Successfully Copied

पाकिस्तानमा  बाटो मोडियो 

धेरै महिलामा महिनावारी गडबड हुने, तल्लो पेट दुख्ने, इन्डो मेट्रियोसिस तथा फाइब्रोइड (पाठेघरमा मासु पलाउने) को समस्या देखा पर्छ । वंशानुगत तथा शारीरिक वृद्धि गराउने विभिन्न तत्वले इस्ट्रोजन हार्मोनका कारण पनि फाइब्रोइड गराउन सक्छ ।

डा. पदमराज पन्त, प्राध्यापक, प्रसूति तथा स्त्री रोग विशेषज्ञ, त्रिभुवन शिक्षण अस्पताल

स्त्री रोग विशेषज्ञ बन्ने सोच

आफू महिला रोगसम्बन्धी विज्ञ बन्ने सोचलाई इन्सिडेन्टल मान्छन्–डा. पदमराज पन्त । एमबीबीएसपछि न्यूरो तथा मुटु रोग विशेषज्ञ बन्ने सोच उनको थियो । यसैगरी केही समय उनले नाक, कान, घाँटीको क्षेत्रमा काम गरे । त्यही क्रममा उनी थप अध्ययनका लागि पाकिस्तान पुगे । पाकिस्तान गएपछि उनको बाटो मोडियो । उनी त्यहाँबाट महिला तथा स्त्री रोग विशेषज्ञ बनेर फर्किए । डा. पन्तले यो क्षेत्रमा दुई दशकभन्दा बढी काम गरिसकेका छन् ।

 

महिलाको क्षेत्रमा काम गर्दा हुने सजिला–अप्ठ्यारा 

कुनै पनि चिकित्सकका लागि बिरामी महिला हुन् वा पुरुष त्यसको कुनै अर्थ हुँदैन । स्त्री रोग विशेषज्ञ बनेर आउँदा क्याम्पमा सहज रूपमा बिरामीको सेवा गर्न सकिन्थ्यो । राजधानीमा भने सुरुवातमा बिरामीको सेवा गर्न अलि कठिन नै थियो । कतिपय क्लिनिकले पुरुष भएकै कारण राख्न मान्दैनथे । तीनकुनेस्थित एउटा क्लिनिकले राखेको थियो तर बिरामीहरू नै उपचार गर्न नआएकाले उनी बिरामी नजा“ची घर फर्कन्थे । अहिले त्यो अवस्था छैन । अहिले धेरै महिला बिरामीले पुरुष चिकित्सकप्रति विश्वास गर्न थालेका छन् । उनीहरू आफ्नो समस्या निर्धक्कसँग भन्छन् । अहिले महिला बिरामीहरू पुरुष चिकित्सकसँग जँचाउँदा रोग अझ बढी छिटो निको हुन्छ जस्तो गर्छन् ।

 

महिलाहरू चेकअप गर्न आउँदा कत्तिको खुल्छन् 

डा. गौतम भन्छन्–प्रविधिको विकास तथा शिक्षाका कारणले महिलाहरू उपचारका लागि आउँदा आफ्ना समस्या सहज रूपमा व्यक्त गर्छन् ।

 

महिलामा देखिने मुख्य समस्या 

धेरै महिलामा महिनावारी गडबड हुने, तल्लो पेट दुख्ने, इन्डो मेट्रियोसिस तथा फाइब्रोइड (पाठेघरमा मासु पलाउने) को समस्या देखा पर्छ । वंशानुगत तथा शारीरिक वृद्धि गराउने विभिन्न तत्वले इस्ट्रोजन हार्मोनका कारण पनि फाइब्रोइड गराउन सक्छ । यसका कारण महिनावारी गडबड हुन्छ । ढिलो विवाह, सन्तान ढिलो पाउने, मोटोपन, जीवनशैली आदिका कारण पनि महिलामा रोग लाग्ने गरेको छ । यसैगरी ग्रामीण क्षेत्रका महिलामा पाठेघर खस्ने तथा पाठेघरको मुखको क्यान्सर बढी छ भने सहरी महिलामा पाठेघर एवं गर्भाशयको क्यान्सर बढी मात्रामा पाइएको छ ।

 

आफ्नै परिवारमा चेकअप 

डा. पन्तले आफू स्त्री रोग विशेषज्ञ भए पनि परिवारमा कसैको चेकअप भने गरेका छैनन् । परिवार भनेपछि किन हो उपचारका लागि हात अघि नसर्ने उनी बताउँछन् ।

 सन्तुष्टि मिलेको काम 

डा. पन्तले ग्रामीण भेगका स्वास्थ्य शिविरहरूमा सहभागी भएर आङ खस्ने धेरै महिलाको उपचार गरिसकेका छन् । केही वर्षअघि मनाङकी एक महिलाको पाठेघरमा ट्युमर पलाएको रहेछ । उनलाई व्यथाले साह्रै च्यापेको थियो । त्यहाँ सामग्रीको अभावमा रिस्क मोलेर उनले ती महिलाको ट्युमर निकालेर फालिदिएका थिए । रोगले च्यापेर जीवन र मरणको दोसाँधमा छटपटाइरहेकी ती महिलालाई उनले नया“ जीवन दिएका थिए । त्यसको केही वर्षपछि ती महिला घिउ लिएर शिक्षण अस्पतालमा उनलाई भेट्न आएकी थिइन् । त्यतिबेला उनलाई अपार खुसी मिलेको  थियो ।

 

महिलाहरू आफ्नो स्वास्थ्यप्रति सचेत हुँदैछन् ?

शिक्षा तथा प्रविधिको विकास एवं जनचेतनाका कारण पनि अहिलेका महिलाहरू स्वास्थ्यप्रति सचेत छन् । उनीहरू केही समस्या पर्नासाथ अस्पताल आउने गरेका छन् । महिलाहरू जागरुक भएकै कारण पहिलेको तुलनामा मातृमृत्युदर घटेको छ । अहिले कतिपय महिलाले डेलिभरीको समयमा सिजेरियनको डिमान्ड समेत गर्न थालेका छन् । प्रसव पीडा खप्न नचाहने महिलाहरू पनि त्यत्तिकै छन् । 

 Image