टेलिभिजन हेर्दै भोजन गर्नु
टेलिभिजन हेर्दै भोजन गर्दा आफूले कति र के खाइएको छ भन्ने ज्ञान हुँदैन । जसका कारण आवश्यकताभन्दा बढी खाइन्छ र तौल बढ्छ ।
नोक्सान
–एक दिनमा दुई घन्टाभन्दा बढी टेलिभिजन हेर्दा मोटोपन बढ्ने सम्भावना २० प्रतिशतले बढ्छ ।
–लगातार टेलिभिजन हेर्दा आँसु बग्छ अनि दु:खका सिरियल हेर्दा ह्दय रोग तथा ब्लड प्रेसरसम्बन्धी समस्याले सताउन सक्छ ।
के गर्ने
टेलिभिजन हेर्दा बीचबीचमा जगिङ, स्ट्रेचिङ, बिबिङ एक्सरसाइज आदि गरेर मोटोपन घटाउन सकिन्छ ।
लामो समय भोकै रहनु
कतिपय अवस्थामा घरबाट पनि भोकै निस्किइन्छ । घरमा पनि कहिलेकाहीँ लामो समयसम्म भोकै बसिन्छ । लामो समय भोकै बस्दा शरीरमा पोषक तत्वको कमी हुन्छ ।
नोक्सान
–शरीरमा ब्लड सुगरको मात्रा कम हुने सम्भावना हुन्छ ।
–मस्तिष्कलाई सही समयमा ग्लुकोज नमिल्दा स्वभाव चिडचिडे हुन्छ ।
–लामो समयसम्म खाली पेट रहँदा र पछि धेरै मात्रामा खाना खाँदा एसिडिटी, आलस्यता आदि समस्या विकसित हुन्छन् ।
के गर्ने ?
समयमा भोजन गर्नुपर्छ र एउटा निश्चित डाइट लिनुपर्छ ।
छिटो–छिटो खाना खानु
खाना नचबाई वा छिटो–छिटो खाँदा पनि मोटोपन बढ्ने सम्भावना हुन्छ अनि खाएको सूचना पेटसम्म पुग्दैन । यसबाट पाचनक्रिया प्रभावित हुन्छ । पेट भरिएको छ कि छैन भन्ने सूचना पनि दिमागसम्म ढिलो गरी पुग्छ र आवश्यकताभन्दा बढी खाइन्छ ।
नोक्सान
–पाचन शक्ति कमजोर हुन्छ ।
–पेट दुख्ने समस्याले सताउँछ ।
के गर्ने ?
भोकअनुसार सीमित मात्रामा खानुपर्छ । खाना खाँदा कुनै अर्को काम गर्नु हुँदैन । केही समयपछि भोक लागे फल वा स्वस्थ स्न्याक्स खान सकिन्छ ।
ब्रेकफास्ट नगर्नु
रातिको भोजन र ब्रेकफास्टका बीच ८ देखि १२ घन्टाको अन्तरले मस्तिष्क तथा मांसपेशीलाई कमजोर तुल्याउँछ । यस्तोमा बिहानको नास्ता नगर्दा वा मात्र एक कप चिया वा कफी पिउँदा पनि मोटोपन बढ्छ ।
नोक्सान
–पाचनशक्ति कमजोर हुन्छ ।
–क्यालोरी घट्नुको साटो बढ्छ ।
–एनेमिक पनि हुनसक्छ ।
–शरीरमा एनर्जी कम हुन्छ ।
के गर्ने ?
स्वस्थ एवं आवश्यक ब्रेकफास्ट खानुपर्छ । दिनभरिको अन्य भोजनको तुलनामा ब्रेकफास्टमा स्वस्थकर खानाको मात्रा बढी हुनुपर्छ ।
पर्याप्त नसुत्नु
राति ढिलो सुत्नु र बिहान चाँडै उठ्नु पनि मोटोपनको कारण हो ।
नोक्सान
–राति खाएको खाना पच्दैन ।
–अनिद्राको शिकार हुन सकिन्छ ।
–शरीरको एनर्जी लेवल कम हुन्छ ।
–मस्तिष्क विचलित भएर डिप्रेसनमा जान सकिन्छ ।
के गर्ने ?
आफ्ना हरेक कामलाई सही समयमा गर्ने प्रयास गर्नुपर्छ । यसो गर्दा समयमा सुत्न र उठ्न सकिन्छ । प्रतिदिन ७–८ घन्टा राम्रो निद्रा आवश्यक हुन्छ ।
फास्टफुडको सेवन
फास्टफुडको सेवन पनि मोटोपन बढ्ने मुख्य कारण हो । फास्टफुडमा क्यालोरीको मात्रा बढी हुने भएकाले मोटोपन बढ्छ ।
नोक्सानी
–ह्दयसम्बन्धी रोग लाग्छ ।
–डायबिटिज हुने डर हुन्छ ।
के गर्ने ?
सातामा मात्र एकपटक फास्टफुड खानु उपयुक्त हुन्छ र अतिरिक्त खानेकुराको सेवनबाट जोगिनुपर्छ । तेलमा तारेको फास्टफुडको साटो रोस्टेड वा बेक्ट फास्टफुड उपयुक्त हुन्छ ।
खाना खानेबित्तिकै सुत्नु
रातिको भोजन ढिलो गरी खानु, बढी मात्रामा खानु र खानेबित्तिकै सुत्नु मोटोपन बढ्ने कारण हुनसक्छन् । यसो गर्दा भोजन पच्दैन अनि शरीरमा बोसो बढ्छ ।
नोक्सानी
–खाना राम्रोसँग पच्दैन भने ग्यासको समस्या हुन्छ ।
–पेटबाहिर निस्कन्छ ।
के गर्ने ?
खाना खाएपछि केही समय हिँडडुल गर्दा खाना पचाउन सहज हुन्छ । खाना खाएपछि हल्का व्यायाम गर्नु लाभदायक हुनसक्छ ।
तनावमा बढी खानु
मानसिक रूपमा तनावग्रस्त हुँदा बढी खाएर आफ्नो रिस व्यक्त गर्नु पनि मोटोपन बढाउनु हो ।
नोक्सानी
–हाइ कोलेस्ट्रोल, हाइ ब्लड प्रेसर तथा गेस्ट्रोएनटाइटिस हुने सम्भावना बढ्छ ।
के गर्ने ?
तनावको स्थितिमा बढी खाना खाएर रिस व्यक्त गर्नुभन्दा त्यही रिसलाई एक्सरसाइज गरी निकाल्नु उपयुक्त हुन्छ ।
मद्यपान
स्वस्थ डाइट खाँदा र एक्सरसाइज गर्दा पनि तौल घट्नुको साटो बढ्नसक्छ । यसको एउटा कारण हाइ क्यालोरीयुक्त अल्कोहल सेवन हुनसक्छ ।
नोक्सानी
–लिभरमा इन्फेक्सन हुनसक्छ ।
–हार्ट अटेकको जोखिम वृद्धि हुन्छ ।
–ब्रेनसित सम्बन्धित रोग लाग्न सक्छ ।
के गर्ने ?
अल्कोहल सेवन नगर्ने ।
दिनभरि बसेर काम गर्नु
अफिसमा लगातार बसेर काम गर्दा पनि शरीरको तौल बढ्छ ।
नोक्सानी
–शरीरमा बोसोको मात्रा बढ्छ ।
–डाइबिटिज हुने सम्भावना वृद्धि हुन्छ ।
–ह्दयसम्बन्धी रोग लाग्न सक्छ ।
–बढी तौलका कारण मेरुदण्ड कमजोर हुनसक्छ ।
के गर्ने ?
कामका बीचमा दुई–तीन पटक कफी वा बाथरुम जाने बहाना गरी आराम गर्नुपर्छ । लिफ्टको साटो सिंढी प्रयोग गर्न सकिन्छ । फोनमा कुरा गर्दा हिँडडुल गर्नुपर्छ ।