Successfully Copied

गर्मी मौसम र स्वास्थ्य

अहिले गर्मीको मौसम छ । यो मौसममा स्वास्थ्यमा विभिन्न समस्या देखापर्छन् । यसबाट बच्न निम्न उपाय अपनाउन सकिन्छ ।

अहिले गर्मीको मौसम छ । यो मौसममा स्वास्थ्यमा विभिन्न समस्या देखापर्छन् । यसबाट बच्न निम्न उपाय अपनाउन सकिन्छ ।

- पानी उमालेर सम्भव भए माटाको भाँडामा राख्नुपर्छ । प्रत्येक घण्टाको अन्तरमा दुई गिलास पानी पिउनुपर्छ । बाहिर हिँडडुल गर्दा वा काममा जाँदा आफ्नै पानी लिएर जानु उपयुक्त हुन्छ ।  

- कोल्ड ड्रिंक्सले शरीरमा डिहाइड्रेसन बढाउने भएकाले त्यसको सेवन गर्नुहुँदैन ।

- दही, मोही, लस्सी, बेल तथा घिउकुमारीको सर्बत पिउनु उपयुक्त हुन्छ ।

- काँक्रा, खरबुजाजस्ता पानी प्रशस्त हुने फलफूल तथा सागपात खानुपर्छ ।

- चिउरा, दालमोठजस्ता जंकफुड सेवन गर्नुहुँदैन ।

- अल्कोहलको सेवन नगर्नु नै उत्तम हुन्छ ।

- सकभर घरमै बनाइएका ताजा खानेकुरा खानुपर्छ ।

- बिहान–बेलुकी काम गरेर दिउँसो आराम गर्नुपर्छ ।

- लामो श्वास शरीरभित्र लिने र सबै श्वास बाहिर निस्कने गरी फ्याँक्ने । प्राणायाम यसका लागि लाभदायक हुन्छ ।

- बाहिर निस्कदा हल्का कटनका कपडा, सन लोसन तथा सन ग्लास लगाउनु वेश हुन्छ ।

- पसिना निस्कने गरी व्यायाम गरेर नुहाउनुपर्छ ।

- झोल खानेकुरा खानुपर्छ । मसलेदार खाना खानुहुँदैन ।

- राति छिटो सुत्ने तथा बिहान सबेरै उठ्ने बानी बसाल्नुपर्छ ।

- छालालाई घाम तथा एलर्जीबाट जोगाउन लामा बाहुला भएका पहिरन लगाउनुपर्छ ।

- बालबालिका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक तथा बिरामीलाई पानीको मात्रा पुगेनपुगेको ख्याल गर्नुपर्छ ।

- सम्भव भए पौडी खेल्नुपर्छ ।

- शरीरका कोमल अंगको विशेष ख्याल राख्नुपर्छ । ओठ तथा आँखामा विशेष ध्यान दिनुपर्छ ।

- फुड प्वाइजनिङबाट जोगिन सरसफाइमा ध्यान दिनुपर्छ ।

- काँक्रा, गोलभेंडा, घिउकुमारी, पाउडर, बडी लोसन आदिले एलर्जीबाट जोगाउनुका साथै छालाको पनि रक्षा गर्छन् ।

 विराटनगरमा क्यान्सर अस्पताल

अहिले क्यान्सर रोगीको संख्या बढ्दो छ । यही कुरालाई मध्यनजर गर्दै विराटनगरमा ‘एक्स हस्पिटल एण्ड क्यान्सर सेन्टर’ खुलेको छ । ५० शय्याको यो अस्पताल निजी लगानीमा खोलिएको हो । सबै किसिमका स्वास्थ्य सुविधा विशेषज्ञबाटै प्रदान गरिने यो अस्पताल पूर्वाञ्चलकै पहिलो भूकम्पप्रतिरोधात्मक भवनयुक्त अस्पताल भएको दाबी संचालक समितिको छ । हाल भरतपुर तथा भक्तपुरमा मात्र सरकारी क्यान्सर अस्पताल संचालनमा छन् ।

फाइदाजनक अण्डा

नियमित अण्डा खाने महिलामा स्तन क्यान्सरको खतरा ४४ प्रतिशत कम हुन्छ । अण्डाको नियमित सेवनले आँखालाई पनि फाइदा गर्छ । नियमित एउटा अण्डा खाए कैरोटिनायड्स हुँदैन भने मोतीविन्दु हुने सम्भावना पनि कम हुन्छ । सामान्यतया एउटा अण्डामा ६ ग्रामभन्दा बढी प्रोटिन तथा शरीरलाई चाहिने अमिनो एसिड ९ ग्राम पाइन्छ । नियमित अण्डाको सेवनले हर्ट एट्याक तथा हर्ट स्ट्रोकबाट पनि जोगाउँछ । अण्डामा रहेको केओलिनले मस्तिष्क तथा मुटुको धमनीको क्रियाकलापलाई पनि सुचारु राख्छ । नङका लागि पनि फाइदाजनक मानिने अण्डाले कोलस्ट्रोल बढ्न दिँदैन । यसमा भिटामिन डीको मात्रा पनि पर्याप्त हुन्छ ।

 

गर्भधारणपछि महिलाको दिमागी परिवर्तन

महिलाको गर्भधारणपछि दिमाग स्थायी रूपमा परिवर्तन हुने कुरा युनिभर्सिटी अफ ब्रिटिस कोलम्बियामा गरिएको शोधबाट पत्ता लागेको छ । शोधका अनुसार मातृत्वमा कदम राख्ने महिलाको ज्ञान, ध्यान, स्मरणशक्ति, समस्या समाधान गर्ने तथा निर्णय लिने क्षमतामा असर पुग्छ भने हार्मोन थेरापीबाट न्यूरोप्लास्टिसिटीमा पनि परिवर्तन हुन्छ । हार्मोनले दिमागमा गहिरो असर गर्नुका साथै गर्भावस्था जीवन बदल्ने प्रक्रिया हो । फलस्वरूप महिलाको मनोवृत्ति तथा जीवन पद्धतिमै परिवर्तन आउने कुरा शोध प्रतिवेदनमा उल्लेख छ ।

 

 Image