इरिटेबल बाउल सिन्डरोमको संक्रमण भएर हाम्रो कोलोन, आन्द्रामा हुने रोग हो, अल्सेराइटिस कोलाइटिस (युसी) । जुन चाहिँ संक्रमण भएपछि साना–साना धर्का, घाउहरू कोलोनको भित्ता, आन्द्रामा हुन्छन् । यो रोग लामो समयसम्म पेटको समस्या हुने, ग्यास्ट्राइटिस भइरहनेलाई हुन्छ । बाहिरको खानेकुरा, जंकफुड, मैदाको खानेकुरा, व्यस्त जीवनशैलीले पनि अहिले पेटको समस्या धेरैलाई देखिएको छ।
कारणहरू
लामो समयसम्म संक्रमण हुनु, संक्रमण भैरहनु,
अटो इम्युन डिसअर्डर,
दूषित वातावतरण हुनु,
सरसफाइको कमी,
कलकारखानाको धूलो–धूवाँ,
मद्यपान,
धूम्रपान,
मोटोपना,
मानसिक तनाव,
कब्जियत हुनु,
दूषित पानीको प्रयोग ।
लामो समयसम्म संक्रमण भइरहँदा हाम्रो शरीरलाई मात्र नभई स्वस्थ तन्तु कोषहरू स्वतः नाश हुनुका साथै अन्य अंगहरू र डिएनएसमेत नाश हुन सक्छ । यसका साथै अन्य रोगहरू लाग्ने सम्भावना पनि हुन सक्छ । जस्तै–
मधुमेह
क्यान्सर
मोटोपना
दम
डिमेन्सिया (ज्येष्ठ नागरिकमा हुने रोग)
खानपान पनि यसको कारण हुन्छ ?
तारेको, फ्राइ गरेको, अत्यधिक मात्रामा तेलको प्रयोग भएका तयारी खानेकुरा, बट्टाका खानेकुरा,रातो मासु, उच्च कार्बोहाइडे«ड, बढी गुलियो पदार्थ, उच्च क्यालोरीयुक्त खानेकुराहरू तथा कम शारीरिक अभ्यास, मानसिक तनाव आदिले पनि यो अल्सेराइटिव हुन सक्छ ।
कार्बोहाइड्रेट कम वा बढी कति खाने ?
(फर्मेनटेबल ओलिगो डाई मोनो साटुराइड एन्ड पोलिओल्स) हाइ फुडम्याप भएको खानेकुरा सेवन गरेमा दिसा पातलो हुन्छ रपेट ढुम्म भई ग्यास हुन्छ । तर कतिपय बिरामीहरूको स्वास्थ्य अवस्था हेरेर मात्र खानेकुरा खानुपर्छ ।
कम (लो फुडम्याप) भएको खानेकुरा
फ्रुकटान्स ः यसमा लसुन,ब्रोकाउली, वार्ली, बन्दा आदि खानेकुरा पर्छन् । जुन हामी थोरै मात्रामा कहिलेकाहीँ सेवन गर्न सक्छौं ।
ल्याक्टोज ः यसमा दुग्धजन्य सबै परिकारहरू पर्छन् । सकभर बदामको ताजा दूध खान सकिन्छ । गाई–भैंसीको दूध खान मिल्दैन ।
फ्रुकटोज ः यसमा मह, कर्न सिरप, आरु, आलुबखडा एवं एप्रिकोट आदि पर्छन् ।
ओलिगोसकाराइड ः यसमा नटसहरू, बीउहरू, दाल, गेडागुडी, कुरिलो आदि पर्छन् ।
पोलिओल्स ः यसमा चिनी, अल्कोहल आदि पर्छन् । यो आहार ४ देखि८ हप्तासम्म दिन सकिने कुरा विभिन्न अनुसन्धानले प्रमाणित गरेका छन् ।
केही लक्षण
कहिलेकाहीँ पखालामा रगत देखिनु, दिसामा सिंगान जस्तो देखिनु, फिँज आउनु, पेट दुख्नु, शरीर गल्ने, थँक्ने, कमजोरी हुने, तौल घट्ने आदि यसका सामान्य लक्षण हुन् ।
कतिपय मानिस आफूखुसी औषधि सेवन गर्छन् । चिकित्सकस“ग सल्लाह पनि नलिई लामो समयसम्म औषधि सेवन गर्छन् र खानपानमा समेत वास्ता गर्दैनन् । आफूलाई सहज हुने काम मात्रै गर्छन् ।
जीवनशैली, खानपान सुधार्ने बानीमात्रै गरेपनि धेरै हदसम्म यो रोगबाट निको हुने विभिन्न अनुसन्धानबाट थाहा भएको छ । सन्तुलित भोजन, स्वस्थकर आहार एवं व्यवस्थित जीवनशैलीमा सुधार ल्याएमा यो रोग सहज हुन्छ ।
कस्तो प्रकारको भोजन गर्ने वा नगर्ने ?
कफी
कफी अहिले दोस्रो पेयपदार्थका रूपमा प्रचलनमा आएको छ । नेपालमा पनि कफीको खेती दिनहु“ बढिरहेको पाइएको छ । अहिले कफीका पारखीहरू धेरै बढेका छन् । तर धेरै मानिसलेआफूखुसी कफीको सेवन गरेकोे पाइएको छ । कफी बढी मात्रामा सेवन गर्नु उपयुक्त हँुदैन ।
बढी मात्रामा कफी सेवनले हाम्रो पाचन प्रणालीमा नराम्रो असर परेको विभिन्न अनुसन्धानले देखाएका छन् । कफीको बढी प्रयोगले आन्द्रामा ‘अल्सराइटिभ कोलाइटिस’मा संक्रमण हुने प्रमाणित भएको छ । दैनिक एक कप कफी पिउनाले फाइदा पु¥याउँछ । कफीमा भएको यौगिक तत्व ‘पोलिफेनोइड’ र ‘क्लोरोजेनिक एसिड’ले ‘एन्टिअक्सिडेन्ट’को काम गर्छन् ।
तर बढी मात्रामा सेवन गर्नाले आन्द्रामा ‘रिफ्लक्स एसिड’ हरू बढी मात्रामा उत्पन्न भएर विभिन्न प्रकारको पेटको समस्या हुन सक्छ । तर अझै पनि जटिल समस्याहरू के–के हुन सक्छन् भन्ने कुराको अनुसन्धान हुन बा“की नै छ ।
बढी कफीको सेवनले के–कस्ता समस्या हुन सक्छन् ?
पेट दुख्ने, खान मन नलाग्ने, दिनदिनै दिसा नहुने, टाउको भारी हुने, छटपटी हुने, खाना नपच्ने आदि समस्या कसैकसैलाई हुन सक्छन् तर अझै पनि विस्तृत रूपमा गहिरो अनुसन्धान भएको छैन ।
अर्कातर्फ कतिपय अनुसन्धानले यो पनि देखाएका छन् कि कफीमा भएको राम्रो ब्याक्टेरियाले हाम्रो आन्द्रालाई संक्रमण हुनबाट बचाउ“छ र आन्द्रालाई बलियो बनाउ“छ ।
स्वस्थ खानाले ‘अल्सेराइटिभ कोलाइटिस’ र पेटको समस्या समाधान हुन सक्ने विभिन्न अनुसन्धानले देखाएका छन् ।
अल्सेराइटिभ कोलाइटिसमा के–के खान मिल्छ ?
प्रोबायोटिक
प्रोबायोटिकले हाम्रो पेट एवं आन्द्रालाई स्वस्थ राख्न महत्वपूर्ण भूमिका खेल्छ । राम्रो ब्याक्टेरिया जुन हाम्रो पेटका लागि अति नै राम्रो हुन्छ । पाचनक्रियालाई स्वस्थ राख्न मद्दत गर्छ । आन्द्राको संक्रमण हुनबाट जोगाउँछ ।
साइलियम सिडस (बीउ), हस्क
हामीले खानेकुरा खाएपछि राम्रोस“ग पचेन भने, अपच भएका खानाहरू सहजै पचाउन मद्दत गर्छ । कब्जियतका लागि अति नै महत्वपूर्ण भूमिका खेल्छ। यो सेलुलोज फाइबर हो, जुन पानीमा सहजै घुल्न सक्छ । आलसको धूलो पनि धेरै नै लाभकर हुन्छ ।
ब्रोमेलाइन ःयो भुइँकटहरमा पाइने एक प्रकारको इन्जाइम हो, जसले कब्जियत भएका बेला पाचनक्रियामा, प्रोटिन, टुक्रिने कार्य, संक्रमण आदिबाट जोगाउने काम गर्छ ।
बेसार
भान्सामा पाइने मसलाहरू आदिमा बेसारको महत्वपूर्ण भूमिका हुन्छ । यसमा विभिन्न औषधीय गुण हुन्छन् । यसमा रोग प्रतिरोधात्मक क्षमता भएकाले विभिन्न संक्रमणबाट जोगाउने काम भएको विभिन्न अनुसन्धानले देखाएका छन् ।
खानपानमा परिवर्तन
बढी मात्रामा मादक पदार्थ, धूम्रपान नगर्ने, बढी मात्रामा कार्बोहाइड्रेटको सेवन नगर्ने,
मैदाका खानेकुराबढी नखाने,
बढी गुलियो, चिनी, मिठार्इं आदि नखाने,
चिल्लोमा तारेको नखाने,
राति अबेरसम्म नजाग्ने,
नुन थपेर नखाने,
खानामा सिरेनुनको प्रयोग गर्ने (सेतो नुन नखाने)
तेलमा (शुद्ध तोरी, नरिवल, आलसको, जैतुनको तेल) आदि खाने ।
कालो चिया, कालो कफी (चिनी नभएको खाने)
नियमित रूपमा शारीरिक अभ्यास गर्ने, आफ्नो उमेर, शारीरिक अवस्था, रोग आदि हेरेर (योग, हिँडडुल गर्ने, साइकल, पौडी आदि)
नियमित चिकित्सकको सल्लाहमा औषधि सेवन गर्ने
तनावमुक्त हुने, सामाजिक कार्यमा सहभागी हुने । (संगीत सुन्ने, गीत गाउने, किताब पढ्ने) आफ्नो रुचिअनुसारको काम गर्ने)
नियमित ७ देखि ८ घण्टा आवश्यकतानुसार सुत्नुपर्छ । सधैं स्वस्थ र निरोगी रहनुपर्छ ।
(शाह कीर्तिपुर बर्न अस्पतालकी आहार तथा पोषण विशेषज्ञ हुन् । )