फेसनमा नयाँ एसेसरिज
फेसन बजार परिवर्तित छ । खासगरी पहिरन शैली सधै एकनास रहँदैन । एसेसरिजको फेसन बजारमा पनि हरेक वर्ष नयाँ डिजाइन भित्रिरहेको हुन्छ । यसले व्यक्तिको सौन्दर्य निखार्ने काम गर्छ ।
मनसुन उक्तराद्धमा छ अर्थात् मनसुन सकिने त्रममा छ । यही मौकाको सदुपयोग गर्दै गत शनिबार ललितपुरमा मनसुन फेसन शो–२०१९ सम्पन्न भएको छ । लबिम मलको भुईं तल्लामा आयोजित उक्त फेसन शोका प्रायः सबै सिक्वेन्समा मनसुन वेयर प्रदर्शन गरिएको थियो । १६ वटा सिक्वेन्समा विभाजित यो फेसन शोमा ८ जना पुरुष, १२ जना महिला तथा ८ जना बाल मोडलले आकर्षक पहिरनहरू प्रदर्शन गरेका थिए ।
लबिल मलमै रहेका ब्रान्डेड फेसन शो रुमहरूका मनसुन वेयर प्रदर्शित यो फेसन शोको कोरियोग्राफी आयुषी शाहले गरेकी थिइन् । विकास खतिवडाद्वारा संयोजित उक्त फेसन शोमा प्रो मोडल नेपालका मोडलहरू सहभागी थिए ।