Successfully Copied

‘निर्भीक नारी’ पाँचौं संस्करण - महिला नेतृत्व र स्वतन्त्रतामाथि बहस

कान्तिपुर मिडिया ग्रुपको सहप्रकाशन नारी मासिकद्वारा आयोजना गरिएको ‘निर्भीक नारीः नेतृत्वमा नारी शक्ति’ नामक पाँचौं संस्करणको कार्यक्रम सम्पन्न झएको छ ।कार्यक्रममा महिला सशत्तीकरण, अदृश्य अवरोध, किशोरावस्थाका कुरा, स्वतन्क्रता लगायतका विषयमा बहस गरिएको थियो ।


कान्तिपुर मिडिया ग्रुपको सहप्रकाशन नारी मासिकद्वारा आयोजना गरिएको ‘निर्भीक नारीः नेतृत्वमा नारी शक्ति’ नामक पाँचौं संस्करणको कार्यक्रम सम्पन्न झएको छ । कार्यक्रmममा महिला सशत्तीकरण, अदृश्य अवरोध, किशोरावस्थाका कुरा, स्वतन्क्रता लगायतका विषयमा बहस गरिएको थियो । कार्यत्रमकी मुख्य वक्ता मानवअधिकार आयोगकी आयुत्त डा. लिली थापाले नेपालको इतिहासमा महिलाले भूमिका खेलेको उल्लेख गर्दै, योगमाया र भृकुटीको उदाहरण दिइन् उनले भनिन्, ‘लिच्छविकालदेखि गणतन्त्रसम्म महिला परिवर्तनकी संवाहक हुन् । उनीहरूको योगदान इतिहास र विश्वविद्यालयमा स्थान पाउनु पर्छ ।’ महिलाका विभिन्न विषय उजागर गर्न ‘निर्भीक नारी’ आयोजना गरिएको नारी मासिककी सम्पादक उपासना घिमिरेले बताइन् । विगतका संस्करणमा नारी समानता, समावेशीताबारे बहस गरिसकेको निर्भिक नारीको पाँचौ संस्करणमा महिलाहरुले भोगिरहेको अदृश्य अवरोध, महिला स्वतन्त्रता, कूटनीतिज्ञका कुरा देखि किशोरावस्थाका भावनालाई समेट्ने प्रयास गरेको उनले बताइन् । ‘अहिले पनि नेपाली महिलाहरुले सामाजिक, सांस्कृतिक जस्ता विभेद भोग्दै आएका छन् , अदृश्य अवरोध पनि यथावत छ,’ उनले भनिन्, ‘महिला सशक्तीकरणका लागि निर्भिक नारीले विविध पक्षहरुलाई उजागर गर्ने प्रयास गरेको छ । ’

अदृश्य अवरोध भित्र नारी नेतृत्व
पहिलो सत्र ‘अदृश्य अवरोध’ मा पूर्वमन्त्री तथा नेतृ रामकुमारी झाँक्री, पूर्वराजदूत दावा फुटी शेर्पा, कानुनविद् रोशनी पौड्याल र प्रशिक्षक रोजिना राउतले महिलाले समाजमा नेतृत्व लिन खोज्दा भोग्ने अदृश्य अवरोधका विषयमा कुरा उठाएका थिए । उनीहरूले समाज, परिवार, दल, र राज्यमा महिला नेतृत्वलाई अझै सहज रूपमा स्वीकार नगरेको बताउँदै, भोगेका पूर्वाग्रह र चुनौती साझा गरे । कार्यक्रममा बोल्दै नेतृ झाँक्रीले महिलाहरुका लागि समाजमा अदृश्य अवरोध कायमै नै रहेको बताइन् । ‘समाजमा अदृश्य अवरोध छ । किनभने छोरी भएर गरेको नेतृत्व स्वीकार गर्न हाम्रो समाज तयार छैन र राजनीतिमा आफ्नै साथीको विश्वास छैन,’ उनले भनिन्, ‘अब अदृश्य अवरोध कहाँ थिएन भन्ने कुरा आँखा चिम्लेर सोच्नुपर्ने अवस्था छ ।’ स्पेनका लागि नेपालकी पूर्वराजदूत दावा फुटी शेर्पाले राजदूतका रूपमा नियुक्त हुँदा अनुभव नभएका कारणले विभिन्न टिप्पणी सुन्नुपरेको बताइन् । उनले भनिन् ‘राजदूतका रूपमा नियुक्ति हुँदा कतिले मसँग अनुभव छैन भने,’ उनले भनिन् ‘मैले दुई वर्ष स्पेनमा काम गरेपछि केहीले अझै पनि मलाई यस्तो गरे अझै राम्रो हुन्थ्यो भनेर सुझाव दिए । यदि मेरो स्थानमा पुरुष भएको भए यस्ता टिप्पणी आउने थिएनन् ।’ आफ्नी आमाको संघर्षबाट प्रेरणा लिदै अगाडि बढेको बताइन् । अधिवक्ता एवं त्रिभुवन विश्वविद्यालयकी सहप्राध्यापक रोशनी महिलाले आफूमाथि भएको अन्यायविरुद्ध बोल्दा महिलामाथि नै दोष लगाउने गरिएको उनले सुनाइन् । देवयानी इन्टरनेसनलकी ट्रेनिङ र डेभलपमेन्ट प्रमुख रोजिना राउतले नेतृत्वमा महिलाको उपस्थिति अझै स्वीकार्ने अवस्था नभएको र पचाउन समेत नसकेको बताइन् । यस सत्र नारी मासिककी लक्ष्मी भण्डारीले सञ्चालन गरेकी थिइन् ।

 

किशोरावस्थाका कुरा- शिक्षा प्रणालीमा प्रश्न
दोस्रो सत्र ‘किशोरावस्थाका कुरामा’ सहभागी किशोरीहरूले शिक्षा प्रणालीप्रति असन्तुष्टि व्यक्त गरे एसईई परीक्षार्थी अफ्रोजा नसिमले ‘कण्ठशिक्षा प्रधान प्रणाली’को आलोचना गरिन् भने कक्षा ११ की रीति महर्जन र सिल्भिया सिन्जाली मगरले करिअर र लैंगिक विभेदबारे आफ्नो धारणा राखे । स्कन्द स्वाँरले सानैदेखि समावेशी वातावरणमा हुर्किदा भेदभाव घट्ने धारणा प्रस्तुत गरिन् । रितिले कार्यक्रममा बोल्दै भनिन् ‘एआईले सहयोग गरे पनि यसले मेरो सोच्ने र सिर्जनात्मक क्षमता घटाएको छ, ।’ सिल्भिया सिन्जाली मगरले नेपालमै बसेर काम गर्ने इच्छा व्यक्त गरिन् । स्नातक नेपालमै पढ्ने र स्नातकोत्तरका लागि विदेश जाने योजनामा रहेकी उनले भनिन्, ‘मास्टर्स विदेशमा पढेर अन्तर्राष्ट्रियस्तरको ज्ञान र अनुभव लिन चाहन्छु, तर पढाइपछि नेपालमै फर्किनेछु ।’ धुम्बाराही चिल्ड्रेन्स लाइब्रेरीकी संस्थापक स्कन्द स्वाँरले बालबालिकालाई सानैदेखि समावेशी वातावरणमा राख्दा विभेद नहुने बताइन् । ‘पुस्तकालयमा विभिन्न पृष्ठभूमिका बालबालिका आउँछन् । उनीहरू सँगै बसेर पढ्छन्, खेल्छन् । सानैदेखि सबैलाई समावेश गर्दा न तपाईंले अरूलाई विभेद गर्नुहुन्छ, न त आफैं विभेदको सिकार हुनुहुन्छ,’ उनले भनिन् ।


कुटनीतिज्ञको आँखामा नेपाल - महिलाहरुलाई अवसरमा विभेद
तेस्रो सत्रमा नेपालका लागि अस्ट्रेलियाली राजदूत लिन जोन्स्टन, संयुक्त राष्ट्रसंघ महिला (यूएन वुमन) की नेपाल प्रतिनिधि प्याट्रिसिया फर्नान्डेज, नेपालका लागि युरोपेली संघ (ईयू) की राजदूत भेरोनिक लोरेन्जो बीच अन्तरक्रिया भएको थियो । प्रतिनिधिहरूले नेपालमा महिलाको सहभागिता अझै कम रहेको, अवसरको अभाव, शिक्षा र घरेलु कामको बोझबारे धारणा राखे। यद्यपि छात्रवृत्ति, स्थानीय तहमा महिला नेतृत्व र अन्य केही क्षेत्रमा सकारात्मक प्रयास भइरहेको बताए । अस्ट्रेलियाली राजदूत लिन जोन्स्टनले नेपालमा शिक्षामा समान पहुाच नहुनु ठूलो चुनौती भएको बताइन् ।
‘अवसरको कमीले महिलालाई राजनीति, व्यापार वा सार्वजनिक ठाउँमा अगाडि आउन गाह्रो छ । राजनीतिक सहभागिता कम भएकाले महिलाले आफ्ना अधिकारका लागि लड्न प्रोत्साहन पाइरहेका छैनन्,’ उनले भनिन् ।संयुक्त राष्ट्रसंघ महिला (यूएन वुमन) की नेपाल प्रतिनिधि प्याट्रिसिया फर्नान्डेज प्याचेकोले बालविवाह, घरको काम र शिक्षामा कम पहुाचले महिलालाई अगाडि आउन नदिएको बताइन् । नेपालका लागि युरोपेली संघ (ईयू) की राजदूत भेरोनिक लोरेन्जो नेपालका महिलाले अझै पनि लैंगिक विभेद भोग्नुपरेको बताउँछिन् । ‘नेपालका महिला एकदमै भुइँबाट आएका हुन्छन् । उनीहरूले विभेद भोगेका हुन्छन् । शिक्षा नै महिला प्रगतिका लागि आधार बनेको छ । शिक्षाको पहुँचमा महिला सहभागिता बढेको छ । अहिले छात्राहरूले धेरै राम्रो पढाइ गरिरहेका छन्, जुन एउटा प्रगति हो,’ उनले भनिन् । उक्त सत्र पूर्व मिस नेपाल शृृंखला खतिवडाले सञ्चालन गरेकी थिइन् ।


‘स्वतन्त्रता मेरो खुशी’ आत्मस्वीकृति र अधिकारप्रतिको आवाज
वुमन लिड नेपालकी कार्यकारी निर्देशक हिमा विष्ट, ‘मिस ट्रान्स नेपाल २०२४’ विजेता अनमोल रानी राई, जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका ब्रान्ड म्यानेजर श्रीधा राज्यलक्ष्मी शाह र कन्टेन्ट क्रिएटर इष्टु कार्कीबीच छलफल भएको थियो । वक्ताहरुले शरीर प्रेम, यौनिकता, आत्मपहिचान, सम्पत्तिमा अधिकार र सामाजिक ट्रोलिङका बारेमा अनुभव सुनाए। उनीहरूले समाजले महिलाको शरीर र पहिचानमाथि बनाएका सााघुरा मान्यताविरुद्ध स्पष्ट रूपमा आवाज उठाएका थिए । हिमा विष्टले शरीरलाई माया गर्न आवश्यक रहेको बताइन्। ‘हामीसाग जीवनभर साथ रहने हाम्रो शरीर हो, त्यसैले यसलाई प्रेम गर्न जान्नुपर्छ’ उनले भनिन्, ‘शरीरमाथिको अधिकार पनि मानव अधिकारकै हिस्सा हो।’ हिमाका अनुसार हाम्रो समाजमा अझै पनि शरीरप्रतिको स्वीकृति दिने संस्कृति विकसित छैन ।
सन्तान जन्माउने वा नजन्माउने विषय महिलाको व्यक्तिगत चाहना हो भन्ने स्पष्ट पार्दै हिमा भन्छिन्, ‘यो व्यक्तिगत निर्णय हो, र अरूले त्यसमा हस्तक्षेप गर्नु हुादैन। हामी त अरूको शरीर देख्नेबित्तिकै टिप्पणी गर्न थाल्छौं—‘मोटाएको हो?’ तर म मोटाउा कि नमोटाउ, त्यो मेरो अधिकार हो।’ मिस ट्रान्स नेपाल २०२४ विजेता अनमोल रानी राईले यौनिक तथा अल्पसंख्यक समुदायको सुरक्षा र सम्मानका लागि नीतिगत सुधार आवश्यक रहेको बताइन्। अनमोलले यौनिक पहिचानबारे बुझ्ने क्रममा सहयोग नपाएको अनुभव सुनाइन् ।

अनमोलले सञ्चारमाध्यममा यौनिक तथा अल्पसंख्यक समुदायको सकारात्मक प्रतिनिधित्वको खााचो औंल्याइन् । जावलाखेल ग्रुप अफ इन्डस्ट्रीज की ब्रान्ड म्यानेजर श्रीधा राज्यलक्ष्मी शाहले आत्मस्वीकृति सबैभन्दा महत्वपूर्ण कुरा भएको बताइन् । ‘लेस्बियनको रूपमा आफूलाई स्वीकार गर्न र पहिचान गर्न समय लाग्यो, तर विवाहपछि आफौलाई चिन्न सकें त्यो नै मेरो जीवनको टर्निङ पोइन्ट बन्यो,’ उनले भनिन् । कन्टेन्ट क्रिएटर इष्टु कार्कीले समाजमा महिलाप्रति रहेको सााघुरो दृष्टिकोणफ्रति आक्रोश व्यत्त गरिन् । ‘धर्म र संस्कृतिको नाममा महिलालाई सीमा तोकिन्छ — के गर्न मिल्छ, के लगाउन मिल्दैन भन्ने सामाजिक सञ्जालमा महिला भएर बोल्दा ट्रोलको सिकार बन्नुपर्छ,’ उनले भनिन् । उनले छोरीहरूलाई सम्पत्तिमा विभेद हुने कुरा पनि उठाइन् । ‘महिलालाई स्वतन्त्रता र सम्पत्तिको अधिकारमा अझै पनि विभेद गरिन्छ। पितृसत्तात्मक सोच हावी छ, र महिलाको स्वतन्त्रता, पहिरन सबैप्रति व्यङ्ग्य गरिन्छ,’ इष्टुले स्पष्ट पारिन् ।

 Image