हिमालयन आर्ट फेस्टिभलमा ८० कलाकारका सिर्जना
बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा हिमालयन आर्ट फेस्टिभलको आज अन्तिम दिन हो । आर्ट फेस्टिभल सात दिनसम्म चलेको थियो । फेस्टिभलमा ८० भन्दा बढी कलाकारको १ सय भन्दा बढी सिर्जना राखिएको थियो ।

मेरो विश्वास मेरो कर्म।
मेरो मन खुल्ला पुस्तक जो-कोहीले पढ्न सक्छन्।
मेरो घर मन्दिर।
मेरो कमजोरी मान्छे चिन्न नसक्ने, छिट्टै विश्वास गरिहाल्ने।
मेरो लक्ष्य सौन्दर्य क्षेत्रलाई उदाहरणीय व्यवसाय बनाउने।
मेरो बलियो पक्ष आत्मविश्वास।
मेरो संसार मेरो व्यवसायभित्रका परिवार।
मेरा श्रीमान् मेरा विश्वरूप भगवान्।
मेरा सन्तान मेरा आँखाका नानी।
मेरो आशा आफ्नो क्षेत्रमा मैले गरेको क्रान्तिको स्थायित्व।
मेरो प्रेम मेरो लगन तथा मेहनत।
मेरो जीवन चौरासी जुनी फेरेर पाएको मनुष्य जीवन अमूल्य छ। त्यसैले मृत्युपछि पनि आत्मालाई जीवन्त राख्ने काम गरौं।