नयाँ प्रविधिबाट मोतीबिन्दुको शल्यक्रिया -डा. सबिन ढकाल, मोतीबिन्दु र रिफ्राक्टिभ सर्जन
सबै मोतिबिन्दुको शल्यक्रिया बिना सुई नयाँ प्रबिधिबाट गरिने नेपालको पहिलो अस्पताल एएसजी आई केयर हो
डा. नविना श्रेष्ठ वैद्य, निदान हस्पिटल पुल्चोक
कोरोना भाइरस महामारीले बन्दाबन्दीका कारण मानिसको जनजीवन प्रभावित बनेको छ । अहिले सबै गतिविधि ठप्प भएकाले शारीरिक र मानसिक स्वास्थ्यका इस्यु धेरै बनेका छन् । मानसिक रोगमा तनाव धेरै देखिएको छ । जस्तो स्विङ हुने, राती निद्रा नलाग्ने, तनाव हुने, मन आत्तिने, अब के गर्ने होला, खुल्यो भने पनि अफिस के गरि जाने होला ? व्यापार व्यवसायमा घाटा भयो भन्ने पनि रहेको छ । घर भाडा कसरी तिर्ने भन्ने पीर पनि मानिसमा देखिएको छ । मानसिक तनाव र शारीरिक क्रियाकलाप एक अर्कासँग सम्बन्धित हुन्छन् । शारीरिक व्यायाम गर्दा मानिसको रोगमा सकारात्मक सुधार आएको देखिएको छ । व्यायामले मूड परिवर्तन हुन्छ किनकी इन्ड्रोफिन हर्मोन रिलिज गरिदिएर हेप्पी फिलिङ (खुसी महसुस) गरिदिन्छ ।
फिजियो थेरापी कहिले र किन जाने ?
– फिजियोथेरापीसँग फेस टु फेस कन्सल्टेसन गरी एसेसमेन्ट उपचार गर्नुपरेको अवस्थामा जानुपर्छ । अहिले फोन या टेलिहेल्थबाट फिजियो सुविधा लिन सकिने अवस्था आइसकेको छैन ।
– दैनिक क्रियाकलापमा गर्न गाह्रो भएमा, छातीको समस्या, हातखुट्टा लस गर्ने, पक्षघातको समस्या भएमा पनि फिजियोथेरापी गर्न जानुपर्ने हुन सक्छ ।
– प्यारालाइसिस भइरहेको छ दैनिक क्रियाकलाप गर्न अप्ठ्यारो आवश्यक आधारभूत आवश्यकता (बेसिक रिक्वायरमेन्ट) सिक्नका लागि पनि फिजियोथेरापिस्टकहाँ जानुपर्ने हुन्छ । बन्दाबन्दी भएको लामो समय भयो ।
– लामो अशक्तता (प्रोलङ डिसएबिलिटी) हुने सक्ने खालको बिरामी छ भने पनि त्यस्तो बिरामी जति सक्दो चाँडो फिजियोथेरापी गर्नु वेश हुन्छ । प्यारालाइसिस भयो यत्तिकै फिजायोथेरापी वा व्यायाम नगरी बसेमा परमानेन्ट डिसएबिलिटी हुन सक्छ । हात खुट्टा टेक्न नसक्ने, नचल्ने, बांगिन सक्छ ।
– पहिले फिजियोथेरापी सेवा लिइरहेको बीचमा छुट्यो, सहनै नसक्ने गरी दुखाई बेस्सरी छ, कम्मर ढाड दुखेको नशा च्यापिएको भएमा पनि जानुपर्छ ।
– पक्षघात (स्ट्रोक) भएमा, सुतेर उठ्दा रिंगटा लागेमा (भर्टिगो), उठेर बस्दा, अगाडि हिड्दा चक्कर लाग्ने, लड्ला जस्तो भएमा पनि जानुपर्छ ।
– घाँटीको गर्दन दुखेर हात तथा औंला झमझम गरेमा पनि फिजियोथेरापी गर्न जानुपर्छ ।
– अपर ब्याक पेन धेरै तनाव लिदा र पोस्चर नमिलेर हुन्छ । यसका कारण कार्य क्षमतामा ह्रास आउने भएकाले फिजियोथेरापी गर्नु वेश हुन्छ ।
– कम्मर दुखाई (लो ब्याक पेन) भएर खुट्टा झमझम हुने, पोल्ने, हिंड्दा–हिंड्दा थचक्क बस्न मन लाग्ने, खुट्टाको पैतालामाथि नआउने, खुट्टा लुलो हुने, पिसाब च्याप्न नसकिने भए इमरजेन्सी जानुपर्छ । न्यूरोसर्जन वा अर्थोपेडिक सर्जनलाई देखाउनुपर्छ । यसबाट ढाडको नशा च्यापिएको छ छैन पत्ता लाग्छ । नशा च्यापिएको लेबल धेरै छैन भने फिजियोथेरापी गर्नु पर्ने हुन्छ ।
– काँधको दुखाई ४० वर्षको उमेरपछि पहिले मधुमेह भएकामा अहिले यो समस्या धेरै देखिएको छ । धेरैको सोल्जर जाम भएको हुने गर्छ । यसलाई फ्रोजन सोल्डर भनिन्छ । यसले गर्दा हात चलाउन नसकेमा पनि आउनुपर्छ । दिनहुँ नआएपनि १,२ वटा एक्सरसाइज सिकेर घरमै गर्न सकिन्छ ।
– घूँडा तथा एंकल दुखाई छ भने अहिलेको अवस्थामा नआउँदा हुन्छ । पहिले गरेका एक्सरसाइज थाहा छ भने गर्ने । थाहा नभएमा एकपटक अस्पताल आएर घूँडा तथा एंकल दुखाइको कारण हड्डी, लिगामेन्ट वा मसल्स हो पत्ता लगाउनुपर्छ ।
– लकडाउनअघि वा लकडाउन हुने बित्तिकै दुर्घटना भएर हातखुट्टा फ्याक्चर भएर जसले अप्रेशन वा प्लेट राखेको बिरामीको यतिबेला (स्टिफनेस) कडापन आएको छ । यसले पछि हिड्न र हात चलाउन समस्या हुने भएकाले फिजियोथेरापी गर्न आउनुपर्छ । अहिले पोस्ट फ्याक्चर स्टिफनेस केस पनि धेरै आएका छन् ।