Successfully Copied

समयको सदुपयोग

डेटलाइन र टार्गेट यी दुई शब्द क्यारियर ग्राफलाई अघि बढाउन महत्वपूर्ण हुन्छन्। कतिपय अवस्थामा क्षमता भएर पनि अपेक्षित सफलता

डेटलाइन र टार्गेट यी दुई शब्द क्यारियर ग्राफलाई अघि बढाउन महत्वपूर्ण हुन्छन्। कतिपय अवस्थामा क्षमता भएर पनि अपेक्षित सफलता प्राप्त हुँदैन। कारण समयको सही उपयोग र प्लानिङ नहुनु हो। एउटै कार्यालयमा समान योग्यता भएका दुई सहकर्मी, जसको पद, पारिश्रमिक, भत्ता र जिम्मेवारी पनि समान छ, तर दुवैको पर्फमेन्स समान हुन पाउँदैन, हुँदैन। एक जनाको सम्पूर्ण काम समयमै पूरा हुन्छ तर अर्काेलाई भने त्यही कामका लागि बढी समय लाग्छ। यसको एउटै मात्र कारण हो-योजनाबद्ध र व्यवस्थित नहुनु। विद्यार्थी जीवनमा सुनियोजित ढंगबाट अध्ययन गर्न स्टडी टाइम टेबल बनाउनुपर्ने हुन्छ। योजनाबद्ध अध्ययनले अन्तिम समयको हतारबाट बच्न सकिन्छ। समय-तालिका बनाउनाले जीवन अनुशासित हुन्छ। अत: कामको प्राथमिकता तय गरी सेड्युलको हिसाबबाट तिनलाई पूरा गर्नुपर्छ।

सुसंगठित रहनुपर्छ : डेटलाइन पूरा हुन सबैभन्दा जरुरी छ-अर्गनाइज्ड हुनु। कुनै पनि काम सुरुदेखि नै सही गतिमा भए त्यसलाई पछिका लागि छोड्नु हुँदैन। एउटा राम्रो अर्गनाइजरले हरेक कामलाई व्यापक रूपमा हेर्छ। उसले समय र संसाधनलाई बेस्ट वर्किङ प्याटर्नअनुरूप प्रयोग गर्छ। उसको योजना दूरगामी हुन्छ। उसले  स-साना लक्ष्य बनाउँछ, जसका कारण तिनलाई समयमै पूरा गर्न सकिन्छ  र कामको मूल्यांकन पनि सम्भव हुन्छ। पछि गएर गल्ती सुधार्नुको साटो सुरुदेखि नै गल्ती कम गर्ने वा गर्दै नगरे श्रम र समय दुवै बचत हुन्छ।

समयको पहिचान गर्नु वा थोरै समयमा बढी उत्पादन आजको माग हो। टाइम म्यानेजमेन्ट यसरी गरौं : प्लानिङ : यसबाट वर्कलोड म्यानेज गर्न सकिन्छ। सही समयमा सही योजना बनाउन सके कामको स्तर पनि बढ्छ। प्राथमिकता : सबैभन्दा महत्वपूर्ण काम पहिले गर्नुपर्छ। कुनै कामलाई फलोअप आवश्यक छ वा पछि अरू कसैले पनि गर्नुपर्छ भने त्यसलाई निर्धारित समयमै सम्पन्न गर्नुपर्छ।

जिम्मेवारी : टिम लिडरले सबै काम स्वयंले गर्नुको साटो टिमलाई स-साना जिम्मेवारी सुम्पनुपर्छ। यसबाट रुटिन काममा समय खर्च हुँदैन र राम्रो प्लानिङ हुनसक्छ।

कामलाई अल्झाउनुको साटो त्यसलाई सरल बनाउने प्रयास गर्नुपर्छ। जुन कुराले ध्यान भङ्ग गर्छ, त्यसलाई अगाडिबाट हटाउनुपर्छ।

टुल्सको सहयोग : घरमा टेलिभिजन, दूध, फोहोर, अखबार आदिको हिसाब सम्झन क्यालेन्डरमा मार्क लगाइन्छ। अहिले हरेक समयमा हातमा लेटेस्ट टेक्नोलोजी छ। सेलफोनमा रिमाइन्डर लगाउनुपर्छ वा फोनको टु डु लिस्ट वा टास्कको प्रयोग गर्नुपर्छ। यसका लागि पेपर वर्क पनि गर्न सकिन्छ। यसमा हरेक दिनको कामको टिपोट गर्न सकिन्छ। यसबाट कुन कामका लागि कति समय खर्च भयो भन्ने कुरा थाहा पाउन सकिन्छ। न्यूरो साइन्टिस्ट ब्रुस बेक्सलरको पुस्तक 'ब्रेन एन्ड कल्चर' अनुसार बालबालिकाको मस्तिष्कलाई परिवर्तन गर्न सहज छ, तर वयस्कहरूको व्यवहार परिवर्तन गर्न बढी समय लाग्छ। यदि व्यक्तित्वमा सुस्ती छ भने त्यसलाई बदल्नुपर्छ। लक्ष्यप्रति दृढ संकल्प भएन भने स्वयंलाई बदल्न कठिन हुन्छ।

चुनौती र दबाब : कतिपय मानिसले दबाबलाई सहज रूपमा लिन्छन् भने कतिपय समस्याग्रस्त रहन्छन्। तीन स्तरमा काम गर्नुपर्छ :

१. प्लानिङको पालना अनुशासित भएर गर्नुपर्छ। यसबाट काम स्पष्ट हुन्छ र समय पनि बचत हुन्छ। दिनमा कमसेकम ३० मिनेट विविध कामका लागि पनि राख्नुपर्छ। कतिपय अवस्थामा कुनै अप्रत्याशित काम आइलाग्न सक्छ। त्यसैले थोरै फ्रि टाइम आफ्नो प्लानिङमा समावेश गर्नुपर्छ।

२. टिम लिडरलाई आफ्नो कामका बारेमा फिडब्याक दिनुपर्छ। सानातिना समस्या आफ्नो स्तरमा सुल्झाउनुपर्छ तर कठिनाइ बढी छ भने आफ्नो बोससित सेयर गर्नुपर्छ।

३. नयाँ कुरा सिक्न तयार रहनुपर्छ र यसमा अहंलाई अगाडि आउन दिनुहुँदैन। कसैबाट केही सिक्नुपर्छ र कसैलाई केही सिकाउनुपर्छ। वैचारिक आदान-प्रदानले टिमको भावनालाई जन्म दिन्छ। अरूको अनुभवलाई आफ्नो सफलताको माध्यम बनाउनुपर्छ।

लक्ष्य प्राप्त गरेर डेटलाइन पूरा भए स्वयंलाई स्यावासी दिनुपर्छ। टास्क पूरा भए लन्च, मुभी वा डिनर .... । अरूले प्रोत्साहित गर्नु राम्रो हो तर स्वयं आफ्नै हौसला बढाउँदै अघि बढ्नु अझ राम्रो हुन्छ। स्वयंलाई प्रोत्साहित गरे निश्चित रूपमा राम्रो अर्थात् गुडफिल हुन्छ।

 Image