होली खेल्नुअघि छालाको सुरक्षा आवश्यक
होली खेल्दा छालामा रसायनयुक्त रङको असर पर्ने भएकाले सचेत रहनु आवश्यक रहेको छ। छाला रोग विशेषज्ञ डा. मोहन भुसालका अनुसार छालाको रक्षा गर्न होली खेल्नुअघि उचित तयारी गर्नुपर्छ।
ह्दय रोग वा मुटु रोग विश्वमै मानव मृत्युको एउटा प्रमुख कारक बनिसकेको छ । विश्व मुटु संघका अनुसार सन् २००५ मा ह्दय रोगले १ करोड ७५ लाख मानिसको ज्यान लियो भने सन् २०१५ मा यो संख्या बढेर २ करोडसम्म पुग्ने अनुमान गरिएको छ । बदलिँदो जीवन शैलीसँगै मुटु रोगीको संख्या नेपालमा पनि वृद्धि हुँदैछ । मुटु रोग लाग्ने सम्भावना केही हदसम्म कम गर्न सकिन्छ कि भन्ने हेतुले वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भारत रावतले ‘स्वस्थ जीवन शैली : स्वस्थ मुटु’ शीर्षकको पुस्तक बजारमा ल्याएका छन् । उक्त पुस्तक ह्दय रोगीहरूका लागि लाभदायक हुनुका साथै अन्य सर्वसाधारणका लागि पनि उत्तिकै उपयोगी छ । यसमा मुटु रोग लाग्दा के गर्ने, स्वस्थ जीवनयापनका लागि के–कस्ता खानेकुरा खाने, स्वस्थ हुन अवलम्बन गर्नुपर्ने उपाय, मधुमेह आदिका बारेमा जानकारी दिइएको छ । यसैगरी पुस्तकमा मुटु रोगीले डा. रावतको उपचारबाट पुनर्जीवन पाएपछिको अनुभव पनि समेटिएको छ । उक्त पुस्तकबाट पाठकलाई स्वस्थ जीवन बिताउन र परिवारमा आइपर्ने आकस्मिक दु:खद् घटनाबाट जोगिन मद्दत पुर्याउने डा. रावतले उल्लेख गरेका छन् ।
स्वास्थ्यका लागि खुर्सानी

उफ् खुर्सानी । खुर्सानी खाँदा आँखा, नाक सबैबाट पानी बग्न थाल्छ तर खानामा उचित मात्रामा खुर्सानी प्रयोग गरे फाइदा पनि हुन्छ । एक शोधअनुसार थोरै खुर्सानीको सेवनले मुटु रोग तथा मधुमेहबाट बचाउँछ । अस्ट्ेरलियाको तस्मानिया युनिभर्सिटीमा गरिएको अध्ययनबाट उक्त कुरा पत्ता लागेको हो । शोधअनुसार खुर्सानीमा मधुमेह तथा मुटु रोग रोक्ने क्षमता हुन्छ । खुर्सानीमा क्याप्साइन र डिहाइड्रोक्याप्सिन नामक तत्वमा रगत सुगर वा ग्लुकोज कम गर्ने, इन्सुलिनको स्तर सामान्य राख्ने तथा धमनीको भित्तामा जम्ने बोसो घटाउने क्षमता हुन्छ । मीठा–मीठा खानेकुरा मात्र नखाएर स्वस्थ रहनका लागि पिरो पनि खाने हो कि ?
बढी खानु हानिकारक

आवश्यकताभन्दा बढी खाना खाए उच्च रक्तचाप, मधुमेहजस्ता डरलाग्दा रोग लाग्न सक्छन् । एक अध्ययनका अनुसार आवश्यकताभन्दा बढी खाए स्मरणशक्ति कमजोर, डिमेन्सिया तथा अल्जाइमरजस्ता समस्या उत्पन्न हुन सक्छन् । अध्ययनमा शोधकर्ताले उमेरसँगै बढ्दो समस्याका बारेमा अध्ययन गरेका थिए । शरीरलाई चाहिने भन्दा बढी खाए बढ्दो उमेरका मानिसमा बिर्सने रोग लाग्ने सम्भावना बढी रहेको अध्ययनबाट पत्ता लागेको छ । अध्ययनमा ७० देखि ८९ वर्षका करिब १ हजार ३ सय मानिसलाई लिइएको थियो । उनीहरूलाई पहिले डिमेन्सिया थिएन ।
आठ सेकेन्डमै स्तन क्यान्सरको जाँच
अब महिलाका लागि स्तन क्यान्सरको जाँच धेरै सजिलो भएको छ । बेलायतस्थित ब्रेस्टल युनिभर्सिटीका वैज्ञानिकहरूका अनुसार स्तन क्यान्सरको जाँच गराउने एमआरआइए नामक नयाँ उपकरण परम्परागत म्यामोग्राफ एक्सरेभन्दा बढी सुविधाजनक छ । यसको उत्पादन तीन वर्षपछि सुरु हुन्छ । क्यान्सरका बिरामीका लागि भारतीय वैज्ञानिकले क्यान्सर प्रभावित कोशिका बाहिर निकाल्ने तरिका पत्ता लगाइरहेका छन् । बेलायतस्थित नाटिंघम युनिभर्सिटीका डा. श्रीनिवासन मधुसूदन तथा उनको समूहले कोशिकामा भएको आनुवंशिक पदार्थको दुरुस्त बनाउने एन्जाइमलाई बन्द गरेर दोषी क्यान्सर कोशिका नष्ट गर्न सक्षम भएको छ । वैज्ञानिकहरूका अनुसार यसबाट प्यांक्रियाज तथा स्तन क्यान्सरको उपचार सफलतापूर्वक गर्न सकिन्छ ।
अपचबाट बच्न
अपचबाट मुक्त हुन खाने बानीमा सुधार ल्याउनुपर्छ ।
–खाना खाएको बेला पानी पिउनु हुँदैन । खाना खानुभन्दा आधा घन्टाअघि र खाएको एक घन्टापछि मात्र पानी पिउनुपर्छ ।
–खाना टन्न खानु हुँदैन र भोक नलागेसम्म नखानु नै वेश हुन्छ ।
–रातिको खाना खानेबित्तिकै सुत्नु हुँदैन । यसो गर्दा अपच हुनुका साथै छाती पनि पोल्छ । रातिको खाना खाएको तीन घन्टापछि सुत्नु वेश हुन्छ ।
–खाना खाएको १०मिनेट बज्रासनमा बस्नु फाइदाजनक हुन्छ ।

–खाना खाइसकेपछि बाँबरी (पुदिना) र तुलसीका पात पिसी पानीमा घोलेर पिउँदा फाइदा पुग्छ । काँचो बन्दा, प्याज, लसुन, अदुवा एवं गोलभेडालाई सलादका रूपमा दैनिक सेवन गर्नुपर्छ ।
–अपचमा मुला एवं धनियाँ पनि लाभदायक हुन्छ ।
–महको सेवन पनि अपचका लागि राम्रो मानिन्छ ।
–तारेका, मसलेदार खानाको सेवन सकभर कम गर्नुपर्छ ।
साभार: एक सय एक रोग एक से एक उपचार