Successfully Copied

अनलाइनमा दुर्व्यवहार

अघिल्ला वर्षहरूको तुलनामा साइबर अपराधको ग्राफ आकासिँदो छ । चिन्तालाग्दो कुरा त के भने, यसमा महिला बढी पीडित छन् ।

घटना–१
काठमाडौंको भोटाहिटीस्थित साइबर ब्यूरोमा आफ्नो पुरानो ‘इमेल आइडी ब्लक’ गरिदिनुपर्यो भन्दै गत फागुनमा एउटा उजुरी पर्यो । १९ वर्षीया किशोरीलाई ‘ह्याकर’ ले पुरानो ‘इमेल’ मा रहेको तस्बिर उनको नयाँ ‘आइडी’ मा पठाउँदै बारम्बार सार्वजनिक गर्दिन्छु भन्दै धम्की दिएका थिए । ‘ह्याकर’ विदेशी नागरिक थिए ।
घटना–२
सत्र वर्षीया एक किशोरीले ‘फेसबुक’ चलाउने क्रममा आफ्नै नाम र तस्बिरसहितको ‘फेक आइडी’ देखिन् । ‘फेसबुक’ को ‘वाल’ मा उनको पुरानो तस्बिरसहित ‘यो केटी चरित्रहीन छ, कसैले बिहे नगर्नू’, जस्ता ‘स्टाटस’ लेख्दै दर्जनौं ‘पोस्ट अपलोड’ गरिएका थिए । एक युवकको नाम र तस्बिर प्रयोग गरी बनाइएको व्यक्तिको ‘आइडी’ पनि फेक थियो । उक्त ‘आइडी’ बाट चरित्र हत्या भएको भन्दै उजुरी लिएर ‘साइबर ब्युरो’ पुगिन् । उजुरीमा आफू लामो समयसम्म मानसिक रूपमा विचलित भएको ती किशोरीले उल्लेख गरेकी रहिछन् ।
घटना–३
छत्तीस वर्षीया महिला र एक पुरुषबीच ‘फेसबुक’ मा चिनजान भयो । सामान्य कुराकानी हुँदाहुँदै उनीहरूबीच घनिष्टता बढ्दै गयो । उनीहरू दुवै विवाहित थिए । ‘भर्चुअल’ कुराकानी बढ्दै गएपछि उनीहरूबीच गोप्य तस्बिर र भिडियो आदानप्रदान भयो । जब उनीहरूको सम्बन्धमा दरार आयो त्यो पुरुषले महिलाको तस्बिर र भिडियो सार्वजनिक गर्दिन्छु भन्दै ‘ब्ल्याकमेलिङ’ गर्न सुरु गयो । ती महिलाले पनि उनकी श्रीमतीलाई भनिदिने धम्की दिइन् । यो क्रम लामो समयसम्म चलिरह्यो । ती पुरुषसँग महिलाको भिडियो आफूसँग सुरक्षित रहेकाले उनको परिवारलाई पठाइदिने धम्की दिएपछि उनले केही रकम पनि पठाइदिइन् । त्यसपछि पनि ‘ब्ल्याकमेलिङ’ नरोकिएकाले उनी ‘साइबर ब्युरो’ मा उजुरी दिन पुगिन् । 


के हो अनलाइन दुर्व्यवहार  ?
‘इन्टरनेट’ को माध्ययबाट अन्य व्यक्तिलाई धम्काउनु, ‘ब्ल्याकमेलिङ’ गर्नु, प्रताडित गर्नु, अश्लील सामग्री वा सन्देश प्रेषित गर्नु आदि अनलाइन दुर्व्यवहार अन्तर्गत पर्छन् । सामाजिक सञ्जाल फेसबुक, ‘इस्ट्राग्राम’, ‘इमेल’, ‘ह्वाट्सएप’, ‘गेमिङ प्लेटफर्म’ को माध्यमबाट ‘ह्याकिङ’ गर्ने, इच्छाविपरीत व्यक्तिगत जानकारीहरू सार्वजनिक गर्नु ‘अनलाइन’ दुर्व्यवहार हो ।


तथ्यांकले के भन्छ ?
०७९ फागुन मध्यसम्म नेपाल प्रहरीको ‘साइबर ब्युरो’ मा दर्ता भएको उजुरीले हाम्र समाजको कुरूप तस्बिर छर्लङ हुन्छ । यहाँ दैनिक औसत ७० वटा उजुरी पर्छन् । योे दर कहालीलाग्दो छ । तथ्यांकअनुसार चार वर्षयता १५ हजार पाँच सय ७६ जनाले उजुरी दिएका छन् ।
अघिल्ला वर्षहरूको तुलनामा ‘साइबर’ अपराधको ‘ग्राफ’ आकासिँदो छ । चिन्तालाग्दो कुरा त के भने, यसमा महिला बढी पीडित छन् । वर्ष ०७६ ७७ मा झन्डै एक हजार दुई सय ४६ जना महिलाले उजुरी दिँदा पुरुष नौ सय ७३ जना थिए । यसैगरी,०७९ ८० को फागुनसम्ममा दुई हजार दुई सय ६७ जना महिला र एक हजार आठ सय ६० पुरुषले उजुरी दिइसकेका छन् ।
कुल ‘साइबर’ अपराधमा पर्ने मध्ये तीन प्रतिशत बालिका छन् । नेपाल प्रहरीको ‘साइबर ब्युरो’ का प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक पशुपतिकुमार रायका अनुसार पछिल्लो समय ‘अनलाइन’ बाट हुने दुव्र्यवहारको दर बढ्दै गएको देखिन्छ । ‘साइबर’सम्बन्धी उजुुरी परेको घटनालाई केलाउने हो भने सामाजिक सञ्जालले ‘आगोमा घिउ थप्ने’ काम गरिदिएको छ । सामाजिक सञ्जालको प्रयोगले बढ्दो उजुरीले पनि यसलाई थप पुष्टि गर्छ ।
महिलाहरू नै किन बढी दुव्र्यवहारको सिकारमा पर्छन् त ? महिलालाई नै किन ‘टार्गेट’ गरिन्छ ? समाजशास्त्री टीकाराम गौतमका अनुसार हाम्रो सामाजिक संरचनाले नै महिलालाई विभेद गरेको छ । उनी भन्छन्, ‘पुरुषको तुलनामा महिलाको नैतिक चरित्रमा बढी प्रश्न उठाउने गरिन्छ ।’


किन बढिरहेको छ ?
सामाजिक सञ्जालमा आधाभन्दा बढी युवती–महिला ‘अनलाइन’ दुव्र्यवहार वा उत्पीडनको सिकार भएको छिमेकी देश भारतले एउटा तथ्य सार्वजनिक गरेको छ । बालिका तथा महिला अधिकार र समानताका लागि क्रियाशील एक गैरसरकारी संस्थाले हालै गरेको सर्वेक्षणमा ‘अनलाइन’ दुव्र्यवहारकै कारण सामाजिक सञ्जाल प्रयोग गर्न छाडेको तथ्य पनि उल्लेख छ । त्यसैगरी, ‘प्लान इन्टरनेसनल’ ले भारत, ब्राजिल, नाइजेरिया, स्पेन, अमेरिकासहित २२ देशका १५ देखि २५ वर्ष उमेर समूहका १४ हजार युवतीमा गरेको सर्वेक्षणले पनि ५८ प्रतिशतभन्दा बढी ‘अनलाइन’ दुव्र्यवहारको सिकार भएको देखाएको छ ।
‘साइबर’ सुरक्षाविद् विवेक रानाका अनुसार ‘साइबर’ सचेतनाको कमी हुनु र साक्षरता नहुनु यसको प्रमुख कारण हो । उनी भन्छन्, ‘अपराधदेखि हिंसा हुनुमा कडा कानुन र प्रभावकारी नीति बन्न नसक्नु पनि अर्को कारण हो ।’


कस्तो प्रभाव पार्छ ?
सामाजिक सञ्जालको कारण भइरहेका दुव्र्यवहारका घटना त सतहमा देखिन्छन् । यसको नदेखिने पाटो पनि उत्तिकै कुरूप छ । पछिल्लो समय अभिभावक सामाजिक सञ्जालमा यति लिप्त छन् कि आफ्ना सन्तानले सामाजिक सञ्जालमा कति समय बिताउँछन्, उनीहरू के चलाइरहेका छन् भन्ने सामान्य जानकारी समेत राख्दैनन् । फलस्वरूप उनीहरू यो दलदलमा फस्दै जाने र उनीहरूको भविष्य नै संकटमा पर्ने मनोपरामर्शदाताहरू बताउँछन् ।
बढ्दो सामाजिक सञ्जालको प्रयोगको अर्को भयानक पक्ष भनेको महिलाहरू असुरक्षित बन्दै गएका छन् । जतिजति प्रविधिसँग नजिक हुँदैछौं त्यति नै दुव्र्यवहारमा फसिरहेको तथ्यांकले प्रस्ट पारेको छ । ‘यसलाई नकार्न सकिँदैन’ टीकाराम भन्छन्, ‘यसको प्रमुख कारण भनेको सामाजिक सञ्जालको सदुपयोग गर्ने भन्दा पनि दुरुपयोग बढेर हो ।’ यसले समाजमा धेरै खालको प्रभाव पार्ने उल्लेख गर्दै उनी थप्छन्, ‘अभिभावक र छोराछोरी, श्रीमान्–श्रीमती, साथीभाइ, आफन्त सबैसँगको भावनात्मक सम्बन्ध संकटमा परेको छ ।’ यसले मानसिक स्वास्थ्यमा असर गर्ने, गलत बानीको विकास हुने, नकारात्मक सोचको विकास हुने, समाजमा विकृति फैलाउने जस्ता प्रभाव पार्ने उनको भनाइ छ ।


यसको समाधान के त ?
‘साइबर ब्युरो’ का प्रवक्ता पशुपतिका अनुसार सामाजिक सञ्जालको प्रयोग गर्दा सावधानी अपनाउनुपर्छ । उनी भन्छन्, ‘नचिनेका मानिससँग मित्रता गाँस्नुहुँदैन र आफ्नो सम्पूर्ण विवरण सार्वजनिक गर्नुहुँदैन ।’ हरेक नागरिक आफैं सचेत हुनुपर्छ र यसको प्रयोग संयमित भएर गर्नुपर्छ । पछिल्लो समय बालबालिकासँग हुने दुव्र्यवहार पनि बढेकाले अभिभावक सचेत हुनुपर्ने उनी बताउ“छन् ।
मनोचिकित्सक डा. वासु कार्की यसमा सहमत हुँदै भन्छन्, ‘सामाजिक सञ्जालको प्रयोग अनिवार्य भइसकेकाले यसको प्रयोग व्यवस्थित र मर्यादित गर्नुपर्छ ।’ उनका अनुसार आफ्नो स्वतन्त्रता उपभोग गर्दा सधै सचेत हुनुपर्छ ।





‘हाम्रो सामजिक संरचना नै विभेदपूर्ण’
टीकाराम गौतम, समाजशास्त्री
हाम्रो सामाजिक संरचना र सामजिक मूल्य–मान्यताका कारण नै महिलालाई दबाउने, कमजोर ठान्ने र धेरै पुरुषको पक्षमा छ । पुरुषले महिलालाई तल पार्ने र महिलाले समेत महिलालाई नै होच्याउने कारण पनि उनीहरू बढी पीडित देखिन्छन् । उनीहरूको नैतिक चरित्रमा प्रश्न उठाउने गरिएको छ । पछिल्लो समय बढेको ‘अनलाइन’ दुव्र्यवहारले महिलालाई प्रत्यक्ष र अप्रत्यक्ष दुवै खाले प्रभाव पारेको देख्न सकिन्छ । हाम्रो समाजले महिलालाई नै गलत देख्ने भएकाले पनि यस्ता घटनाहरू थप मौलाएका छन् । उनीहरूलाई महिला भएकै कारण फरक खालको व्यवहार गरिन्छ । ‘अनलाइन’ दुव्र्यवहारले महिलाहरूलाई मानसिक आघात पुर्याउँछ । महिला स्वस्थ नहु“दा उनको पारिवारिक सम्बन्ध बिग्रन्छ । हरेक परिवारमा महिला केन्द्रित हुन्छन् । जसले गर्दा उनीहरूको ‘करियर’ मा असर पर्छ । विवाहित महिलाको वैवाहिक सम्बन्ध नै धरापमा पर्न सक्छ । सम्बन्धविच्छेदसम्म पुग्न सक्छ । यस्ता नकारात्मक विषयलाई सामाजिक सञ्जालले प्राथमिकता दिएको छ । यसले सामान्य घटनालाई पनि ठूलो बनाएरसमाजमा विकृति फैलाउ“दै गएको छ ।

‘दैनिक सत्तरी उजुरी’
पशुपति कुमार राय, प्रवक्ता तथा सूचना अधिकारी, साइबर ब्युरो
ब्युरोमा दैनिक ७० वटा जति उजुरी पर्ने गरेका छन् । जसमध्ये धेरैजसो ‘फेक एकाउन्ट’ बन्द गर्ने, ‘कन्टेन्ट’ हटाउने, ‘आइडेन्टी थेप्ट’, ‘ब्ल्याकमेलिङ’, ‘अनलाइन’ ठगीसम्बन्धी उजुरी धेरै पर्छन् । पछिल्लो समय ‘अनलाइन गेम’ मार्फत चिनजान भई सामाजिक सञ्जालमा जोडिने र दुव्र्यवहारमा पर्ने जस्ता उजुरीहरू पनि पर्ने गरेका छन् । ‘अनलाइन’ बाट चिनजान भएर बलात्कारका घटना भएका उदाहरण पनि छन् । महिलाहरूको मामिलामा धेरै चरित्र हत्या गर्ने र ‘ब्ल्याकमेल’ गर्ने भेटिन्छन् । यस्तो घटना मौलाउनुको कारण हामीमा सकारात्मक सोचको विकास नहुनु हो । हाम्रो समाज नै नकारात्मकतिर गइरहेको छ । सामाजिक सञ्जालमा सकारात्मक भन्दा नकारात्मक विषय ‘भाइरल’ भएका हुन्छन् । यसमा प्रविधिसम्बन्धी ज्ञानको अभाव पनि अर्को कारण हो । ‘साइबर’सम्बन्धी घटनालाई पूर्णरूपमा रोक्न त सकिँदैन तर कम गर्न सकिन्छ ।
उजुरी आइसकेपछि हामी पहिला प्रमाण जुटाउने प्रयास गर्छौं । नेपालमा चलिरहेका जति पनि सामाजिक सञ्जालका ‘एप’ छन्, सबै विदेशमा छन् । उजुरी परिसकेपछि हामी त्यस कम्पनीमा जानकारी गराउँछौं । हाम्रो कानुनअनुसार अपराध देखिए पनि उनीहरूको कानुनले त्यसलाई अपराध नमान्न पनि सक्छ । त्यसकारण अपराध प्रमाणित गर्नलाई बढी समय लाग्छ ।

पाठ्यक्रममा समावेश
बाबुराम ढुंगाना
प्रवक्ता, पाठ्यक्रम विकास केन्द्र
‘साइबर’ सुरक्षालाई विशेष महत्वका साथ पाठ्यक्रममा समावेश गरिएको छ । यो विषय यस वर्षदेखि पाठ्यक्रममा समावेश भइसकेको छ । कक्षा आठ देखि १० सम्मको पाठ्यक्रममा विशेष स्थान दिएर समेटिएको छ । यसअघि सामाजिक विषयमा ‘साइबर’ सुरक्षाको फाइदा÷बेफाइदाबारे मात्र समावेश थियो । यो अपराधलाई पाठ्यक्रममा समावेश गर्नुपर्ने आवाज बारम्बार उठिरहेको थियो । प्रविधिको बढ्दो प्रयोगसँगै यो अपराधमा पनि वृद्धि हुँदै गएको अवस्थामा यी घटनाहरूलाई विद्यालयस्तरबाटै चेतना फैलाउँदै न्यूनीकरण गर्न सकिन्छ भन्ने उद्देश्यले पाठ्यक्रममा समावेश गरिएको हो । नयाँ पाठ्यक्रममा ‘साइबर’ कानुन, ‘साइबर’ अपराध, कम्प्युटर आचारसंहिता र ‘इन्टरनेट’ को सुरक्षाबारे विद्यार्थीहरूलाई छलफल र जानकारी दिने प्रयास गरिएको छ ।

‘मानसिक स्वास्थ्यप्रति सचेतनाको कमी’
डा. वासु कार्की
मनोचिकित्सक, पाटन अस्पताल
‘अनलाइन’ दुव्र्यवहारको कारण मानसिक रूपमा विचलित भई परामर्श लिने वा उपचार गराउन आउनेको संख्या दर कस्तो छ ?
यस्ता दुव्र्यवहारमा परेर परामर्श लिन आउनेको संख्या एकदमै न्यून छ । यस्तोमा पीडित मानसिक रूपमा विचलित भए पनि कानुनी उपचार खोज्नतिर लाग्छन् । हाम्रो समाज नै नरात्मकतातिर गइरहेको छ । पीडितमा पनि प्रतिशोधको भावना देखिन्छ । यस्ता समस्याले उनीहरू कठिन अवस्थाबाट गुज्रिरहेका हुन्छन् । उनीहरूको मनलाई विचलित बनाउ“छ, दैनिक जीवनमा असर पार्छ । त्यसका लागि परामर्श आवश्यक हुन्छ । पीडितले न्यान पाउनु नै ठूलो कुरा हो भन्ने आम बुझाइ छ । हो, त्यो पनि सही हो तर त्यो स“गै उनीहरूको मानसिक स्वास्थ्य ठीक हुनु पनि त्यत्तिकै जरुरी हुन्छ । हामीमा अझै मानसिक स्वास्थ्यप्रति सचेतना कम छ । यस्तोमा पीडितलाई परामर्शको आवश्यकता पर्नसक्छ । जसबाट पर्ने प्रभाव कम गर्न सकिन्छ । यस्तो दुव्र्यवहारमा पीडितलाई मात्र होइन, पीडकलाई पनि मनोपरामर्शको आवश्यकता पर्छ ।
यस्ता घटनाले महिलाको जीवनमा कस्तो असर गरेको छ ?
हाम्रँे मानसिक स्वास्थ्यमा व्यक्तिको मनमात्र होइन, यसमा हाम्रो सामजिक परम्परा, संस्कार, सामाजिक मूल्य–मान्यता सबै जोडिएका हुन्छन् । त्यसैले यसलाई मनोसामाजिक असर भनिन्छ । यस्ता घटनाहरुमा महिलाको मात्र बेइज्जत हुने, त्यही घटनामा पुरुषले सफाइ पाउने भएकाले यसको प्रत्यक्ष असर महिलामा बढी परेको देखिन्छ । यसको असर ऊ कस्तो समाजमा हुर्केको छ ?, परिवार र समाज कस्तो छ ?, समाजको परम्परा, संस्कारअनुसार यसको असर फरक–फरक हुनसक्छ । यसको प्रभाव बहुआयामिक छ । महिलाले त्यो घटनालाई कस्तो प्रतिक्रिया दिन्छिन्, यस्ता समस्यालाई समाधान गर्न सक्ने शक्ति उनमा कत्तिको छ, कत्तिको परिपक्व छिन्, कसरी व्यवस्थापन गर्न सक्छिन्, उनमा सोहीअनुसारको मानसिक असर देखिन सक्छ ।
कुल आत्महत्या हुनेमा ९०–९५ प्रतिशत मानसिक रोगस“ग जोडिएको तथ्यांकले देखाउ“छ । मनलाई विचलित बनाउने, सम्बन्धलाई अस्थिर बनाउने कुरा त छ“दैछ ।
यसको समाधान के हो त ?
अहिलेको समाज प्रविधिस“ग अभ्यस्त भइसकेको छ। त्यसैले पूर्णरूपमा निषेध गर्न सकि“दैन तर यस्ता घटनालाई कम गर्न भने सकिन्छ । यसलाई व्यवस्थित र मर्यादित भएर चलाउनुपर्छ । अहिले सामजिक सञ्जालको प्रयोग अनिवार्य भइसकेको छ । त्यसैले यसको प्रयोग संयमित भएर गर्नुपर्छ । आफ्नो स्वतन्त्रता उपभोग गर्दा सधैं सचेत हुनुपर्छ । यसमा अभिभावकको भूमिका पनि महत्वपूर्ण हुन्छ । आफ्ना बालबालिकालाई यसको फाइदा तथा बेफाइदाको बारेमा सिकाउनुपर्छ । परिवार आफै पनि सचेत रहुनपर्छ ।

‘नीति फितलो’
विवेक राणा, साइबर सुरक्षाविद्
‘साइबर’ अपराधलाई ‘डिजिटल ह्याकिङ’ का रूपमा बुझ्ने गरिएको छ । तर ‘ह्याकिङ’ ‘डिजिटल’ मा मात्र होइन हरेक क्षेत्रमा हुने गरेको छ । नेपालमा ‘साइबर’ सुरक्षाका घटनाहरू बढिरहेका छन् । तथ्यांकमा देखिएका घटनाहरूलाई मात्र हामीले हेर्ने गरेका छौं । तर तथ्यांकमा नभएका हिंसाहरु पनि घटिरहेका छन् । बैंक ह्याक गर्ने, अनलाइन ह्याक गर्नेदेखि लिएर लैंगिक विभेदसम्म हुने गरेको छ । साइबर सचेतनाको कमी हुनु र साक्षरता नहुनुबीचको ‘ग्याप’ हो । ‘अनलाइन’ दुव्र्यवहार लैंगिक रूपमा कुन अनुपातमा भइरहेको छ भनेर ठ्याक्कै भन्न सक्ने अवस्था छैन । तर डिजिटल प्लेटफर्म लैंगिक हिंसा गर्ने माध्यमका रूपमा अघि बढ्दै गएको छ । हरेक क्षेत्रमा अपराधदेखि हिंसा हुनुमा कडा कानुन र प्रभावकारी नीति बन्न नसक्नु हो । नेपालमा साइबर अपराधको नीति नियम त बनेका छन् तर कार्यान्वयन पक्षमा फितलो छ । यही विषयलाई सरोकारवालाहरूले प्र्राविधिक पाटो भनेर छाड्ने गरेका छन् । सरोकारवालादेखि न्याय दिने न्यायाधीशसम्मले यो विषयलाई गम्भीर रूपमा लिन सकेका छैनन् । सरकारी कार्यालयदेखि अन्य क्षेत्रमासमेत ‘अनलाइन सिस्टम’ को प्रयोग पनि बढ्दै गएको छ । तर सरल तरिकाले आमनागरिकको पहु“चसम्म पुग्न सकेको छैन । यसका लागि बजेट पनि प्रशस्त छ तर छुट्याइएको बजेटको पनि सदुपयोग हुन सकेको छैन । यसकारण ‘साइबर’ अपराध सुरक्षाका लागि सम्बन्धित निकाय जिम्मेवार हुनु आवश्यक छ । 

लोकेन्द्र ओली, अधिवक्ता
विद्युतीय (साइबर) अपराध के हो ?
गैरकानुनी रूपमा ‘इन्टरनेट’ र कम्प्युटरको सहायताले हुने आपराधिक कार्यलाई विद्युतीय (साइबर) अपराध (कसूर) भनिन्छ । यसमा ‘इन्टरनेट’, कम्प्युटर, कम्प्युटर ‘नेटवर्क’ जस्ताउपकरणबाट आपराधिक काम हुन्छन् । कम्प्युटर, ‘इन्टरनेट’ लगायतका विद्युतीय सञ्चार माध्यमबाट सार्वजनिक रूपमा नैतिकता, शिष्टाचारविरुद्धका सामग्री प्रकाशन, प्रदर्शन गरे वा महिलालाई जिस्क्याउने, हैरानी पार्ने, अपमान गर्ने जस्ता गतिविधि पनि विद्युतीय कसूर हुन् । यी सबैलाई विद्युतीय कारोबार ऐन २०६३ ले नियन्त्रण गरेको छ । नेपालमा कम्प्युटरका साथै ‘इन्टरनेट’जन्य कसूरलाई नियन्त्रण गर्न यो ऐन प्रचलनमा ल्याइएको हो ।
कसूर कसरी हुन्छ ?
कम्प्युटर, ‘इन्टरनेट’, कम्प्युटर ‘नेटवर्क’, ‘सफ्टवेयर’ आदिको सहायतले विद्यतुीय कसूर हुन्छ । आपराधिक मनसायले आफूलाई फाइदा र अरुलाई हानि पु¥याउने दूषित भावले प्रविधिको माध्यमबाट यस किमिको आपराधिक कार्य हुन्छ । यसलाई प्रविधिको कसूरसमेत भन्ने गरिन्छ ।
कस्ता प्रकृतिका हुन्छन्?
यो एउटा फौजदारी कसूर हो, यसलाई राज्य विरुद्धको कसूर पनि भनिन्छ । राज्यले नगर्नु भनेको कार्य गर्नु नै राज्यविरुद्धको कसूर हो । ‘इन्टरनेट’, ‘इन्टरनेट नेटवर्क’ तथा कम्प्युटरबाट यस प्रकृतिका कसूर हुने हुँदा यसमा मुद्दा परिसकेपछि मिलापत्र हुँदैन । यस्तो प्रकृतिको कसूर भएमा प्रहरी कार्यालयमा जाहेरी दिएपछि प्रहरीले अनुसन्धान गरेर सरकारी वकिलमार्फत जिल्ला अदालतमा मुद्दा दर्ता गरेपछि यसको पक्ष नेपाल सरकार हुन्छ ।
नेपालमा भएको कानुनी व्यवस्था
–विद्युतीय कसूर गरेको ठहर भए विद्युतीय कारोबार ऐनअन्तर्गत कैदका साथै जरिवाना हुने व्यवस्था छ ।
–कम्प्युटरको स्रोत÷संकेत चोरी, नष्ट वा परिवर्तन गर्नेलाई तीन वर्षसम्म कैद र दुई लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । कुनै कम्प्युटर, कम्प्युटर कार्यक्रम, कम्प्युटर प्रणाली वा कम्प्युटर ‘नेटवर्क’ का लागि प्रयोग हुने स्रोतको संकेत जानीजानी चोरी गरेमा, नष्ट गरेमा वा परिवर्तन गरेमा कसूर भएको मानिन्छ ।
–कम्प्युटर सामग्रीमा अनधिकृत पहुँच प्राप्त गर्ने व्यक्तिलाई कसूरको गम्भीरता हेरी तीन वर्षसम्म कैद वा दुई लाख रुपैया“सम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । कुनै पनि व्यक्तिले कम्प्युटरमा रहेको कुनै कार्यक्रम, सूचना वा तथ्यांकमा पहुँच प्राप्त गर्ने मनसायबाट कम्प्युटर धनी वा जिम्मेवार व्यक्तिबाट अख्तियारी नलिई पहु“च प्राप्त गरेमा कसूर हुन्छ ।
–कम्प्युटर र सूचना प्रणालीमा क्षति पु¥याउने कार्य गरेमा तीन वर्षसम्म कैद वा दुई लाख रुपैयाँसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । कुनै व्यक्तिले कुनै संस्थालाई गलत तरिकाले हानि पु¥याउने मनसाय राखी जानीजानी कम्प्युटर सम्पादनमा रहेको कुनै सूचनालाई कुनै पनि व्यहोराबाट नष्ट गरेमा, क्षति पु¥याएमा, मेटाएमा कसूर मानिन्छ ।
–विद्युतीय स्वरूपमा गैरकानुनी कुरा प्रकाशन गर्नेलाई पाँच वर्षसम्म कैद वा एक लाख रुपैयाँ वा दुवै सजाय हुने व्यवस्था छ । कम्प्युटर ‘इन्टरनेट’ लगायतका विद्युतीय सञ्चार माध्यमहरूमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरू वा सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धका सामग्री प्रकाशन, प्रदर्शन गरेमा वा महिलालाई जिस्क्याउने, अपमान गर्ने र गर्न लगाउने कार्यलाई कसूर मानिएको छ ।
–गोपनीयता भंग गर्नेलाई कसूरको मात्रा हेरी दुई वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । विद्युतीय अभिलेख, किताब, रजिष्टर, पत्रव्यवहार, सूचना, कागजातलगायतका सामग्रीहरूमा पहुँच प्राप्त गरी यिनीहरुको गोपनीयता भंग गरेमा कसूर हुने भनिएको छ ।
–झूटो व्यहोराको सूचना दिनेलाई दुई वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । कुनै व्यक्तिले प्रमाणीकरण गर्ने निकायको इजाजतपत्र प्राप्त गर्ने वा अन्य कुनै मनसायले नियन्त्रकसमक्ष वा डिजिटल हस्ताक्षर प्रमाणपत्र प्राप्त गर्ने कुनै व्यहोरा जानीजानी लुकाएमा वा ढाँटेमा, जानीजानी झुट्ट व्यहोरा पेस गर्ने कार्य कसूर मानिन्छ ।
–झूटो इजाजतपत्र वा प्रमाणपत्र पेस गर्ने वा देखाउने कार्य गरेमा दुई वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । कानुनबमोजिम नियन्त्रकले जारी गरेको इजाजतपत्र प्राप्त नगरी प्रमाणीकरण गर्ने निकायको रूपमा कार्य गर्ने कुनै पनि व्यक्तिलाई उक्त सजाय हुने भनिएको छ ।
–तोकिएको विवरण वा कागजात पेस नगर्नेलाई ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । कानुनबमोजिम नियन्त्रक वा प्रमाणीकरण गर्ने निकायसमक्ष कुनै विवरण, कागजात वा प्रतिवेदन पेस गर्नुपर्ने जिम्मेवारी भएको व्यक्तिले तोकिएको म्यादभित्र उक्त कार्य नगरेमा कसूर गरेको मानिन्छ ।
–कम्प्युटर जालसाजी गर्नेलाई दुई वर्षसम्म कैद वा एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । कुनै व्यक्तिले गैरकानुनी कार्य वा जालसाजी गर्ने मनसायले डिजिटल हस्ताक्षर प्रमाणपत्र सिर्जना गरेमा, प्रकाशन गरेमा वा अन्य व्यहोराले उपलब्ध गराएमा कसूर मानिन्छ । त्यस्तै कुनै बिलको भुक्तानी रकम, कसैको खाताको बाँकी रकम, रकम भुक्तानी दिने कार्ड (एटीएम कार्ड) मा मिलेमतो गरी लाभ उठाएमा कसूर भएको मानिन्छ ।
–कम्प्युटरसम्बन्धी कसूर गर्न दुरुत्साहन गरेमा कसूरको मात्रा हेरी ६ महिनासम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । कसूर गर्न कसैलाई दुरुत्साहन गर्ने वा त्यस्तो कसूर गर्न उद्योग गर्ने, षड्यन्त्रमा सामेल भएमा कसूर मानिन्छ ।
–कम्प्युटरसम्बन्धी कसूर ठहर्ने कुनै कसूर गर्न प्रयोग गरिएको कुनै कम्प्युटर, कम्प्युटर प्रणाली, डिक्स, टेप ड्राइभ सफ्टवेयरका सामग्री जफत गर्ने व्यवस्था छ ।
यीसँगै सामाजिक सञ्जालबाट कुनै व्यक्तिमाथि गालीगलौज, अश्लील प्रकृतिका कुनै भिडियो, तस्बिरहरू पोस्ट गरेमा वा पठाएमा समेत यही कानुनबमोजिम कारबाही हुन्छ ।

 Image