ज्वेलरी डिजाइनमा नैना
अमेरिकामा सम्पन्न ८० भन्दा बढी मुलुक सहभागी ‘प्रेस्टिजियस ज्वेलरी डिजाइन कम्पिटिसन’ मा टप फाइभमा परेकी काजलको ‘लोटस इन पोन्ड–रेनइसेन्स’ अर्थात् पोखरीमा तैरिरहेको कमलको फूलमा आधारित डिजाइनको औंठी संसारभरका मानिसले मन पराए ।

तिहारको पर्याय हो–उज्यालो । झिलिमिली बत्तीले पूरै घर नढाकी तिहारको रौनक आउँदैन । घर–आँगनमा बालिने झिलिमिली बत्तीले मनमा उल्लास, उमंग, एवं खुसी ल्याउँछन् । तिहारको मुख्य आकर्षण भनेकै झिलिमिली बत्ती हो । तिहारलाई लक्षित गरेर बजारमा विभिन्न कम्पनीका विद्युतीय बत्ती उपलब्ध हुन्छन् ।
अहिले घर सजावटमा विद्युतीय बत्ती हाबी हुँदै गएको छ । माटोको दियोको साटो विद्युतीय दियो प्रचलनमा छ । पहिलेको तुलनामा अहिले विद्युतीय बत्तीको माग बढी हुने बाला लाइट्स एन्ड डेकोरकी संचालक जेविका कार्की बताउँछिन् ।
अत्याधुनिक डिजाइनका यस्ता बत्ती हेर्दा आकर्षक, उज्याला तथा घरलाई ट्ेरन्डी लुक दिने खालका भएकाले पनि अहिले यो सबैको आवश्यकता भएको कार्कीको तर्क छ । तिहारमा प्रयोग हुने झिलिमिली बत्ती विशेषगरी चीनबाट आयात गरिन्छ । यसको मूल्य नेपाली बजारमा ९ सयदेखि ४ लाख रुपैयाँसम्म पर्छ ।