पब्लिक हेल्थमा स्नातक गर्दै थिइन्–सुयशा अधिकारी । पढाइका क्रममा थुप्रै कार्यक्रममा सहभागी भइन् । त्यसमा पनि धेरै त ऊनको लैंगिकतासम्बन्धी कार्यक्रम हुन्थ्यो । कार्यत्रममा पुग्दा महिला हिंसादेखि लैंगिक हिंसाका कुरा सुन्थिन् । उनलाई लाग्थ्यो–हिंसा के हो रु कसरी हुन्छ र कसरी बढिरहेको छ रु यही जिज्ञासाका साथ उनी त्रिभुवन विश्वविद्यालयमा लैंगिक अध्ययन ९जेन्डर स्टडिज० विषयमा स्नातकोत्तर गर्न पुगिन् । उनले भनिन्, ‘जेन्डरसम्बन्धी एकदमै जिज्ञासा थियो, यसको अवधारणागत रूपमा बुझ्नका लागि पनि यो विषय पढ्नमा रुचि बढेको हो ।’ पढ्दै जाँदा लैंगिकताका आयाम, स्वरूपदेखि यसको अवस्थालाई पनि नियालिन् र उनलाई थाहा भयो, सुनेको भन्दा त पढेको धेरै फरक रहेछ । पढाइको ज्ञानलाई उनी यतिबेला समाजमाझ छरिरहेकी छन् । उनको उद्देश्य छ, समतामूलक समाजको निर्माण गर्ने ।
विशेषगरी चिकित्सा क्षेत्रमा उपचारको मात्र कुरा गरिन्छ । उपचार बिरामीभन्दा बाहेक स्वास्थ्य क्षेत्रमा लैंगिक अवस्थाको विषयलाई उठान गर्न चाहिन्, सुरुचि श्रेष्ठले । बायोलोजी र पब्लिक हेल्थमा स्नातक सकेकी उनले पनि लैंगिक विषयलाई सामाजिक दृष्टिकोणबाट हेर्नका लागि यो विषय अध्ययन गर्न थालेको उनले बताइन् । पढाइका क्रममा उनलाई लागेको थियो, यो विषय फराकिलो हुन सकेको रहेनछ । हरेक व्यक्तिलाई आवश्यक पर्ने यो विषय साँघुरो रूपमा पुगेको उनको भनाइ छ । ‘लैंगिकताको विषय हरेक व्यक्तिलाई आवश्यक छ, जुन समाजदेखि विश्वविद्यालयले बुझाउन सकेको छैन,’ उनी भन्छिन् ।
उनले अध्ययन मात्रै गरेकी छैनन्, लैंगिकताको विषयमा थुप्रै अनुसन्धान पनि गरेकी छन् । उनको निष्कर्ष छ, यसलाई न्यूनीकरणका लागि पर्याप्त प्रयास भएको छैन । लैंगिक विषयमा प्राथमिकताका साथ अगाडि बढाउन नसकेको उनको भनाइ छ । यो विषय महिलाका लागि मात्रै हो र रु राजनीतिशास्त्र, समाजशास्त्र अध्ययन गरेकाले मात्र अध्ययन गर्ने हो भनेर कमजोर विषयका रूपमा बुझाइ रहेको उनी बताउँछिन् । भन्छिन्, ‘यो विषय महिलाका लागि मात्र आवश्यक रहेको भन्ने बुझाइ पितृसत्तात्मक सामाजिक चिन्तनका कारण हो ।’सन्जोक ठकुरीले लामो समय बालबालिका अधिकारका क्षेत्रमा काम गरे । ‘दाजुभाइ संस्था’ मार्फत भने उनी लैंगिक मुद्दा उठाउन थाले । लैंगिक विभेद र यो मुद्दासम्बन्धी जनचेतना जगाउँदै गर्दा पुरुषको बुझाइ कमजोर रहेको पाए उनले । लैंगिकतालाई पुरुषहरूले पनि बुझ्नुपर्छ र समाज परिवर्तन गर्नुपर्छ भन्ने सोचाइले यो विषयप्रति आफू आकर्षित भएको उनी बताउँछन् ।लैंगिक विषयमा स्नातकोत्तर सकेका उनले लैंगिकतालाई अवधारणागत रूपमा बुझ्न सफल भएको बताउँछन् ।
लैंगिकताको सामाजिक आन्दोलनमा रहेका उनका अनुसार नेपालमा यो विषयले प्राथमिकता कम पाएको छ । ‘नेपालमा लामो समयदेखि यो विषय पढाइ हुँदै आए पनि मुख्य विषयका रूपमा लिन पर्याप्त लगानी र विषयको ज्ञानको कमी छ, त्यसैले यो विषय अगाडि आउन सकेको छैन,’ उनी भन्छन् । लैंगिक विषयले न्यायोचित समाज निर्माणका लागि पहल गर्ने उनले अठोट लिएका छन् ।
पढाइ सुरु गर्दा उनको आलोचना पनि भयो । महिलाहरूको विषय किन अध्ययन गरेको, यसको भविष्य छैन, ज्ञानको दायरा बढाउँदैन भन्ने जस्ता आलोचना उनले सहनुपर्यो । उनका अनुसार यो विषय महिलाले मात्र पढ्ने विषयका रूपमा स्थापित गर्न खोजिएको छ । तर यसले उनको ज्ञानको दायरा मात्र बढाएको छैन, रोजगारीको अवसर पनि दिएको छ । रिसर्चका काम गर्न, आइएनजीओ, एनजीओ जस्ता क्षेत्रमा आबद्ध हुन यो विषयले मद्दत गर्ने उनी बताउँछन् ।
‘लैंगिक अध्ययन महिलामा मात्र सीमित छैन’
जमुना शिवाकोटी
त्रिवि उपप्राध्यापक तथा पूर्वप्रमुख, लैंगिक अध्ययन विभाग
नेपालमा लैंगिक विषय कहिलेदेखि पढाइ हुन थाल्यो ?
यसको सुरुवात पद्मकन्या बहुमुखी क्याम्पसबाट भएको हो । सन् १९९६ मा एक वर्षे विषयका रूपमा पढाइ सुरु भयो । कोर्सलाई विस्तारित गर्दै गृह विज्ञान तथा महिला अध्ययन केन्द्रीय विभागले सन् २००९ मा लैंगिक अध्ययन एमए तहको अध्ययनको थालनी गरेको हो । सन् १९९८ मा भने विद्यावारिधिको अध्ययन पनि सुरु भएको हो । सन् २०२१ देखि विभिन्न आंगिक तथा निजी कलेजले पनि चार वर्षे बिएको अध्यापन गराउँदै आएका छन् ।
लैंगिक विषय महिलाका लागि मात्र हो भन्ने भाष्य छ नि ?
सुरुवाती समयमा लैंगिक विषय महिलालाई लक्षित थियो । महिला विषयक अध्ययनले संसारलाई महिलाको दृष्टिकोणबाट हेर्ने र महिलाहरूलाई माक्र केन्द्रमा राख्छ । तर बदलिँदो समयत्रमसँगै यो विषय महिलाका लागि मात्र होइन यौनिक अल्पसंख्यक, पिछडिएका वर्गका लागि पनि आवश्यकताको महसुस हुन थालेको हो । अहिलेको अवस्थालाई हेर्दा यो विषय महिलामा मात्र सीमित छैन । पुरुष, यौनिक अल्पसंख्यकदेखि हरेक क्षेक्रका व्यत्तिमा यसको आकर्षण बढेको छ ।
अहिलेको युवापुस्ता यस विषयमा आकर्षण हुनुको कारण ?
युवाहरू नयाँ विषयमा उत्सुक देखिन्छन् । लैंगिक विषयलाई अवधारणागत रूपमा बुझ्न चाहन्छन् । युवाहरू समाज सुधारको संवाहक पनि हुन् । यस विषयले आफू सँगसँगै समाज बुझ्ने अवसर पनि प्रदान गर्छ । यस विषयको अध्ययनपछि रोजगारीका क्षेत्र सुनिश्चित हुनुले पनि अहिलेको पुस्ता यस विषयमा आकर्षित भएको पाइन्छ ।
यसको कोर्स सञ्चालनमा कस्ता समस्या छन् ?
लामो संघर्षपछि यो विषयले नेपालमा मान्यता पाएको हो । २०७६ सालबाट त त्रिभुवन विश्वविद्यालयको विभागीय मान्यता नै प्राप्त गर्यो । आवश्यक जनशक्तिको व्यवस्था, भौतिक संरचनाको अभाव यसका मुख्य चुनौती हुन् । हालसम्म पनि विभागको आफ्नै भवन छैन । अन्य क्याम्पस वा विभागसँगको सहकार्यमा अध्यापन गर्दै आएको छ । विद्यार्थीको खर्चबाट विभाग र अध्यापन हुनाले केही खर्चिलो हुन पुगेको छ
।
कोर्स र विषय
त्रिभुवन विश्वविद्यालयअन्तर्गत ४ वर्ष स्नातक र २ वर्ष स्नातकोत्तर अध्ययनको कोर्स पूरा गर्नुपर्छ । स्नातकमा अध्ययन गनुपर्ने मुख्य विषय
लैंगिक अवधारणा र सिद्धान्त ।
नारीवाद र पितृसत्ता ।
लैंगिक र विकास ।
लैंगिक उक्तरदायी कार्यत्रम व्यवस्थापन ।
स्नातकोत्तरमा अध्ययनका मुख्य विषय ।
लैंगिक सामाजिकीकरण ।
लैंगिक र आर्थिक विकास ।
नारीवाद, पित्तृसता ।
पुरुषत्व र स्त्रीत्वको अध्ययन ।
नारीवादी अनुसन्धान आदि विषय