मनसुनमा छाता र रेनकोटको जोहो
घरबाहिर निस्कँदा जोहो गर्नुपर्ने अनिवार्य वस्तुमा थपिएका छन्, छाता र रेनकोट । दुईपाङ्ग्रे सवारीसाधनका लागि रेनकोट अनिवार्य भइहाल्यो । बाइकदेखि स्कुटरलाई लक्षित गर्दै बजारमा विभिन्न ब्रान्ड र मूल्यका रेनकोट उपलब्ध छन् ।

सफ्ट पर्ल साबुन
१ सय २५ ग्रामको पर्ल साबुनको विभिन्न रेन्ज तथा फ्लेवर नेपाली बजारमा उपलब्ध छन् । इन्डोनेसियाबाट आयात गरिएको यो साबुनले छालालाई सौम्य तथा कान्तिमय बनाउने यसका आयातकर्ताहरूको दाबी छ । प्राकृतिक मोस्चराइजरयुक्त यो साबुनले छालालाई नरम बनाउँछ । यसको नियमित प्रयोगले छालालाई सेतो तथा चम्किलो बनाउने दाबी पनि गरिन्छ । यसमा कुनै प्रकारको रसायन प्रयोग गरिएको छैन । नेपाली बजारमा विभिन्न ५ फ्लेवरमा उपलब्ध यो साबुनमा विशुद्ध वनस्पतिको तेल प्रयोग गरिएको छ ।