सुरुवाती अवस्थामा थाहा पाएमा उपचार संभव छ ।
स्तन क्यान्सर महिलालाई मात्र होइन पुरुषलाई पनि हुन्छ । तसर्थ आफ्नो जीउ, अंग, छाला कस्तो अवस्थामा छ त्यसतर्फ सदा सचेत रहौं ।
दुई पटक सिजरियन गरेर शिशु जन्माएका महिलाहरूले तेस्रो पटक त्यही प्रक्रियाबाट शिशु जन्माउन सक्छन् ?
सामान्यत: पहिले सिजरियन गरेर डेलिभरी भएको अवस्थामा अर्को पटक डेलिभरी हुदा अप्रेसन (सिजरियन) गर्नुपर्ने सम्भावना बढी हुन्छ । यद्यपि नर्मल डेलिभरी हुँदै हुँदैन भन्ने होइन । सिजरियन पछि नर्मल डेलिभरी गर्ने प्रक्रियालाई ‘भीब्याक’ अर्थात् भजाईनल बर्थ आफटर सिजरियन भनिन्छ ।
अमेरिकामा सन् १९९६ मा भीब्याकको दर उच्च (२८ दशमलव ३ प्रतिशत) छ । नेपालमा पनि उल्लेखनीय संख्यामा भीब्याक हुने गरेको छ । तपाईंको दुई पटक सिजरियन भएकाले भीब्याक गर्नुभन्दा सिजरियन नै गर्नु उपयुक्त हुनसक्छ ।
तपार्इंले तेस्रो गर्भ राख्न सक्नुहुन्छ तर जन्मान्तर अलिक बढि (कम्तीमा ३ वर्ष) राख्नु होला ।