Successfully Copied

पहिरनमा  रंगको प्रभाव

रातो, हरियो तथा नीलो रंगलाई मूल रंग मानिन्छ । रातो रंगलाई प्रेम, पवित्रता एवं ऊर्जा तथा नीलोलाई ताजगीको प्रतीक मानिँदै आएको छ । हरियो रंगलाई शीतलता तथा आशाको प्रतीक मानिन्छ । पहेंलो रंगलाई उज्यालो, प्रसन्नता अनि गुलाफी रंगलाई भावुकता एवं कोमलतासँग जोडेर हेरिन्छ ।

रातो, हरियो तथा नीलो रंगलाई मूल रंग मानिन्छ । रातो रंगलाई प्रेम, पवित्रता एवं ऊर्जा तथा नीलोलाई ताजगीको प्रतीक मानिँदै आएको छ । हरियो रंगलाई शीतलता तथा आशाको प्रतीक मानिन्छ । पहेंलो रंगलाई उज्यालो, प्रसन्नता अनि गुलाफी रंगलाई भावुकता एवं कोमलतासँग जोडेर हेरिन्छ । सुन्तला रंगलाई बल र बुद्धिको सूचक तथा बैजनीलाई शान, कला एवं भावनाको अभिव्यक्तिका रूपमा लिइन्छ । 

रंगको अर्थ

रातो : समृद्धिको प्रतीक

सुन्तला : प्रगतिको प्रतीक

पहेंलो : न्यायको प्रतीक

हरियो : शान्तिको प्रतीक

आकाशे : अहिंसाको प्रतीक

नीलो : प्रेमको प्रतीक

बैजनी : सत्यको प्रतीक

रातो रंग

रातो रंगको वैदिक अवस्था रजोगुण हो । मंगल र सूर्यको राशिगत रंग रातो हुन्छ । यो रंग युद्ध तथा क्रोधको प्रतीक पनि हो । गुलाफको फूलमा भएको रंगलाई चाहिँ प्रेमको प्रतीकका रूपमा लिइन्छ । स्थान र परम्पराका आधारमा यसलाई निषेधात्मक संकेतका रूपमा लिइन्छ भने सफलताको प्रतीकसमेत मानिन्छ । हिन्दू धर्मअनुसार रातो रंगलाई सौभाग्यको प्रतीक हो । त्यसैले हरेक शुभ कार्यमा रातो रंगका पहिरन लगाउने चलन छ । 

पहेंलो रंग

यो रंग प्रेमभावको प्रतीक हो । यसले सात्विक आहार–विहार एवं स्वच्छन्दतालाई पनि संकेत गर्छ । यो बृहस्पति ग्रहको रंग हो । धन तथा मीन राशिमा पहेलो रंगको विशेष प्रभाव पर्छ । 

पहेंलो रंग अहिले फेसनमा भएको प्रमुख रंग हो । यो रंग चाडपर्वमा रातोपछि रुचाइने रंगमध्ये एक हो । 

नीलो रंग

नीलो रंग विशालता, गाम्भीर्य तथा स्निग्धताको प्रतीक हो । यो आकाशको रंग पनि हो । यसलाई समन्वय एवं शान्तिको प्रतिबिम्बसमेत मानिन्छ । यसका विविधता रोयल ब्लु, नेभी ब्लु, बेबी ब्लु, टरक्योस ब्लु, आक्वा ब्लू, एक्वेरियम ब्लू आदि हुन् । यो वर्षको पहिरनमा नीलो रंग हाबी छ ।

हरियो रंग

यो प्राकृतिक रंग हो । अन्य रंगको तुलनामा शान्त, प्रमाणहीन, कम कान्तिवाला रंगलाई नै हरियो रंग मानिन्छ । यो रंग शान्तिदायक, निर्मल, सहनशील एवं आनन्ददायक हुन्छ । हरियो रंगका पहिरन चाडपर्व एवं शुभ साइतहरूमा बढी प्रयोग गरिन्छ । 

 Image