झरीमा कस्तो पहिरन लगाउने ?
गर्मी पनि उत्तिकै हुने भएकाले हल्का हावादार पहिरन रोज्नुपर्छ । त्यससँगै हल्का र पातलो खालको फेब्रिकबाट बनेको पहिरन लगाउनुपर्छ ।

‘फेस अफ नेपाल २०२४’ आयोजना हुने भएको छ । यसका लागि बैशाख १७ देखि आवेदन खुल्ला गरिएको छ । प्रतियोगितामा महिला तथा पुरुष दुबै सहभागी हुन सक्नेछन् ।
दक्षिण कोरियाको फ्रेन्चाइज सौन्दर्य प्रतियोगिताको रूपमा आयोजना हुदै आएको यो मोडल हन्ट नेपालका लागी एम.एस. प्रोडक्सनले सञ्चालन गर्न लागेको हो ।
सहभागी हुन चाहने पुरुषको हकमा ५ फिट ८ इन्च र महिलाको हकमा ५ फिट ५ इन्च उचाई हुनुपर्नेछ । यस्तै, पुरुष र महिलाको उमेरहद १८ देखि ३० वर्षसम्म हुनुपर्नेछ ।
शिक्षाको योग्यता भने आयोजकले तोकेको छैन । आयोजकका अनुसार फेस अफ नेपाल २०२४ सहभागीहरुमध्ये आगामी जुलाईमा फाइल प्रतिस्पर्धा हुने छ ।
फाइनलमा निर्णायकहरुको मुल्यांकन र भोटिङमार्फत तीनजना विजेता घोषणा हुनेछन्। विजेताहरु यही नोभेम्बरमा हुने कोरियामा भाग लिन जानेछन् ।