Successfully Copied

सानो बेडरुमलाई कसरी ठूलो देखाउने ?

सानो कोठामा भारी फर्निचर, गाढा रंगको पर्दा बेडसिट, गलैंचाको प्रयोग गर्नुहुँदैन । कोठा जति खुल्ला भयो त्यति नै ठूलो देखिन्छ



बेडरुम घरको महत्वपूर्ण हिस्सा हो । त्यसैले बेडरुमको सजावट जरुरी हुन्छ । कोठा ठूलो हुनेहरूले आफ्नो इच्छा र आवश्यकतानुसार सजाउन सक्छन् । तर सानो कोठामा सामान मिलाएर राख्न सकिएन भने कोठा भद्रगोल देखिन्छ । त्यसैले सानो कोठालाई व्यवस्थित राख्न सही तरिकाले सजावट गर्नुपर्छ । सानो कोठामा भारी फर्निचर, गाढा रंगको पर्दा बेडसिट, गलैंचाको प्रयोग गर्नुहुँदैन । कोठा जति खुल्ला भयो त्यति नै ठूलो देखिन्छ ।
रंगको सही छनोट
सानो कोठालाई ठूलो देखाउन रंगको महत्वपूर्ण भूमिका रहन्छ । त्यसैले कोठाको रंग छनोट गर्दा सावधानी अपनाउनुपर्छ । धेरैले आफ्नो रुचिअनुसार रंगको छनोट गरेको पाइन्छ । जुन एकदमै गलत हो । सानो कोठालाई ठूलो देखाउन हल्का रंगको छनोट गनुपर्छ । गाढा रंगले ठूलो कोठालाई पनि सानो देखाउँछ । सकेसम्म बेडरुमका भित्ताहरूमा सेतो, क्रिम, हल्का हरियो, बेबी पिंक, हल्का नीलो वा अन्य हल्का रंगको प्रयोग गर्नुपर्छ ।

स्टोरेज भएको वेडको प्रयोग
सानो बेडरुमलाई ठूलो आकारमा देखाउन बेडमा धेरै स्टोरेज भएको हुनुपर्छ । जसले गर्दा बाहिर सामान राख्न पर्दैन सबै बेडमा राख्दा यताउति धेरै सामान देखिँदैन । जसले कोठा ठूलो देखिन्छ । बेडको दायाँ–बायाँ स्टुलहरूको प्रयोग गर्न सकिन्छ । यसमा पनि सामान अटाउन सकिन्छ ।

झुमरले सजाउने कोठा
झुमर प्रायः हल वा ड्रइङ रुममा राम्रो देखिन्छ । तर कोठा सानो छ भने झुमरलाई बेडरुममा पनि झुन्डाउन सकिन्छ । धेरै ठूलो होइन ठिक्कको साइजको झुमरको छनोट गर्नुपर्छ । यसको प्रकाशले सबै कोठा उज्यालो देखाउँछ र कोठा ठूलो पनि देखाउँछ । कोठामा प्रवेश गर्नेबित्तिकै तपाईंको ध्यान भुइँमा सट्टा माथि झुमरतिर केन्द्रित हुन्छ र कोठा ठूलो देखिन्छ ।

धेरै फर्निचर नराख्ने
त्यसो त बेडरुमा धेरै फर्निचर राख्दा राम्रो देखिँदैन । सानो कोठामा धेरै फर्निचर राख्दा झन् कोठा साँघुरो देखिन्छ । साइड टेबलको आवश्यकता छैन भने नराखे पनि हुन्छ । सानो कोठामा एउटा बेडमात्र भएपनि पुग्छ । एकदमै आवश्यक फर्निचर मात्र राख्दा कोठा ठूलो देखिन्छ । बेडको छनोट गर्दा होचो साइजको गनुपर्छ यसले कोठालाई ठूलो देखाउँछ ।


पोर्टेबल फर्निचरको प्रयोग
सानो वा कम स्पेस घर भएकाहरूलाई ठूला फर्निचर अटाउने ठाउँ हुँदैन । यस्तो घरमा फर्निचर व्यवस्थित तरिकाले राख्न चुनौतीपूर्ण हुन्छ । साँघुरो कोठामा बहुउपयोगी फर्निचर छनोट गर्नुपर्छ । यस्ता फर्निचरले धेरै ठाउँ ओगट्दैनन् साथै कोठा फराकिलो र आकर्षक देखिन्छ । योफर्निचरको तौल हल्का हुने भएकाले यताउति सार्न सजिलो हुन्छ ।

वलपेपरको प्रयोग
सानो बेडरुम छ भने कोठाको एकापट्टिको भित्तामा वालपेपरको टाँस्न सकिन्छ । प्याट्रन भएको वालपेपरले कोठालाई ठूलो देखाउन सहयोग गर्छ । क्यानभास प्रिन्ट भएको वालपेरले कोठालाई ठूलो र आकर्षक देखाउ“छ । त्यसका साथै स्काई वालपेपर तारा र जुन भएको सिलिङमा टाँस्न सकिन्छ । कोठामा फरक–फरक पेन्टिङले सजाउनु भन्दा एउटा ठूलो आकारको पेन्टिङ राख्न सकिन्छ । बेडको पछाडिको भागमा पेन्टिङ टाँग्दा कोठा ठूलो र आकर्षक देखिन्छ ।

पर्दाको सही छनोट
सानो कोठालाई ठूलो देखाउन पर्दाको भूमिका अहम् हुन्छ । सानो कोठामा जहिल्यै पनि हल्का पर्दाको प्रयोग गर्नुपर्छ । भारी र बाक्लो फेब्रिकको पर्दाले कोठाको साइज सानो देखाउ“छ । त्योस“गै कोठालाई आकर्षक र ठूलो देखाउन हल्का रंगको पर्दा छनोट गर्नुपर्छ । आवश्यक नभए पर्दा नलगाए पनि हुन्छ । यसले कोठा ठूलो देखिन्छ ।



सपना सापकोटा, इन्टेरियर डिजाइनर
हल्का रंगको प्रयोगले कोठा ठूलो देखाउँछ
सानो कोठालाई ठूलो देखाउन पर्दा, बेडसिट, भित्ताको रंग सबै हल्का रंगको हुनुपर्छ । कुसनको फेब्रिक भने हाइलाइट गर्ने रंगको हुनुपर्छ । कोठामा प्रयोग हुने मुख्य फेब्रिक हल्का रंगको हुनुपर्छ । गाढा रंगले आँखाको नजिकै छ जस्तो महसुस गराउँछ । त्यसैगरी कोठामा ऐनाको प्रयोग गर्न सकिन्छ । ऐनाको रिफ्लेक्सनले गर्दा कोठा ठूलो देखिन्छ । यसो भन्दैमा धेरै ऐनाको प्रयोग भने गर्नुहुँदैन । सानो कोठामा वुडन सिलिङले हेभी फिल गराउँछ । वुडनको प्रयोग गर्ने हो भने कुनै कुनै ठाउँमा मात्र गर्नुपर्छ । धेरै भारी फर्निचरहरू प्रयोग गर्नुहुँदैन । कोठामा धेरै सामानहरू राख्नुहुँदैन । फर्निचरहरू सानो छरितो खालको राख्नुपर्छ । फोल्डिङ हुने फर्निचर राख्न उपयुक्त हुन्छ । ठूला झुमरहरू भन्दा साना झुमरको प्रयोग गर्नुपर्छ । कोठामा साधारण लाइटहरूको प्रयोग गर्नुपर्छ ।

 Image