Successfully Copied

महिला वैज्ञानिक- भाइरस नियाल्ने रेश्मा

अहिले उनी पाँच वर्षमुनिका बालबालिकामा हुने झाडापखालाको कारण खोजिरहेकी छन् ।


त्रिभुवन विश्वविद्यालय माइक्रोबायोलोजी केन्द्रीय विभागकी सहप्राध्यापक हुन्–रेश्मा तुलाधार । गत वर्ष उनले नास्टबाट महिला वैज्ञानिक अवार्ड पाइन् । उनी कोभिड भाइरसदेखि डेंगी भाइरसको अनुसन्धानमा सक्रिय छिन् । सहर वा उष्ण क्षेत्रमा हुने डेंगी संत्रमण जलवायु परिवर्तनका कारण उच्च पहाडदेखि हिमालसम्म पुगेको छ । यही तथ्यलाई नै उनले रोचक तरिकाले अध्ययन–अनुसन्धान गरिन् । तराई, पहाड र हिमाली भेगको हावापानीको तापक्रम र वर्षाको फेरबदलले डेंगी भेक्टर फैलावटमा असर पुर्‍याएको उनको निष्कर्ष थियो । डेंगी फैलनुमा फोहोर, घरवरपर पानी जम्नु मुख्य कारणहुन् ।

कोभिड महामारीको समयमा ऊनी सक्रिय रहिन् । व्यत्तिगत भन्दा समूहगत टेस्ट खर्च कम लाग्ने र संक्रमण पहिचान गर्न सहज हुने भएकाले समूहगत परीक्षणको प्रयास गरेको उनी बताउँछिन् । अहिले उनी पाँच वर्षमुनिका बालबालिकामा हुने झाडापखालाको कारण खोजिरहेकी छन् । ‘यो अहिले अनुसन्धानको क्रममा छ तर बालबालिकाको खानपान र सरसफाइ झाडापखालाको मुख्य कारण देखिएको छ,’ उनी भन्छिन्, ‘घरपालुवा जनावरका कारण पनि बालबालिकायसको सिकार भएका छन् ।बालबालिका कुकुरसँग खेल्छन्, रमाउँछन््, हात धुने कुरामा पनि ध्यान दिँदैनन् ।जनावरमा रहेका ब्याक्टेरियाका कारण पनिअसर गरिरहेको हुन्छ ।’ उनले प्राध्यापन क्षेत्रमै बिताएको २० वर्ष पुगिसकेको छ । आमाकै पदचाप पछ्याएर वैज्ञानिक बनेकामा उनलाई गर्व महसुस हुन्छ । आमा जोलोजीकी प्राध्यापक हुन् । आमाले पढेको देखेर नै आफूलाई विज्ञानप्रति मोह जागेको उनको भनाइ छ । अध्ययन गर्न र नयाँ पुस्तासँग काम गर्न रमाइलो मान्छिन् उनी । उनले त्रिभुवन विश्वविद्यालयबाट एमएससी र भारतबाट माइक्रो टेक्नोलोजीमा पिएचडी गरिन् । वैज्ञानिक खोज–अनुसन्धानका लागि आवश्यक उपकरणमा लगानी नहुँदा काममा अठ्यारा आइपर्ने उनको अनुभव छ ।‘आवश्यक उपकरण सबै विदेशबाट मगाउनुपर्छ । यहाँको नीति–नियम झन्झटिलो छ,’ उनी भन्छिन् । उनका अनुसार अनुसन्धानमामहिलालाई विश्वास गर्ने वातावरण बढ्दै गएको छ । जसका कारण उनीहरूआफ्नो दक्षतामा सफल भइरहेका छन् ।

 Image