Successfully Copied

जोगिऔं सिजनल रोगबाट

वर्षामा मलेरिया, टाइफाइड, रुघाखोकी आदि अनेकौं समस्या देखा पर्छन् । त्यसैले यी रोगका सम्बन्धमा सजगता अपनाउनु आवश्यक छ ।

वर्षामा मलेरिया, टाइफाइड, रुघाखोकी आदि अनेकौं समस्या देखा पर्छन् । त्यसैले यी रोगका सम्बन्धमा सजगता अपनाउनु आवश्यक छ ।

मलेरिया : यो मौसममा मलेरियाको समस्या बढी देखा पर्छ । मलेरियाका कीटाणुले पीडित व्यक्तिको प्लेटलेट्स कम गर्छ जसका कारण शरीर अत्यन्त कमजोर हुन्छ । मलेरिया प्राणघातक हुनसक्छ ।

कारण : मलेरिया खासगरी लामखुट्टेले टोक्दा लाग्छ । घर वरपर फोहोर पानी वा फोहोर जम्मा हुनु नै लामखुट्टे वृद्धिको प्रमुख कारण हो ।

कसरी पहिचान गर्ने

धेरै दिनसम्म एउटै समयमा तीव्र रूपमा काम ज्वरो आउनु ।

    दिनहुँ बढी टाउको दुख्नु ।

    वाकवाकी वा बान्ता हुनु ।

    मस्कुलर पीडाका साथमा कमजोरी महसुस हुनु ।

सुरक्षित रहने उपाय

    लामखुट्टेको प्रवेश रोक्न साँझ नहुँदै कोठाका झ्याल–ढोका बन्द गर्ने ।

    लामखुट्टेरोधी क्रिम, झुल, लामखुट्टे मार्ने धूप, म्याट आदि प्रयोग गर्ने ।

    घर वरपर पानी जमेको छ वा खाल्डाखुल्डी छन् भने पुर्ने ।

    मलेरियाको आशंका हुनेबित्तिकै चिकित्सकको परामर्श लिने ।

    मलेरियाको औषधि खानुपूर्व त्यसको साइडइफेक्टका बारेमा पनि बुझ्ने ।

    मलेरियामा डिहाइड्रेसनबाट जोगिन तरल पदार्थ सेवन गर्नुका साथै पर्याप्त आराम गर्ने ।

टाइफाइड : वर्षामा हुने बिरामीलाई टाइफाइडले बढी आक्रमण गर्नसक्छ । टाइफाइडको लक्षण प्राय: बालबालिकामा देखिन्छ । समयमै उपचार नभए यसबाट मानिसको ज्यान जान सक्छ ।

कारण : दूषित पानी, बढ्दो प्रदूषण, पानी जम्मा हुनु एवं अस्वस्थकर खाना टाइफाइडका मुख्य कारण हुन् ।

कसरी पहिचान गर्ने

    सुख्खा कफसहित तीव्र ज्वरो आउनु र टाउको दुख्नु ।

    पेटमा तीव्र रूपमा पीडा हुनु ।

    टाइफाइड भएको दोस्रो सातातिर शरीरमा राता बिबिरा आउनु ।

सुरक्षित रहने उपाय

    टाइफाइड पीडित व्यक्तिले आफ्नो हातको स्वच्छतामा विशेष ध्यान पुर्‍याउनुपर्छ ।

    परिवारका सबै सदस्यले खोप लगाउनुपर्छ ।

    घरमा बनेको खाना, उमालेको पानी एवं तरल पदार्थ सेवन गर्नुपर्छ ।

ग्यास्ट्रोएनट्राइटिस

वर्षामा अधिकांश मानिसलाई ग्यास्ट्रोएनट्राइटिसको समस्या हुन्छ । बालबालिकादेखि वृद्धवृद्धासम्मलाई यो समस्या हुनसक्छ ।

कारण : अस्वस्थकर खानाबाट ग्यास्ट्रोएनाट्राइटिसको समस्या हुन्छ ।

कसरी पहिचान गर्ने

    कोलाइटिस, डायरिया र वाकवाकी हुनु ।

    आन्द्रा सुन्निनु ।

सुरक्षित रहने उपाय

    खाना बनाउँदा वा खाँदा सरसफाइमा विशेष ध्यान दिने ।

    तरकारी वा फलफूल राम्रोसँग पखालेर मात्र खाने ।

    वर्षाको पानीमा भिजेका पहिरन भरसक छिटो परिवर्तन गर्नुका साथै मनतातो पानी एवं कीटाणुनाशक साबुनले नुहाउने ।

    डायरिया र बान्ता हुनाले शरीरमा पानीको कमी हुन्छ, त्यसैले प्रशस्त पानी पिउने ।

    वर्षामा घरबाहिर खाना नखाने ।

जन्डिस वा हेपाटाइटिस ए

वर्षामा जन्डिस वा हेपाटाइटिस ए हुनसक्छ । नवजात शिशुदेखि वयस्कसम्म यो रोगको सिकार हुन सक्छन् ।

कारण : वर्षामा प्राय: दूषित पानीका कारण जन्डिस हुन्छ ।

लक्षण

    वाकवाकी, बान्ता, कमजोरी देखापर्नु तथा आँखा र पिसाब पहेंलो हुनु ।

    टाउकोमा भारीपन महसुस हुनु ।

    तीव्र रूपमा ज्वरो आउनु ।

सुरक्षित रहने उपाय

    परिवारका सबै सदस्यलाई हेपाटाइटिस एको खोप लगाउने ।

    घरभित्र र बाहिर राम्रोसँग सरसफाइ गर्ने ।

    झिँगा तथा लामखुट्टेलाई घरमा आउन नदिने ।

    घरबाहिर खानपिन नगर्ने ।

    बेड रेस्ट लिने, लो प्रोटिन र हाइ क्यालोरी फुड खाने ।

कफ एण्ड कोल्ड

यो वर्षामा देखापर्ने समस्यामध्ये सबैभन्दा साधारण समस्या हो तर पनि यसबाट सावधान हुनु आवश्यक छ ।

कारण : वर्षाको पानीमा लामो समयसम्म भिज्नु तथा दूषित पानीबाट हुने संक्रमण यसको मुख्य कारण हो ।

कसरी पहिचान गर्ने

    ज्वरोको साथमा चिसो लाग्नु ।

    आँखाबाट पानी बग्नु ।

    निरन्तर हाछ्यँु आइरहनु ।

    घाँटीमा समस्या आउनु ।

    श्वासप्रश्वासमा समस्या देखापर्नु ।

    लगातार नाक बग्नु ।

सुरक्षित रहने उपाय

    पानीमा रुझ्नु हुँदैन, पानीमा भिजे पनि तुरुन्तै कपडा बदल्नुपर्छ ।

    चिसो पानी पिउनु हुँदैन ।

    पंखा तथा एयर कन्डिसनरमा बस्नु हुँदैन ।

    आइसक्रिम, कोल्ड ड्रिङ आदि चिसो पदार्थबाट जोगिनुपर्छ ।

 Image