Successfully Copied

दाँतमा हुने सिरिङ-सिरिङ

गर्मी महिनाको तुलनामा जाडो महिनामा धेरैजसोले दाँतमा चिसो र तातो अनुभव बढी गर्छन् ।

गर्मी महिनाको तुलनामा जाडो महिनामा धेरैजसोले दाँतमा चिसो र तातो अनुभव बढी गर्छन् । त्यसकारण दाँत सिरिङ-सिरिङ भएको अनुभव हुन्छ । सिरिङ-सिरिङ बढी मात्रामा भएको खण्डमा कुनै पेय पदार्थ खाँदा दाँत दुखेको वा अप्ठ्यारो भएको अनुभव हुन्छ । समयमै उपचार गराएको खण्डमा यो रोगबाट जोगिन सकिन्छ ।

साधारणतया चिसो वा तातो पेय पदार्थ खाँदा अथवा चिसो हावामा सास लिँदा यो समस्या देखा पर्छ । यस्ता पदार्थ सेवन गर्दा बढी पीडा हुन्छ भने तुरुन्त डेन्टिस्टकहाँ गएर जँचाउनुपर्छ किनभने कहिलेकाहीँ यो समस्यामा नसासमेत देखिएको हुनसक्छ । दाँतमा सिरिङ-सिरिङ तब सुरु हुन्छ जब हाम्रो दाँतको गिजा बिस्तारै सर्दै जान्छ । गिजाले दाँतमा सुरक्षा कवचको काम गरिरहेको हुन्छ जसले दाँतका जरालाई सुरक्षा दिइरहेको हुन्छ । जब गिजा सर्दै जान्छ तब दाँतका जराहरू सुरक्षित हुँदैनन् र त्यो एक्सपोज हुन्छ । ती एक्सपोज रुट टिप्समा स-साना छिद्र हुन्छन् जसको सम्पर्क दाँतको नसासित हुन्छ । जब तातो र चिसो पदार्थ ती छिद्रम्ाार्फत भित्र पस्छन् त्यसले नसालाई उत्साहित गर्छ अनि दाँत दुख्छ ।

दाँत सिरिङ-सिरिङ हुने अर्काे कारण दाँतको इनामेल खिइएर जानु हो । बढी जोडले दाँत माझ्दा पनि दाँतको इनामेल खिइन्छ र उक्त भागमा खाल्डो जस्तो बन्छ । त्यस्तो खाल्डोमा दाँतको दोस्रो तह देखिन्छ जुन तातो र चिसो सम्पर्कबाट उत्साहित हुन्छ र त्यसले दाँत सिरिङ-सिरिङ गराउँछ ।

दाँतमा हुने यस्ता समस्या समाधान गर्न निम्न विधि अपनाउन सकिन्छ :

अहिले बजारमा विभिन्न मञ्जन उपलब्ध छन् । मञ्जनमा पोटासियम नाइट्रेटजस्ता तत्वहरू हुन्छन् जसले सिरिङ-सिरिङका साथै पीडा र अप्ठ्यारो पनि कम गर्छन् । फ्लोराइडयुक्त माउथवासले पनि दाँत सिरिङ हुने समस्या कम गर्छ ।

बजारमा उपलब्ध टुथपेस्ट तथा माउथवासले पनि समस्या समाधान भएन भने डेन्टिस्टकहाँ गएर उपचार गराउनुपर्छ । दाँतको सेन्सिटिभिटी यस्तो समस्या हो जसले दैनिक क्रियाकलापमै असर पुर्‍याउँछ । यद्यपि सिरिङ-सिरिङ लाग्ने समस्या तथा

अप्ठ्यारोपनलाई सजिलै रोकथाम गर्न सकिन्छ र आफ्नो जीवनलाई सहज ढंगले अघि बढाउन सकिन्छ । इनामेल खिइएर यस्तो समस्या देखापरेको हो भने ब्रस गर्ने शैली परिवर्तन गर्नुपर्छ र सकेसम्म सफ्ट ब्रस प्रयोग गर्नुपर्छ ।

डा. रिना शाक्य, लुमन्ती डेन्टल क्लिनिक, पाटन ढोका

 Image