‘डिजाइनर्स रनवे’ मा सेलिब्रेटी
फेसनसम्बन्धी नवीन तथा पृथक डिजाइन प्रस्तुत गर्ने उद्देश्यका साथ ‘आईईसी डिजाइनर्स रनवे १२’ सम्पन्न भएकोे छ ।
होटल म्यारिटमा गत महिना फरक किसिमको फेशन शो आयोजना गरियो । दि क्लोथ बैंकको अ वाक फर वार्मथ् फेसन शोको मुख्य उद्देश्य रिसाइकल पहिरन र पर्सा जिल्लाका दलित समुदायका लागि न्याना कपडाहरू च्यारिटी गर्नु थियो । विभिन्न फेसन डिजाइनिङ कलेजका विद्यार्थीहरूले तयार पारेका रिसाइकल ड्रेस लगाएर मोडलहरू र्याम्पमा हिँडेका थिए ।
अहिलेका चर्चित मोडलहरू आस्था पोखरेल, भावना कलवानी, करिष्मा श्रेष्ठ, नीलम चन्द, परमिता राणा, प्रेक्षा बज्राचार्य रोशनी कार्की, सविता कार्की तथा शुभेच्छा खड्काले तीनवटा सिक्वेन्समा विभिन्न रिसाइकल पहिरनहरू लगाई र्याम्प तताएका थिए ।
पार्टी नेपालका प्रबन्धक निर्देशक श्री गुरुङले शोको मुख्य उद्देश्य प्रयोग भइसकेका लुगाहरू पुन: अर्को डिजाइनमा तयार पारी नयाँ लुकका साथ लगाउन सकिन्छ भन्ने कन्सेप्ट अगाडि सारेको बताए ।
तस्बिर : महेश प्रधान