Successfully Copied

उपत्यकाको संकट पानी

काठमाडौं उपत्यकामा जनसंख्या बढ्दैछ तर पानीका स्रोत सुक्दैछन् । भएका स्रोत पनि प्रदूषित छन् । हरेक हिउँद र ग्रीष्ममा उपत्यकाले पानीको चरम संकट बेहोर्दै आएको छ । भूमिगत पानीको स्रोतमै निर्भर रहनुपर्दा अन्य संकट उत्पन्न हुने त्रास पनि उत्तिकै छ । फेरि वितरण

महिलालाई पुरुषसँग तथा पुरुषलाई महिलासँग तुलना गर्नैपर्ने ? त्यसो नगरी निरपेक्ष रूपमा महिलाका कुरा मात्र गर्न मिल्दैन ? (महिलाका सर्वश्रेष्ठ गुण तथा सबल पक्ष, चैत नारी)

      - कविता लामा, बौद्ध

सकारात्मक सोच राखेर अघि बढ्नुपर्छ भन्ने कुरा त थाहा छ  तर के गर्नु ? नकारात्मक कुराहरू अझ धेरै आउँछन् र पो गार्‍हो। (पहिचान गरौं आफ्नो क्षमता, चैत नारी)

      - नीति ढुंगेल, सामाखुसी

नवदेवी सम्मान प्राप्त गर्ने सबैलाई बधाई तथा हार्दिक शुभकामना।

      - सुनीता कार्की, झापा

गतांकमा प्रकाशित इन्दिरा राना मगरको एकदिन मन पर्‍यो। मानिस वास्तवमै कर्मले महान् हुन्छ। (इन्दिरा राना मगरको एकदिन, चैत नारी)

      - सुनयना खड्गी, लाजिम्पाट

नारीको चैत महिनाको अंकमा प्रकाशित कथा भगवान् सार्‍है मन पर्‍यो।

      - शिला अमात्य, स्वयम्भू

उपत्यकाको संकट पानी

काठमाडौं उपत्यकामा जनसंख्या बढ्दैछ तर पानीका स्रोत सुक्दैछन् । भएका स्रोत पनि प्रदूषित छन् । हरेक हिउँद र ग्रीष्ममा उपत्यकाले पानीको चरम संकट बेहोर्दै आएको छ । भूमिगत पानीको स्रोतमै निर्भर रहनुपर्दा अन्य संकट उत्पन्न हुने त्रास पनि उत्तिकै छ । फेरि वितरण प्रणालीमा विद्यमान खराबीले पनि पानीको समस्या चर्काएको छ । उपभोक्तामा चेतनाको अभाव छ । यस्ता विभिन्न कारणले गर्दा उपत्यकाको पानी समस्या हत्तपत्त कम हुने छाँट छैन । मेलम्ची कहिले आउला ?

      - सुजिना मानन्धर, ठमेल

नारी समयअनुरूप छ   

नारी नेपालको एक मात्र प्रतिनिधिमूलक महिला पत्रिकाका रूपमा परिचित छ । मैले नारी पढ्न थालेको करिब नौ वर्ष भएछ । यो अवधिमा नारीमा धेरै परिवर्तन पाएँ । अहिले त नारी फेसबुक, टि्वटरजस्ता स्तम्भहरू थप्नाले धेरै आकर्षक भएको छ । मजस्ता फेसबुक, टि्वटरमा धेरै नबस्ने तर त्यसप्रति रुचि राख्नेहरूका लागि यो स्तम्भ निकै उपयोगी छ । अन्य स्तम्भहरू पनि समयअनुसार थपघट हुने गरेका छन् । यसरी आफूलाई समयअनुरूप अघि बढाएर नारीले पाठकको लामो साथ पाउने संकेत दिएको छ जुन खुसीको कुरा हो । नारी टिमलाई मेरो शुभकामना ।

      - समृद्धि प्रधान, वनस्थली

क्षमताको लिङ्ग हुँदैन

हाम्रो समाजमा महिलाहरू पुरुषमाथि निर्भर रहनुपरेको अवस्था छ तर क्षमताको सन्दर्भमा महिला कुनै पनि हिसाबले पुरुषभन्दा कम छैनन् । सामाजिक परिपाटीका कारण क्षमता देखाउन नपाएर उनीहरूको प्रतिभा खुम्चिरहेको छ । पुरुषलाई बुई चढाएर सफल बनाउने महिलाहरूले कामको जस पाएका

छैनन् । महिलाहृरूका महान् कार्यको उचित मूल्यांकन हुन सकेको छैन । फेरि हामीकहाँ फलानो काम महिलाको तिलानो काम पुरुषको भनेर छुट्याइन्छ त्यसबाट पनि महिलाहरू पीडित छन् । आर्थिक क्रियाकलापमा पुरुषको एकाधिकार चल्दै आएका कारण पनि महिलाहरू पछि परेका हुन् । यस्तो अवस्था लामो समय टिकाइराख्नु हाम्रै कमजोरी हो । अबदेखि यस्ता नचाहिँदा कुराहरू मिल्काएर अघि बढौं ।

      - विद्या बलामी, दक्षिणकाली

 

 Image