Successfully Copied

अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितमा नेपाली डिजाइनरको पहिरन

जर्मनीकी मिस सुपरनेसनल मारियानाले एक इभेन्टमा नेपाली डिजाइनर सोनम सुब्बा लिम्बुले डिजाइन गरेको पहिरन लगाएकी हुन् ।


अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता नेपालीले डिजाइन गरेको पहिरन लगाइएको छ । जर्मनीकी मिस सुपरनेसनल मारियानाले एक इभेन्टमा नेपाली डिजाइनर सोनम सुब्बा लिम्बुले डिजाइन गरेको पहिरन लगाएकी हुन् । पोल्यान्डमा भएको ‘मिस सुपरनेसनल २०२३’ को उदघाटन समारोहमा उनले उक्त पहिरन लगाएकी थिइन् । 

गुलाबी रंगको गाउनमा उनी निकै सुन्दर र आकर्षक देखिएकी छन् । फेसन डिजाइन सोनम भन्छन्, ‘मलाई थाहा भए अनुसार अन्तराष्ट्रिय प्रतियोगितमा अन्तराष्ट्रिय प्रतिनिधीले नेपाली डिजाइनरको पहिरन लगाएको यो पहिलो पटक हो ।’

 Image