Successfully Copied

सिर्जनात्मक शिक्षाकी अगुवा

फेसन, इन्टेरियर र प्रारम्भिक बालशिक्षालाई संस्थागत रूप दिदै सिर्जनात्मक शिक्षाको नया अवधारणामा काम गरिरहेकी शैलजा अधिकारीको प्रेरणादायी कथा

समयले धेरै कुरा बदल्छ, तर समय बदल्न साहस गर्ने मानिस भने कम हुन्छन् । शैलजा अधिकारी त्यस्तै पात्र हुन्, जसले समाजले पत्याउन नसकेको एउटा विचारलाई सफल संस्थागत यात्रामा रूपान्तरण गरिन् ।
फेसन, इन्टेरियर र प्रारम्भिक बालशिक्षालाई सम्मानित र गुणस्तरीय शिक्षाका रूपमा स्थापित गर्न उनले गरेको संघर्ष आज नेपालमा सिर्जनात्मक शिक्षाको नया“ अध्याय बनेको छ । उनको यात्रा एक उद्यमीको सफलता मात्रै होइन, नया“ सोचमा विश्वास गर्ने अठोटको प्रेरणादायी कथा पनि हो ।
शैलजा आइइसी ग्रुपकी संस्थापक, प्रबन्ध निर्देशक तथा सिईओ हुन् । उनको सफलता अहिले हेर्दा लोभलाग्दो र चम्किलो देखिन्छ तर यस पछाडिका अ“ध्यारा दिन, अनगिन्ती चुनौतीका चाङ, दिग्दार र पट्यारलाग्दा क्षण, समाजले गर्ने अविश्वास उनलाई मात्र थााहा छ । कुनै समय टेलरिङ पेसालाई निश्चित जात र वर्गका मान्छेले मात्रै गर्ने काम भनेर हेय गरिन्थ्यो । फेसन डिजाइनिङ पनि पढाइ हुने विषय हो र ? भन्नेहरू आज यो शिक्षामा गर्व गर्न थालेका छन् । धेरैले आफ्ना छोराछोरीलाई यस्तै सीपमूलक शिक्षा पढाउन चाहन्छन् ।
२९ वर्षअघि आइइसी स्कुल अफ आर्ट एन्ड फेसन नेपालमा सुरु गर्दा चौतर्फी चुनौतीको घेराबन्दीमा परेको उनी सुनाउ“छिन् । ‘तर मलाई विश्वास थियो–सिर्जना मेटि“दैन, सिर्जनात्मक काम कहिल्यै हराउ“दैन,‘ उनी भन्छिन्, ‘मैले हार मानिन । फलस्वरूप आज आइइसी कलेज अफ आर्ट एन्ड फेसन, आइइसी स्कुल अफ एनालिस्टिक, युरो स्कुल, युरो किड्स नेपाल, द मेटाफर आदि शैक्षिक संस्था जन्मिएर हुर्किन सफल भए ।‘ यिनै शैक्षिक संस्थाले आज नेपालमा पृथक् र गुणस्तरीय शिक्षाका साथै सयौंलाई रोजगारी प्रदान गरिरहेका छन् ।
गोल्डेन गेट युनिभर्सिटी अमेरिकाबाट बिजनेस एडमिनिस्ट्रेसनमा विद्यावारिधि गर्दै गरेकी शैलजा शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय पुरस्कार, सम्मान र पदकद्वारा सम्मानित भइसकेकी छिन् । उनलाई न्यूयोर्क टाइम्सको म्यागेजिन सिरिजले आफ्नो कभर पृष्ठमा प्रस्तुत गरिसकेको छ भने नेपालमा प्रतिष्ठित पत्रपत्रिका र म्यागेजिनका मुखपृष्ठमा उनी फिचर भइसकेकी छिन् ।


बाल्यकाल र संस्कार
काठमाडौंको साधारण परिवारमा जन्मिएकी शैलजालाई बाल्यकालदेखि नै नया“ कुरा सिक्ने, नेतृत्व गर्ने, मानिसहरूस“ग घुलमिल भएर समूहमा काम गर्ने रुचि थियो । चुनौतीहरूबाट भाग्ने होइन समाधान खोज्ने सानैदेखिको बानीले आफूलाई कर्मठ र बलियो बनाएको हो भन्नेमा उनलाई विश्वास छ । भन्छिन्, ‘कठोर परिश्रम, इमान्दारिता र विनम्रता मेरा अभिभावकले सिकाएका संस्कार आज पनि मेरो जीवनका आधार हुन् । त्यही कुराले मलाई ठूलो सपना देख्न डराउन दिएन । म सधै विश्वास गर्थें, काम नगरेसम्म सपना पूरा हु“दैन ।‘
करियर सुरुवात
उनको करियर बैंकिङ क्षेत्रबाट सुरु भए पनि अन्ततः गन्तव्य भने शिक्षा नै थियो । ग्रिनलेज बैंक (हालको स्ट्यान्डर्ड चार्टड) शैलजाको करिअरको पहिलो खुड्किलो हो । त्यहा“ काम गर्दा आफूले सिकेको ‘शिक्षाले केवल एऊटा व्यक्तिको जीवन बदल्दैन, राष्ट्र बदल्ने शत्ति हुन्छ‘ भन्ने कुराले निकै छोएकाले शिक्षा क्षेत्र रोजेको उनी बताउ“छिन् । शिक्षा क्षेत्र प्रवेशपछि उनले बुझिन्, यदि बालबालिका र युवालाई सही शिक्षा, अवसर र वातावरण दिन सकियो भने उनीहरूले मुलुक परिवर्तन गर्न सक्छन् । ‘त्यसैले मैले केवल शैक्षिक संस्था मात्रै निर्माण गरिन“, नया“ अवसर, नया“ सोच र नया“ उद्योग निर्माण गर्ने प्रयत्न गरें,‘ शैलजा भन्छिन्, ‘नेपालमा सिर्जनात्मक शिक्षा स्थापना गर्नु, अन्तर्राष्ट्रिय अभ्यासहरू भिœयाउनु, उद्योग उन्मुख कार्यक्रम सुरु गर्नु, बाल्यकालीन शिक्षालाई फरक ढंगले अघि बढाउ“दै नया“ उचाइमा पुर्‍याउनु र अहिले एआइ इन्टिग्रेटेड तथा भविष्यका सीपहरूलाई शिक्षास“ग जोड्नु मेरो करियर यात्राका महत्वपूर्ण अध्याय रहे ।‘

व्यावसायिक यात्रा
राम्रो आम्दानीसहितको हु“दाखा“दाको जागिर छाडेर उनी लागिन्, नेपाल र नेपालीलाई योगदान पुर्‍याउने अभियानतर्फ अनि सुरु गरिन् आइइसी कलेज अफ आर्ट एन्ड फेसन । सन् १९९७ मा बागबजारको सानो कोठाबाट सुरु भएको यो ट्रेनिङ सेन्टर आज विशाल शैक्षिक संस्थाका रूपमा फैलिएको छ । आइइसी ब्रान्ड स्थापनाको पछाडि शैलजाको ठूलो त्याग, दृढता, आत्माविश्वास र लगन छ । उनी भन्छिन्, ‘त्यतिबेला मलाई धेरैले सोध्थे, फेसन पनि पढाइ हुन्छ र ? मलाई आफैंभित्र विश्वास थियो, एकदिन म पनि फेसन पढ्छु भन्न आउनेहरूको संख्या ठूलो हुनेछ । आज म गर्वका साथ भन्न सक्छु, नेपालका सयौं फेसन डिजाइनर, इन्टेरियर डिजाइनर, क्रियटिभ इन्टरप्रेनियर यही यात्राको हिस्सा बनेका छन् ।‘
त्यसपछि शैलजाले नेपालमै पहिलो पटक सम्मानित र जमेको भारतीय ब्रान्ड युरो किड्स नेपाल भिœयाइन् । उतिबेला अर्ली चाइल्डहुड एजुकेसनलाई उति महत्व दिइ“दैनथ्यो । तर शैलजालाई विश्वास थियो, जग बलियो बनाउन सुरुवाती सिकाइ उत्कृष्ट हुनुपर्छ । ‘नेपालमा नया“ र सिर्जनात्मक शिक्षा स्थापित गर्ने भोकले सन् २००८ मा युरो स्कुल स्थापना गरें । मेरो उद्देश्य राम्रो विद्यालय बनाउने मात्र नभएर त्यस्तो एउटा ठाउ“ जहा“ बालबालिका हरेक दिन आउने चाहना राखून्, आफूलाई सुरक्षित महसुस गरून्, सिकाइस“गै रमाएर विश्वव्यापी नागरिकका रूपमा आफूलाई हुर्काउ“दै अघि बढ्दै जाऊन्,‘ शिक्षामा आफू यतिविध्न केन्द्रित हुनुको भेद खोल्दै शैलजा भन्छिन्, ‘मलाई नेपालमा नया“ शैलीको शिक्षा फैलाउनु र स्थापित गर्नु थियो, जसले नेपाली छोराछोरीलाई विश्वव्यापी प्रतिस्पर्धाका लागि तयार पार्न सकोस् । आज केही हदसम्म त्यो पूरा भएको छ, किनभने आज युरो स्कुलमा अँइबी फिलोसोफी, इन्क्वायरी बेस्ड, एक्पेरियन्टल लर्निङ, स्टुडेन्ट एजेन्सी, लिडरसिप डेभलपमेन्ट, इनोभेसन, एआइ इन्टिग्रेसन, होलिस्टिक एजुकेसन, ग्लोबल माइन्डसेटलाई केन्द्रमा राखेर भविष्यका लागि विद्यार्थीलाई तयार पारिरहेका छौं । मलाई सधैं एउटै विश्वास रहिरह्यो, विद्यार्थीलाई परीक्षाका लागि मात्रै तयार पार्ने होइन, जीवनका लागि तयार पार्नुपर्छ ।‘

जीवनको उद्देश्य

नेपालमा बालबालिकाको प्रारम्भिक शिक्षालाई गम्भीरतापूर्वक लिनुपर्ने आवश्यकता भित्रैदेखि महसुस गरेकी शैलजाले उतिबेला शिक्षा बाल्यकालमै सुरु हुनुपर्छ भन्ने सिद्धान्तलाई पछ्याइन् । फेसन तथ इन्टेरियर शिक्षालाई नेपालमा सम्मानित शिक्षाका रूपमा स्थापित गर्न सफल भइन् । शिक्षा नै पहिलो खम्बा र खुड्किलो हो जसले मानव जीवनलाई सार्थक तुल्याई मुलुकमा ठूलो परिवर्तन ल्याउन सक्छ भन्ने उनको बुझाइकै कारण आज आइइसी र युरो किड्स तथा युरो स्कुलका सयौं विद्यार्थीले देश–विदेशमा नेपाल चिनाइरहेका छन् । ‘उतिबेलादेखि मेरो एउटै उद्देश्य रह्यो, मुलुकको हितका लागि दक्ष, क्षमतावान् र आत्मवश्वासी जनशक्ति तयार पार्ने,‘ उनी भन्छिन्, ‘जसमा म थोरबहुत सफल भएको ठानेकी छु, अझ धेरै गर्न बा“की छ । यो यात्रा निरन्तर छ ।‘

शिक्षा नै किन ?
धेरैले उनलाई सोध्छन्, किन शिक्षा ? भनेर । उनको उत्तर सधै एउटै हुन्छ, ‘शिक्षा यस्तो क्षेत्र हो, जहा“ एउटा विद्यार्थीको जीवन परिवर्तन हु“दा पूरै परिवार परिवर्तन हुन्छ । परिवार परिवर्तन हु“दा समाज परिवर्तन हुन्छ अनि समाज परिवर्तन हु“दा समग्र देश परिवर्तन हुन्छ ।‘ शिक्षा उनका लागि कुनै एक व्यवसाय मात्रै होइन, उद्देश्य हो । विद्यार्थीहरूको सफलता, आत्मविश्वास, मुस्कान र उपलब्धि नै आफ्नो सबैभन्दा ठूलो प्रेरणा ठान्छिन् उनी ।
नेपालको शिक्षा र आवश्यक परिवर्तन
नेपालको शैक्षिक क्षेत्र पछिल्ला वर्षहरूमा केही परिवर्तन भएको उनको भनाइ छ । तर अब घोकन्ते विद्याबाट बाहिर निस्किनुपर्नेमा पनि उनको जोड छ । अबको शिक्षा सकारात्मक हुनुपर्ने उनले बताइन् । भन्छिन्, ‘विद्यार्थीलाई अब असल मानव बन्ने आवश्यक शिक्षा प्रदान गरिनुपर्दछ । पाठ्यक्रमभन्दा सिकाइ, अनुभव र व्यावहारिक ज्ञान महत्वपूर्ण बन्नुपर्छ । विद्यालयले ज्ञान मात्रै होइन, आत्मविश्वास, असल चरित्र, क्षमता र दक्षता पनि निर्माण गर्नुपर्छ ।‘

चुनौती र सफलता
फेसन शिक्षा सुरु गर्दा कसैले उनलाई विश्वास नगरेका दिनहरू आज उनी सम्झिन्छिन् । युरो किड्स खोल्दा प्रि–स्कुलको आवश्यकता नै देखेनन् अनि इन्टेरियर डिजाइनिङको पढाइ हुन्छ भन्दा धेरैले पत्याएनन् । तर शैलजाले हरेक नया“ सोचस“गै चुनौती आउ“छ भनेर आफैंलाई सम्झाइन् । उनको जीवनको सिद्धान्त छ, यदि तपाईंको सपना चुनौतीपूर्ण छैन भने, त्यो पर्याप्त मात्रामा ठूलो छैन । उनी ‘चुनौतीहरू आए, असफलता पनि आए, आलोचना पनि आए तर मैले कहिल्यै आफ्नो सोच, मेहनत र निरन्तरता परिवर्तन गरिन । सफलताको रहस्य नै हार नमान्नु हो,‘ उनी भन्छिन् ।
उपलब्धि र योगदान
शैलजाका लागि सबैभन्दा ठूलो पुरस्कार र पदक नै हजारौं विद्यार्थीको सफलता हो । उनको आफ्नो सफलता तिनै विद्यार्थीहरुस“ग जोडिएको छ । आज उनका पूर्वविद्यार्थीहरू नेपाल र विश्वका विभिन्न मुलुकमा सफल फेसन डिजाइनर, इन्टेरियर डिजाइन, उद्यमी, वास्तुकार, शैक्षिक नेतृत्वकर्ता र सफल व्यावसायिक व्यक्ति कहलाएका छन् । शैलजालाई लाग्छ, यदि आफूले नेपालको शिक्षा क्षेत्रमा सानै भए पनि सकारात्मक परिवर्तन र परिणाम ल्याउन नसकेकी भए त्यो सायद सम्भव हुन्थ्यो–हु“दैनथ्यो भन्न सकि“दैन । ‘शिक्षा क्षेत्रलाई नया“ मोड दिन सक्नु र यसमा केही परिवर्तन ल्याउन सक्नु नै मेरो जीवनको योगदान हो जस्तो लाग्छ । तर मेरो सपना अझै पूरा भएको छैन,‘ शैलजा भन्छिन् । उनी अझै नेपाललाई सिर्जनात्मक शिक्षा, नवप्रवर्तन, विश्वव्यापी शिक्षा र भविष्यको तयारी गर्ने सिकाइ केन्द्र बनाउने यात्रामा छिन् । हिजोआज उनी आइइसी ग्रुपअन्तर्गतका विभिन्न शैक्षिक संस्थाको रणनीतिक विकास, गुणस्तरीय शिक्षा, अन्तर्राष्ट्रिय सहकार्य र भविष्यमुखी शिक्षामा केन्द्रित छिन् । विशेषगरी कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग, शिक्षक विकास, विश्वव्यापी साझेदारी र उद्योगमुखी शिक्षालाई अझ प्रभावकारी बनाउन काम भइरहेको छ । साथै, नेपालको शिक्षा क्षेत्रमा नया“ अवसरहरू सिर्जना गर्ने अभियानमा पनि सक्रिय छिन् । उनलाई विश्वास छ, शिक्षाले संसारलाई तुरुन्तै परिवर्तन त गर्न नसक्ला तर यसले मानिसलाई परिर्वतन गर्न सक्छ । ती मानिसहरूले नै संसार परिवर्तन गर्न सक्छन् ।

उपलब्धि र योगदान
शैलजाका लागि सबैभन्दा ठूलो पुरस्कार र पदक नै हजारौं विद्यार्थीको सफलता हो । उनको आफ्नो सफलता तिनै विद्यार्थीहरुस“ग जोडिएको छ । आज उनका पूर्वविद्यार्थीहरू नेपाल र विश्वका विभिन्न मुलुकमा सफल फेसन डिजाइनर, इन्टेरियर डिजाइन, उद्यमी, वास्तुकार, शैक्षिक नेतृत्वकर्ता र सफल व्यावसायिक व्यक्ति कहलाएका छन् । शैलजालाई लाग्छ, यदि आफूले नेपालको शिक्षा क्षेत्रमा सानै भए पनि सकारात्मक परिवर्तन र परिणाम ल्याउन नसकेकी भए त्यो सायद सम्भव हुन्थ्यो–हु“दैनथ्यो भन्न सकि“दैन । ‘शिक्षा क्षेत्रलाई नया“ मोड दिन सक्नु र यसमा केही परिवर्तन ल्याउन सक्नु नै मेरो जीवनको योगदान हो जस्तो लाग्छ । तर मेरो सपना अझै पूरा भएको छैन,‘ शैलजा भन्छिन् । उनी अझै नेपाललाई सिर्जनात्मक शिक्षा, नवप्रवर्तन, विश्वव्यापी शिक्षा र भविष्यको तयारी गर्ने सिकाइ केन्द्र बनाउने यात्रामा छिन् । हिजोआज उनी आइइसी ग्रुपअन्तर्गतका विभिन्न शैक्षिक संस्थाको रणनीतिक विकास, गुणस्तरीय शिक्षा, अन्तर्राष्ट्रिय सहकार्य र भविष्यमुखी शिक्षामा केन्द्रित छिन् । विशेषगरी कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग, शिक्षक विकास, विश्वव्यापी साझेदारी र उद्योगमुखी शिक्षालाई अझ प्रभावकारी बनाउन काम भइरहेको छ । साथै, नेपालको शिक्षा क्षेत्रमा नया“ अवसरहरू सिर्जना गर्ने अभियानमा पनि सक्रिय छिन् । उनलाई विश्वास छ, शिक्षाले संसारलाई तुरुन्तै परिवर्तन त गर्न नसक्ला तर यसले मानिसलाई परिर्वतन गर्न सक्छ । ती मानिसहरूले नै संसार परिवर्तन गर्न सक्छन् ।

मुलुकलाई आर्थिक योगदान
आफू जन्मिएको, हुर्किएको र जीवनयापन गरेको मुलुकप्रति प्रत्येक नागरिक जिम्मेवार हुनुपर्छ भन्ने शैलजाको धारणा छ । सकेसम्म समाज र देशलाई आ–आफ्नो क्षेत्रमार्फत सबैले योगदान पुर्‍याउनुपर्छ भन्ने सिद्धान्तकी पक्षधर हुन् उनी । आज उनले हा“केका संस्थाहरूले हजारौंलाई रोजगारी प्रदान गरिरहेका छन् भने मुलुकलाई भारी कर भुक्तानी गरिरहेका छन् ।
प्रत्यक्ष–अप्रत्यक्ष रूपमा आफ्ना संघसंस्थास“ग जोडिएर काम गरिरहेकाहरूको परिवार पालिनुमा उनी गर्व गर्छिन् । यति मात्रै नभएर उनले विभिन्न विदेशी शैक्षिकसंस्थाबाट सम्बन्ध ल्याएर नेपालमै अन्तराष्ट्रियस्तरको शिक्षा प्रदान गरिरहेकी छिन्, जसले लाखौं खर्चिएर त्यस्तै शिक्षा हासिल गर्न विदेश जाने विद्यार्थीको पैसा देशभित्रै राख्न सफल भएको छ । त्यही पैसा नेपालमै परिचालित भएको छ । ‘बाहिरबाट सरसरर्ती हेर्दा यो सामान्य देखिए पनि यो विषय गहन छ, यसको चुरो बुझ्न सक्यो भने मुलुकलाई हामीजस्ता नागरिकले पुर्‍याइरहेको आर्थिक लाभको पाटो छर्ल¨ हुन्छ,‘ उनी भन्छिन् ।

 Image