Successfully Copied

पर्दापछाडिका हस्तीहरू

चलचित्र होस् वा म्युजिक भिडियो निर्माणमा होस नायक –नायिकासँगै प्राविधिक टिमहरूको पनि उत्तिकै सक्रियता हुन्छ । कस्ट्युम डिजाइन, हेयर स्टाइलिस्टदेखि सिनेमाटोग्राफरको भूमिका महत्वपर्ण हुन्छ । उनीहरू पर्दापछाडि गुमनाम रूपले काम गरिरहेका हुन्छन् ।




चलचित्र होस् वा म्युजिक भिडियो निर्माणमा होस्नायक–नायिकासँगै प्राविधिक टिमहरूको पनि उत्तिकै सक्रियता हुन्छ । कस्ट्युम डिजाइन, हेयर स्टाइलिस्टदेखि सिनेमाटोग्राफरको भूमिका महत्वपर्ण हुन्छ । उनीहरू पर्दापछाडि गुमनाम रूपले काम गरिरहेका हुन्छन् ।

कस्ट्युम डिजाइनर–एलेक्स वासुकला
फेसन डिजाइनिङको कोर्स गर्दै थिए, एलेक्स वासुकला । त्यतिबेला आफन्तको एक चलचित्रमा कस्ट्युम डिजाइनरको अफर आयो र उनले स्वीकार गरे । त्यसबेला न उनले पैसा खोजे न कुनै अरु कुरा । प्रोडक्सन हाउस आफैँ निर्माण गरेर काम गरे । उनलाई फेसनडिजाइनरले फिल्ममा पनि काम गर्न सकिन्छ भनेर अनुभव लिनु थियो । कोर्स पढ्दै डिजाइनरको काम गरिरहेका उनलाई अब फिल्मको पात्रअनुसार डे«स डिजाइन गर्नुपथ्र्याे । त्यसबेला उनले सबै काम आफै गरे । निर्देशक र निर्माता टिमसँगको छलफलपछि उनी आफ्नो योजना बनाउँछन् बजेटको कुरा हुन्छ अनि सुरु हुन्छ काम । उनले सुश्री, लप्पनछप्पन, को आफ्नो जस्ता चलचित्र गरी करिब एक दर्जन चलचित्रमा ड्रेस बनाइसकेका छन् । पहिलेको तुलनामा अहिले सहज छ काम गर्न । बजारमा नयाँ–नयाँ पहिरनका डिजाइन आइसकेका छन् त्यसलाई कसरी पात्रसँग मिलाउन सकिन्छ त्यसमा नै केन्द्रित हुन्छ । उनी भन्छन्, ‘हामीले चलचित्रमा मुख्य हेर्ने भनेको पात्र र त्यही अनुसार डे«स छनोट गर्नुपर्दछ ।’ उनलाई सामाजिकदेखि समसामयिक कथावस्तुमा आधारित चलचित्रमा काम गर्न सहज भएपनि ऐतिहासिक चलचित्रमा काम गर्न गाह्रो हुन्छ । ७० वर्ष अगाडिको चलचित्र निर्माण गर्नु छ भने त्यसमा पहिरन खोज्नेहो हुने उनी बताउँछन् । फेसन डिजाइनरमार्फत चलचित्र प्रवेश गरेर आफूलाई उनले स्थापित गराइसकेका छन् । चलचित्रमा पहिरनमा राम्रो लगानीको अवस्था सिर्जना हुँदै गएको उनको भनाइ छ । यसले गर्दा आम्दानी पनि राम्रो छ उनका अनुसार महिनाको तीन, चार लाखसम्म कमाउन थालेका छन् । राम्रो टिम परेमा काम गर्न सहज छ तर धेरै काम गर्ने पैसा नउठ्ने पनि हुन्छ । उनी भन्छन्, काम गर्ने क्रममा राम्रानराम्रा सबै टिमसँग काम हुन्छ यसले गर्दा कहिलेकाहीँ काम गरेको पैसा नउठ्ने समस्या पनि उत्तिकै हुन्छ । यस्तो अवस्थामा चलचित्र विकास बोर्डले सहयोग गर्ने उनी बताउँछन् । चलचित्रमा उनको जति मेहनत छ त्यति नै उनको नाम गुमनाम पनि छ नायक–नायिकाले लगाउने पहिरनले धेरै फरक पार्छ पहिरनको मात्र चर्चा हुन्छ हाम्रो चर्चा नहुँदा भने दुःख लाग्छ ।


हेयर स्टाइलिस्ट–गीता पौडेल

गीता पौडेललाई सानैदेखि मेकअप र केश सिंगार्नमा रुचि थियो । स्याङ्जाकी उनी फिल्मी खबरहरूले पनि उनलाई तानिरहन्थ्यो । आफ्नो इच्छाअनुसार काम गर्ने हुटहुटी पनि उनमा उत्तिकै थियो । एसएलसी दिएर उनी फिल्म क्षेत्रमै काम गर्न काठमाडौँ आइन् र भेटिन् गोपाल भुटानीलाई । भुटानीले सोधे नायिका बन्ने ? उनलाई नायिका बन्नु त थिएन तर फिल्म क्षेत्रमा केही गर्नु थियो । त्यसबेला फिल्म क्षेत्रमा नायक, मेकअपम्यानसम्म पनि पुरुषकै दबदबा थियो । २४ वर्ष अगाडिको कुरा हो यो । फिल्ममा काम गर्नका लागि नै उनले पार्लर सिक्न थालिन् । ‘फेरि तिम्रो याद आयो’ र चित्कारमा उनले हेयर ड्रेसरका रूपमा असिस्टेन्ट भएर काम गरिन् । यतिबेला उनले कामको अनुभव लिइसकेकी छन् केशको महत्व के रहेछ, लुक्सले के फरक पार्ने रहेछ भन्ने बुझिसकेकी छन् । पछि ‘हाम्रो जिन्दगानी’बाट भने हेयर ड्रेसरका रूपमा सोलो काम गर्न थालिन् । यही चलचित्रले उनलाई हेयर डे«सरका रूपमा परिचित गराइदियो । काम गर्न अहिलेजस्तो सहज थिएन । केशको डिजाइन गर्न धेरै समय लाग्थ्यो । अहिले भने विभिन्नमेसिनको प्रयोगले सहज बनाइदिएको उनी बताउँछिन् । उनले भनिन्, ‘पार्लरको सिकाइ र काम गरेको अनुभवले मलाई सोलो गर्न आत्मविश्वास बढिसकेको थियो ।’ कलाकारहरूको पात्र र कथाअनुसार उनले ओपन सर्ट हेयर स्टाइल, कर्ली हेयर, वम्सी हेयर, ब्लु ड्राईदेखि अहिले केराटिन स्टेट, हेयर स्टाइलको डिजाइन गर्दै आइरहेकी छन् । उनका अनुसार हेयर ड्रेसरका लागि दिमाग र हातको फोकस उत्तिकै महत्वपूर्ण हुन्छ । स्टयन्डबाई रहनुपर्दछ । हरेक पटक केश बनाउन आवश्यक हुन्छ, उनी भन्छिन् । उनले मुग्लान, गोर्खापल्टन, मेरो एउटा साथी छ,सानो संसार आदि चलचित्रमा काम गरिसकेकी छन् । हेयर ड्रेसरसँगै उनले हिरोइनको साथीको भूमिका पनि निभाइरहिन् । हिरोइनलाई ट्वाइलेट लैजान, छाता ओढाउनदेखि चप्पल बोक्नेसम्मका काम पनि गरिन् । पर्दापछाडि जति दुःख छ त्यति उचित पारिश्रमिक नरहेको उनको भनाइ छ । उनी भन्छिन्, न्यून पारिश्रमिकमा काम गर्न बाध्य हुने अवस्थालाई सम्बन्धित निकायले चासो राख्नु आवश्यक छ । ’


नीरज कँडेल सिनेमाटोग्राफर
उमेरले १४ वर्ष पुग्दै थिए नीरज कँडेल । चलचित्र क्षेत्रलाई नजिकबाट नियालिरहेका उनी मेकअप आर्टिस्टको असिस्टेन्टका रूपमा यो क्षेत्रमा प्रवेश गरे । असिस्टेन्टकै रूपमा उनले चलचित्र आफ्नो मान्छे औंठाछाप, आफ्नो मान्छेमा काम गरे । ०५९ सालमा आफ्नै लगानीमा चलचित्र बनाए ‘जीवन गोरेटो’ । यस चलचित्रबाट उनले मेकअप छोडेर डाइरेक्टरमा डेब्यु गरे । फिल्म बुझ्न र चिन्न उनी ओस्कार कलेज गए । मेकअपका सामान चलाउने उनका हातहरू अब क्यामेरामा चल्न थालिसकेका थिए । पहिलो चलचित्र उनले तामाङ चलचित्र खिचे यसले उनलाई आत्मविश्वास बढ्यो । त्यसपछि उनले ‘चपली हाइट’, लभ फरेबर, लुट कम्पनी सेकेन्ड खिचेका छन् । पहिलेको तुलनामा टेक्नोलोजीको विकास भएको हुदैनथ्यो राम्रा क्यामेरा नै थिएन । उनले चलचित्रमा ‘डाइरेक्सन अफ फोटोग्राफी’ को भूमिका निभाइरहेका छन् । उनीसँग लाइटम्यान, ग्राफिकदेखि, इलेट्रिसियन गरी करिब सात जनाको टिम हुन्छ । चलचित्र राम्रो बनाउने र खिच्ने कुरामा क्यामेराम्यान सचेत सँगैै जिम्मेवार पनि हुनुपर्ने उनी बताँउछन्। उनी भन्छन्, ‘लगानीकर्ताले लगानी गरेका हुन्छन् दृश्यहरूमा फोकस गर्दै दर्शकहरूलाई हलसम्म तान्न क्यामेराम्यान जिम्मेवार हुनुपर्छ ।’उनले फिल्डको मात्र होइनप्रोडक्सन हाउसको पनि काम गर्नुपर्छ । तर उचित पारिश्रमिक नभएको अवस्था रहेको उनको भनाइ छ । उनले निरन्तर काम गरिरहेका छन् सम्बन्ध राम्रो भएको सिनेमाटोग्राफरलाई काम पाउन समस्या नहुने तर सम्बन्ध नहुने हो भने राम्रो भएपनि काम पाउन समस्या भएको उनी बताउँछन् । सिनेमाटोग्राफर प्राविधिक रूपमा सुरक्षित साथै सीप सिक्ने वातावरण निर्माण नभएको उनको अनुभव छ । प्रविधिको सुरक्षाको ग्यारेन्टी भने कुनै तरिकाले हुन नसकेको उनी बताउँछन् ।

 Image