Successfully Copied

पेटलाई बनाऔं सुगठित

गर्भावस्थामा पाठेघरको आकार ठूलो हुन्छ साथै यो अवस्थामा पाठेघर र तल्लो पेटमा रक्तसंचारको मात्रा बढी हुन्छ जसले गर्दा मलद्वारको रक्तनली

गर्भावस्थामा पाठेघरको आकार ठूलो हुन्छ साथै यो अवस्थामा पाठेघर र तल्लो पेटमा रक्तसंचारको मात्रा बढी हुन्छ जसले गर्दा मलद्वारको रक्तनली (भेन) मा धेरै रगत बग्नुका साथै त्यो जम्न पनि सक्छ । यस्तो अवस्थामा कब्जियत वा दिसा कडा हुनाले पाइल्सको जन्म हुन सक्छ ।

सही आकारका लागि

-    बढी मात्रामा खाना खानु वा खाना खानेबित्तिकै सुत्ने बानीका कारण पेट बाहिर निस्कन्छ । खाना खानेबित्तिकै सुत्ने बानी सुधार्नु जरुरी हुन्छ ।

-    धेरै फ्याट भएका खाद्यपदार्थ खानाले पेटको आकार बेडोल हुन पुग्छ । यस्तो खाना  राति खानु राम्रो हुँदैन ।

-    लामो समय पिसाब रोक्दा पनि पेट बेडोल हुन्छ ।

-    व्यायामपछि तिर्खा मेट्न बढी पानी पिउनु पनि पेटको आकार बिगार्नु हो । व्यायाम गरेको कमसेकम १५-२० मिनेटपछि मात्र पानी पिउनु उपयुक्त हुन्छ ।

-    कम्मर मुनिको पहिरन कसेर बाँध्दा पेट बाहिर निस्कदैन । नाभिमुनि लगाइने पहिरन कस्सिने गरी बाँध्नु हुँदैन ।

-    प्रत्येक दिन प्रात: भ्रमण गर्नुपर्छ । घुमफिर गर्दा सासभित्र तानेर पेटलाई पनि भित्र खिच्नुपर्छ भने व्यायाम पनि गर्नुपर्छ ।

-    भोजन गर्दा पानी पिउनु ठीक होइन । भोजन गरेको आधा घन्टापछि मनतातो पानी पिउन सकिन्छ ।

-    सातामा एकपटक पेटमा उबटन लगाएर स्नान गर्नुपर्छ । यसबाट पेटको छाला कसिलो हुन्छ ।

-    बस्ने मुद्रामा ध्यान पुर्‍याउनुपर्छ । अफिसमा बढी समय बस्नु छ भने आसन परिवर्तन गरिरहनुपर्छ ।

-    गर्भावस्थामा तेलले विस्तारै पेट मालिस गर्नुपर्छ । प्रसवपछि हल्का दबाब दिएर पेटलाई बाँधेर राख्नुपर्छ ।

-    सातामा एकपटक चिसो र तातो पानीले पेट सेक्नुपर्छ ।

पहिरन

-    पहिरन लगाउने शैलीमा केही परिवर्तन ल्याएर पनि ठूलो पेटलाई लुकाउन सकिन्छ ।

-    भर्टिकल लाइनिङ भएको पहिरन लगाउँदा पेट सानो देखिन्छ ।

-    बढ्दो पेटमा पातलो साडी बाँध्नु हुँदैन । त्यस्तो साडी भिज्दा पेट ठूलो देखिन्छ ।

-    सुट धेरै लुज वा टाइट हुनु हुँदैन ।

-    पेट ठूलो छ भने ब्लाउजको हुक वा बटन कसेर लगाउनु हुँदैन । यसबाट पेट अझ ठूलो देखिन्छ ।

-    लामो साडी लगाउनु पनि उपयुक्त हुँदैन ।

-    आफ्नो रंग-रूप हाइलाइट हुने पहिरन छनोट गर्नुपर्छ ।

 

 Image