Successfully Copied

गर्मीमा स्वास्थ्यवद्र्धक पेय

पसिनाको माध्यमबाट पानी बाहिरिने हुँदा शरीरलाई चाहिने जति पानीको आवश्यकता पर्छ । शरीरमा पानीको सन्तुलन गर्न कम क्यालोरी भएका उपयोगी गर्मीयामका पेय पदार्थ प्रयोग गर्नु राम्रो मानिन्छ । यस्ता पेयपदार्थ घरमै पनि तयार गर्न सकिन्छ ।


मानव शरीर र अंगका विभिन्न कार्यसम्पादन गर्न खाना आवश्यक छ । मौसम, भूगोल, चाडपर्व एवं संस्कृतिअनुसार यो फरक–फरक हुनसक्छ । जाडोयाममा शरीरलाई न्यानो बनाउन र गर्मीमा शीतलता प्रदान गर्न सन्तुलित र उपयुक्त खाद्यवस्तु छनोट गर्नु महत्वपूर्ण हुन्छ ।
गर्मीयाममा बाहिरी तापक्रम बढी हुने भएकाले धेरै पसिना आउने, मुख र छाला सुख्खा हुने, पिसाबको मात्रा घट्ने, जलविनियोजन हुने समस्याहरू देखिन सक्छन् । त्यसैले शीतलता प्रदान गर्ने, शरीरलाई स्वस्थ राख्ने खाद्यवस्तुहरूको छनोट गर्नुपर्छ । पसिनाको माध्यमबाट पानी बाहिरिने हुँदा शरीरलाई चाहिने जति पानीको आवश्यकता पर्छ । शरीरमा पानीको सन्तुलन गर्न कम क्यालोरी भएका उपयोगी गर्मीयामका पेय पदार्थ प्रयोग गर्नु राम्रो मानिन्छ । यस्ता पेयपदार्थ घरमै पनि तयार गर्न सकिन्छ ।

‘आम पन्ना’
गर्मीयाममा बढी रुचाइने स्वास्थ्यवद्र्धक ‘आम पन्ना’ आँप, जिरा र पुदिना प्रयोग गरी तयार पार्न सकिन्छ । यसका लागि काँचो आँपलाई भित्रको गुदी गिलो नहुन्जेलसम्म पानीमा उमाल्नुपर्छ । आँपको बोक्रालाई छिलेर गुदीलाई ब्लेन्डरमा हालेर ब्लेन्ड गर्नुपर्छ । ‘आइस क्युब’, बिरेनुन, भुटेको जिराको धूलो र पुदिनाका पातले गार्नेस गरी सेवन गर्न सकिन्छ ।
जलजिरा
जलजिरा गर्मीयामको उत्कृष्ट पेय पदार्थ हो । निकै सरल र धेरै समय नलाग्ने यो पेय पदार्थले पाचन प्रणालीलाई फाइदा पु¥याउँछ । यो पेय पदार्थ तयार गर्न पुदिनाका पात, जिराका दाना, बिरेनुन, थोरै कागतीको रस र गरम मसलाको आवश्यकता पर्छ । जलजिरालाई ‘आम पन्ना’लाई जस्तै ब्लेन्ड गरी फ्रिजमा राखेर खान सकिन्छ ।

सातुसर्बत
सातु सर्बत स्वास्थ्यवद्र्धक परिकार हो । यसका लागि सातु र थोरै चिनी पानीमा घोलेर सेवन गर्न सकिन्छ । भुटेको कालो चनाबाट तयार पारिने सातु पोषिलो र पौष्टिक तत्वले भरिपूर्ण हुन्छ । सातुसर्बतले शरीरलाई स्फुर्ती प्रदान गर्नुका साथै जलविनियोजन हुनबाट जोगाउँछ ।
नरिवल पानी
गर्मीयाममा शरीरलाई स्वस्थ राख्न नरिवल पानीलाई राम्रो मानिन्छ । यो पानीमा खनिज पदार्थ भरिपूर्ण हुन्छ । यो बजारमा सजिलै पाइन्छ । नरिवलको पानी पिउनाले शरीरमा इलेक्ट्रोलाइट्स सन्तुलनमा राख्न र पेटलाई आराम दिन्छ । पोटासियम र म्याग्नेसियमजस्ता तत्वले भरिपूर्ण नरिवल पानीले मुटु, छाला र नसालाई फाइदा पु¥याउँछ ।
उखुको जुस
उखुलाई पेलेर यो जुस बनाउन सकिन्छ । यो बजारमा सजिलै उपलब्ध भएपनि घरमा पनि तयार पार्न सकिन्छ । यो शरीरलाई शक्ति दिने जुस हो । शरीरको प्लाज्मा विकासका लागि उखुको जुस महत्वपूर्ण मानिन्छ ।

 Image