जन्मान्तर कति ?
महिलाको उमेर जति–जति बढ्छ त्यति नै अण्डको गुणस्तरमा कमी आउने हुँदा गर्भ रहन गाह्रो हुन्छ । गर्भ रहे पनि खेर जान सक्ने र आमामा पनि गर्भावस्थामा जटिलता थपिन सक्ने हुनसक्छ ।

स्वास्थ्य संस्थामा जन्मिएका शिशुलाई सरकारले सित्तैमा दुई जोर लुगा दिने व्यवस्था मिलाएको छ। मातृमृत्युदर एवं बालमृत्युदर घटाउन सरकारले स्वास्थ्य संस्थामा गई सुत्केरी हुने महिलाका लागि चालू आर्थिक वर्षबाट न्यानो झोला वितरण गर्न थालेपछि संस्थागत सुत्केरीदर बढेको परिवार स्वास्थ्य महाशाखाले जनाएको छ। न्यानो झोलामा सुत्केरी आमालाई एक सेट म्याक्सी राखिएको छ भने नवजात शिशुका लागि दुईवटा दौरा, दुईवटा भोटा, दुई जोर मोजा, दुईवटा टोपी, दुईवटा र्याले, शिशुलाई ओडाउने कपडा र सुताउने म्याट (सानो गद्दा) दिन राखिएको छ। नवजात शिशुको ज्यान बचाउन उक्त कार्यक्रम ल्याइएको स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखाकी निर्देशक डा. किरण रेग्मीले बताइन्। यो कार्यक्रम लागू भएपछि स्वास्थ्य संस्थामा आएर शिशु जन्माउनेहरूको संख्यामा वृद्धि भएको उनको भनाइ छ। यसले नवजात शिशुमा जाडो र फोहोरका कारण देखिने विभिन्न खालका संक्रमण पनि कम हुने दाबी डा. किरणको छ। वर्थिङ सेन्टरमा प्रसूति गराउने बानीको विकास गर्न यो कार्यक्रम तयार गरिएको परिवार स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक डा. सनीन्द्रराज उप्रेती बताउँछन्।
डिहाइड्रेसनका लागि दालचिनी
गर्मीमा पेट खराब हुनु आमसमस्या बनेको छ। पेटको वायु (अपान वायु) निष्कासन भएर डिहाइड्रेसनको खतरा बढ्छ। यस्तो अवस्थामा दालचिनी फाइदाजनक साबित हुन्छ। दालचिनीको चिया बनाएर पिउन सकिन्छ। दालचिनी एक किसिमको प्राकृतिक एस्टि्रजेन्ट हो। कम तातोपानीमा एक चम्चा दालचिनीको धूलो मिसाएर १० देखि १५ मिनेटसम्म भिजाएपछि फेरि त्यसलाई उमालेर पिउनु लाभदायक हुन्छ।
गाउँ-गाउँमा क्यान्सरका बिरामीको खोजी
चितवनको क्यान्सर अस्पताल तथा नेपाल अर्बुद रोग निवारण संस्था चितवनले गाउँ-गाउँमा क्यान्सरका रोगीको खोजी अभियान सुरु गरेका छन्। क्यान्सर रोगका विषयमा पर्याप्त जानकारी तथा चेतना नहुँदा धेरै कम बिरामी अस्पताल आउने गरेको पाइएपछि गाउँमै गएर क्यान्सर रोगको परीक्षण गरी रोगीको पहिचान गर्ने अभियान थालिएको अस्पतालले जनाएको छ।
इन्टरनेट सफिर्ङ अहितकर
अहिलेको डिजिटल युगमा कुनै पनि काम बिनाकम्प्युटर तथा बिनाइन्टरनेट गर्न सकिँदैन। एक अध्ययनअनुसार जुन इन्टरनेट, टेलिभिजन, भिडियो गेम तथा कम्प्युटरका साथ धेरै समय बिताउँछन् उनीहरू अधिक मात्रामा कामुक हुन्छन्। फलस्वरूप उनीहरूको अध्ययनका साथै आँखामा पनि असर पर्छ।
कस्ता हुन्छन् ओ ब्लड ग्रुपका मानिस ?
एक अध्ययनअनुसार ओ ब्लड ग्रुप भएका मानिस नेता बन्ने चाहना राख्छन्। जहिले पनि उनीहरू नयाँ कुराको सुरुवात गर्ने सोच राख्छन्। कुनै कुरा मन परे त्यसलाई प्राप्त नभएसम्म पछि लागिरहन्छन्। इमान्दार, जोसिलो तथा बलियो आत्मबल ओ ब्लड ग्रुपका मानिसको गुण हो भने अहंकारी, ईष्र्यालु तथा प्रतिस्पर्धी बन्ने स्वभाव उनीहरूको कमजोर पक्ष हो।