोल्डिङ भएका कारण यसलाई भित्तामा फिट गरेर राख्न सकिन्छ र आवश्यकता नभएका बेला फोल्ड गरी थन्क्याउन सकिन्छ।
- फोल्डिङ डायनिङ टेबलको उपयोग धेरैजसो कमर्सियल पर्पजका लागि गरिन्छ, कारण प्रयोगपछि यसलाई हटाउन सकिन्छ।
- व्यक्तिको रोजाइ, आवश्यकता एवं बजेटलाई विचार गरी मार्केटमा काठबाहेक स्टिल, एल्युमिनियम आदिका डायनिङ टेबल पनि उपलब्ध छन्।
स्क्वायर डायनिङ टेबल
- सानो डायनिङ रुमका लागि स्क्वायर डायनिङ टेबल राम्रो विकल्प हो।
- यो साना र ठूला सबै साइजमा पाइन्छ। त्यसैले यो हरेक डायनिङ एरियामा फिट हुन्छ।
- परिवार सानो छ र घरमा धेरै ठाउँ छैन भने चार सीटको सानो खालको डायनिङ टेबल प्रयोग गर्न सकिन्छ। यसलाई कोठाको एउटा कुनामा राख्न सकिन्छ।
- हिजोआज विशेष गरी ठूला सहरमा चार सीटको डायनिङ टेबलको माग बढी छ।
बुडन डायनिङ टेबल
- फेसनमा रहने क्लासी बुडन डायनिङ सधैं सबैको पहिलो रोजाइ हुने गरेको छ।
- टिकाउ भएका कारण यो लोकप्रिय पनि छ। यो सामान्य रूपमा टुट्दैन र खराब पनि हुँदैन।
- यसलाई ठूला-साना सबै घरमा प्रयोग गर्न सकिन्छ र यो दुईदेखि आठ कुर्सीका साथमा उपलब्ध छ।
- काठको टेबल धेरैजसो लाइट वा डार्क ब्राउन तथा ब्ल्याक कलरमा मन पराइएको पाइन्छ। कतिपयले डायनिङ टेबलमा नयाँपन दिन त्यसमाथि आफ्नो रोजाइको कलर तथा डिजाइन भएको वालपेपर पनि प्रयोग गर्छन्।
कम्पार्टमेन्ट लाइज्ड डायनिङ टेबल
- यसमा कम्पार्टमेन्ट भएका कारण टेबलमै क्रकरी, टेबल म्याट्स पनि राख्न सकिन्छ।
- पहिले यी टेबल काठका मात्र हुन्थे तर अहिले ग्लासमा पनि कम्पार्टमेन्ट लाइज्ड डायनिङ टेबल उपलब्ध छन्।
ग्लासी इफेक्ट
- हिजोआज सिसाका डायनिङ टेबलको माग बढी छ। यो कुनै पनि इन्टेरियरसित म्याच हुन्छ र यसले रुमलाई स्टाइलिस लुक प्रदान गर्छ।
- बजारमा सिसाका डायनिङ टेबलको भेराइटी कम पाइए पनि डिजाइन तथा कलर प्रिन्टको छनोटमा भने प्रशस्त विकल्प उपलब्ध हुन्छ।
- फूल र पातको डिजाइनयुक्त सिसाका डायनिङ टेबल पर्याप्त रुचाइएको पाइन्छ।
- सिसाका ६ तथा ८ सीटयुक्त टेबल अफिस तथा ठूला घरका लागि उपयुक्त हुन्छन्।