Successfully Copied

नि:शुल्क मिर्गौला परीक्षण

अन्तर्राष्ट्रिय नारी दिवस तथा विश्व मिर्गौला दिवसको अवसरमा किड्नी फाउण्डेसन अफ नेपाल तथा किष्ट मेडिकल कलेजको संयुक्त आयोजनामा

अन्तर्राष्ट्रिय नारी दिवस तथा विश्व मिर्गौला दिवसको अवसरमा किड्नी फाउण्डेसन अफ नेपाल तथा किष्ट मेडिकल कलेजको संयुक्त आयोजनामा नि:शुल्क मिर्गाैला परीक्षण गरियो । ललितपुरको लुभुमा आयोजित कार्यक्रममा ३ सय १४ जनाको नि:शुल्क मिर्गौला परीक्षण गरिएकोमा ५० जनामा मिर्गौला सम्बन्धी समस्या देखियो भने धेरैजसोमा उच्च रक्तचाप पनि पाइएको थियो ।

स्वाइन फ्लुबाट कसरी जोगिने

अहिले जताततै स्वाइन फ्लुको चर्चा छ । रोग प्रतिरोधात्मक क्षमता कम भएर लाग्ने यो रोगबाट बच्न रोग प्रतिरोधात्मक क्षमता बढाउने खालका खानेकुरा खानुपर्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउन र स्वाइन फ्लुबाट जोगिन स्याउ, नासपाती, सुन्तला, अंगुर, अनार एवं तरबुजा आदि फलफूल खानुपर्छ । फलफूलमा एन्टिअक्सिडेन्ट, मिनरल्स तथा भिटामिन बी प्रशस्त मात्रामा पाइने हुँदा स्वाइन फ्लुबाट जोगिन सकिन्छ । फलफूल तातोपानी अथवा सफा पानीले पखालिएको हुनुपर्छ । यसैगरी गोलभेंडा, लौका, बन्दा, ब्रोकाउली, केराउ तथा पालुंगोको तरकारी खाँदा पनि शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ । प्रशस्त मात्रामा पानी तथा गेडागुडी एवं दालको रस सेवन गर्नुपर्छ । बाहिर हिँडडुल गर्दा मास्क लगाएर हिँड्नुपर्छ । स्वाइन फ्लुको भाइरसका कारण उच्च ज्वरो आउने, रिंगटा लाग्ने आदि समस्या देखिए चिकित्सकबाट जँचाई उपचार गराउनुपर्छ ।

पढाइको बीचमा खानपान

परीक्षा नजिकिएपछि कतिपय बालबालिकामा खानपिन बिर्सेर पढाइमा मात्र ध्यान दिने बानी हुन्छ । जब कि यतिबेला खानेकुरामा पूरा ध्यान दिनु जरुरी हुन्छ, परीक्षा नजिक भएका बेला खानेकुराको छनोट ध्यान पुर्‍याएर गर्नुपर्छ । फास्टफुड तथा जंक फुडबाट टाढै रहनुपर्छ । यस्ता खानेकुराले एकाग्रता कम गर्छन् । विद्यार्थीले सन्तुलित खाना खानुपर्छ । तरल पदार्थ पर्याप्त सेवन गर्नुपर्छ । चिकित्सकहरूका अनुसार स्वस्थ खानाले स्मरण शक्ति बढाउनुका साथै शरीर पनि स्वस्थ राख्छ । घरमै बनाइएको स्वस्थ खाना खाए पढाइ पनि राम्रो हुन्छ । त्यसैले अभिभावकले अरू बेला भन्दा परीक्षाको समयमा बालबालिकाको खानपानमा विशेष ध्यान दिनुपर्छ । समय-समयमा खाना ख्वाउनुपर्छ । खानामा चिल्लोको प्रयोग कम तथा प्रोटिनको मात्रा बढी हुनुपर्छ । यसका अतिरिक्त थोरै-थोरै हलुका स्न्याक्स ख्वाइरहनुपर्छ । स्न्याक्सका रूपमा भुटेको चना, पपकर्न, पुवा आदि खान सकिन्छ ।

खानपान कस्तो हुनुपर्छ ?

दूध, दही एवं अण्डा प्रशस्त मात्रामा खानुपर्छ । नास्तामा घरमै बनाइएको पुरी, टोस्ट, पनिर, सलाद, महका साथ मौसमी फलफूल पनि खान सकिन्छ । फास्टफुड कम गर्नुपर्छ । फल, फलफूलको रस, कागती पानी तथा सुप पटक-पटक सेवन गर्नुपर्छ । चिया पिउने बानी भए हर्बल टी पिउन सकिन्छ । खाना छोडे एकाग्रतामा कमी आउँछ । रातको खाना हल्का रहनुपर्छ । राति दाल-रोटी, तरकारी खान सकिन्छ । उमारिएका गेडागुडी, सलाद, जुस, फलफूल तथा विभिन्न प्रकारका दाल आदिलाई आफ्नो नियमित खानामा समावेश गर्नुपर्छ ।

रिस कम गर्छ गुलियोले

गुलियो मन नपर्ने मानिस कमै होलान् । रातो राम्रो गुलियो मीठो भन्ने त उखानै छ । धेरैजसोले मीठो खाऊ मीठो बोल भन्छन् । अहिले आएर विज्ञानले पनि यो कुरा साबित गरिदिएको छ । लण्डन युनिभर्सिटीमा गरिएको एक शोधअनुसार गुलियोले दिमागलाई शान्त बनाउनुका साथै आक्रामक स्वभाव कम गर्न मद्दत पुर्‍याउँछ । मस्तिष्कको एक भागले निर्णय लिने तथा आक्रोशलाई नियन्त्रण गर्ने काम गर्छ । तनाव हुँदा मस्तिष्कले आक्रोशमाथि नियन्त्रण राख्न सक्दैन । यस्तो अवस्थामा गुलियोले मस्तिष्कको त्यो विशेष भागलाई सक्रिय बनाएर ऊर्जा दिन्छ । यसलाई परीक्षण गर्न शोधकर्ताले महिला तथा पुरुषको समूह बनाई चिनीयुक्त कागती पानी दिएका थिए । यस्तै अर्को समूहलाई कृत्रिम मिठासयुक्त कागती पानी दिइएको थियो । प्रतियोगीको व्यवहार तथा उनीहरूको शरीरमा रिस उत्पन्न गर्ने हार्मोनको स्तर जाँच गर्दा चिनीयुक्त कागती पानी पिउनेहरूको मस्तिष्क दोस्रो समूहको तुलनामा शान्त देखियो ।

 Image