Successfully Copied

प्लस साइजका महिलाले कस्तो ड्रेस लगाउने

मोटा शरीर भएको महिलाले ठूलो प्रिन्टका फेब्रिक छान्नु हुँदैन । सकभर स–साना बुट्टा नै छान्नुपर्छ । बुट्टाको प्लेसमेन्ट जस्तोसुकै भए पनि आँखा माथिबाट तल फ्लो हुने खालको अर्थात भट्किल हुनुपर्छ । यसले बडीको सेपलाई स्लिम लुक्स दिन्छ ।

–  अन्डरगार्मेन्ट फिटिङ र राम्रो क्वालिटीको हुनुपर्छ अन्यथा पहिरनको सेप नमिलेर शरीर झन भद्दा देखिन्छ ।

–  सपिङ गर्दा फरक साइज अर्थात् ठूलो–सानो साइज पनि प्रयोग गरेर हेर्नुपर्छ । सधैं लगाइरहेको भन्दा अर्काे साइज आफूलाई अझ राम्रोसँग फिट हुनसक्छ ।

–  मोटा शरीर भएको महिलाले ठूलो प्रिन्टका फेब्रिक छान्नु हुँदैन । सकभर स–साना बुट्टा नै छान्नुपर्छ । बुट्टाको प्लेसमेन्ट जस्तोसुकै भए पनि आँखा माथिबाट तल फ्लो हुने खालको अर्थात भट्किल हुनुपर्छ । यसले बडीको सेपलाई स्लिम लुक्स दिन्छ । चारपाटे तथा जिक ज्याक आकारको कपडा छनौट गर्नु हुँदैन ।

–  कालो रंगले मात्र स्लिम देखाउने विश्वासबाट अघि बढेर अन्य ब्राइट कलर पनि प्रयोग गर्नु उपयुक्त हुन्छ । सकेसम्म एउटै कलरको पहिरन लगाउनुपर्छ । दुई–तीनवटा कलरका पहिरन लगाउँदा मोटो र होचो देखिन्छ ।

– कपडाको क्वालिटीमा सम्झौता गर्नु हुँदैन । लाइक्राजस्ता पहिरन शरीरमा टाँसिन्छ । यस्ता शरीरमै टाँसिने कपडा छान्नु हुँदैन ।

–  भी नेकका पहिरनले अग्लो र स्लिम देखाउँछन् ।

–  मोटो शरीर भएको महिलाले लेगिन्स लगाउँदा त्यसले अझ भद्दा देखाउँछ ।

–  रेडिमेड पहिरनको तुलनामा डिजाइनरसँग सल्लाह गरी आफ्नो शरीरको वनावट अनुकूल पहिरन तयार गराउँदा फिट र स्लिम देखिन्छ । 

–  प्लस साइजका प्राय: महिलाहरूको कम्मर र पुठ्ठा (हिप) बराबर जस्तै हुन्छ । त्यसैले कम्मर र हिप डिफाइन्ड गर्न बेल्टसमेत लगाउनु उपयुक्त हुन्छ । यसमा बेल्ट लुज भए पनि केही फरक पर्दैन ।

–  चुज पाइन्ट नलगाई फ्लेयर भएको पाइन्ट लगाउनुपर्छ । यसले अग्लो देखाई स्लिम देखाउन मद्धत गर्छ ।

–  मोटो शरीर भएका महिलाहरूले प्राय: एसेसरिज लगाउँन रुचाउदैनन् । तर प्लस साइजका महिलाहरूले एक्सेसरीजको प्रयोग गर्नु राम्रो हुन्छ । यसले अरूको ध्यान एसेसरिजमा केन्द्रित गर्छ, फिगरमा धेरैको ध्यान जान पाउदैन ।

–  धेरै टाइट स्कर्ट नलगाई एलाइन ड्रेस लगाउँदा बढी मोटोपन देखिन पाउँदैन भने चोलीमा ज्वाइन पहिरन नलगाई सीधा फ्लो भएको पहिरनले आँखा ब्रेकडाउन हुँदैन र स्लिम देखिन्छ ।

–  ब्लाउजमा बोट नेक लगाउँदा भद्दा देखिने हुँदा भी नेक छान्नु उपयुक्त हुन्छ ।

–  पेन्सिल स्कर्ट नलगाइ फ्लेयर स्कर्ट लगाउनुपर्छ । पेन्सिल स्कर्टले हिप ठूलो देखिन्छ । स्कर्टको लम्बाइ घुँडासम्म मात्र हुनुपर्छ । घुँडा मुनिसम्मको स्कर्टले उचाइ सानो र मोटो देखाउँछ ।

( तण्डुकार फेसन डिजाइनर हुन्) 

प्रस्तुती: सिर्जना दुवाल श्रेष्ठ

 Image