Successfully Copied

फेसन शोमा नेपाली उत्पादन

त महिना होटल याक एन्ड यतिको रिगल हल पर्पल कलरको भिआइपी स्टेज तथा पृथक् रंगका बत्तीले झकिझकाउ देखिन्थ्यो । सन्दर्भ थियो–फेसन फ्रम होम २०१९’ को । नेपालमा पहिलो पटक विशुद्ध नेपाली कच्चापदार्थबाट तयार पारिएका पहिरन प्रदर्शनीमा उत्रिएका प्रोफेसनल मोडलहरूको रनवे अवलोकन गर्न उच्चपदस्थदेखि विविध क्षेक्रका

गत महिना होटल याक एन्ड यतिको रिगल हल पर्पल कलरको भिआइपी स्टेज तथा पृथक् रंगका बत्तीले झकिझकाउ देखिन्थ्यो । सन्दर्भ थियो–फेसन फ्रम होम २०१९’ को । नेपालमा पहिलो पटक विशुद्ध नेपाली कच्चापदार्थबाट तयार पारिएका पहिरन प्रदर्शनीमा उत्रिएका प्रोफेसनल मोडलहरूको रनवे अवलोकन गर्न उच्चपदस्थदेखि विविध क्षेक्रका विशिष्ट व्यत्तित्वहरूको बाक्लो उपस्थिति थियो । स्वदेशी उत्पादन प्रवर्द्धनका लागि फेडरेसन अफ बिजनेस एन्ड प्रोफेसनल वुमन नेपालको आयोजनामा फेसन फ्रम होम २०१९’ शीर्षकको उक्त फेसन शो सम्पन्न गरिएको हो । फेसन शोमा विशुद्ध नेपाली उत्पादनको प्रस्तुति अब्बल रह्यो । ढाका, अल्लो, बाँस, गाँजा, अंगुरा, खादी आदि कच्चापदार्थद्वारा उत्पादित पहिरनका अतिरिक्त रिसाइकलद्वारा तयार पारिएका चित्ताकर्षक परिधान शोका आकर्षण रहे । उक्त रनवेको पहिलो प्रस्तुति डिजाइनर मुक्ता श्रेष्ठद्वारा डिजाइन गरिएका ढाकाका स्टाइलिस्ट वेयरेवल पहिरन रहे भने दोस्रो विधामा फेडरेसन अफ बिजनेस एन्ड प्रोफेसनल वुमन नेपालका युवा सदस्यहरूद्वारा सिर्जना गरिएका बाँस र अल्लोका पहिरन रहे । तेस्रो सिक्वेन्समा इन बुटिककी डिजाइनर अमृता पुनले डिजाइन गरेका अल्लो र खादीका पहिरन प्रदर्शन गरिएको थियो । 

सिक्वेन्सको बीचबीचमा फिलरका रूपमा प्रस्तुत गरिएको कौरा र कुमारी नृत्यले दर्शकहरू मन्त्रमुग्ध देखिन्थे । उक्त अवसरमा दिगो विकाससँग जोडिएर फेडरेसन अफ बिजनेस एन्ड प्रोफेसनल वुमनले विश्वका सयझन्दा बढी मुलुकमा महिला विकास र आर्थिक सशक्तीकरणका लागि गरिरहेका सकारात्मक त्रियाकलाप झल्किने डकुमेन्ट्री प्रदर्शन गरिएको थियो । 

कार्यक्रमको तेस्रो सिक्वेन्समा प्रस्तुत गरिएको डिजाइनर अमृता पुनको अल्लो र खादीका पहिरन प्रदर्शनीमा लाछा लुक्समा र्‍याम्पमा उत्रिएका मोडलहरूको सबैले प्रशंसा गरे । पुनको कलात्मक तथा सिर्जनात्मक डिजाइनमा पूर्णतः नेपालीपन झल्किएको थियो । त्यसपछिको प्रस्तुति मिस नेपाल–२०१९ अनुष्का श्रेष्ठ तथा मिस नेपाल युनिभर्स प्रदीप्ता अधिकारीको महिला सशक्तीकरणसम्बन्धी मन्तव्यले धेरैलाई यो महिलाको युग हो भन्ने अनुभूति गरायो । ढाकाको पहिरनमा स्टेजमा उत्रिएका यी दुवैको वोल्ड प्रस्तुतिले पूर्ण नारी हुनका लागि आवश्यक पूर्वाधार र वातावरणका बारेमा सोच्न बाध्य बनायो । 

फेसन फ्रम होमको चौथो सिक्वेन्समा डाँफेका डिजाइनर अनुजा जोशी र मनीष जोशी तथा हात्ती हात्तीकी रेनु श्रेष्ठद्वारा रिसाइकलमार्फत डिजाइन गरिएका पहिरनको प्रस्तुति रह्यो भने पाँचौं सिक्वेन्समा फेसन डिजाइनर अनु श्रेष्ठको ह्यान्डमेड कालिस्तो डिजाइनका आकर्षक साडीको लोभलाग्दो प्रस्तुति रह्यो । 

उक्त अवसरमा करिब ३० वटा हस्तकलाका स्टलमा स्वदेशी कपडा, हातबुना नेपाली पहिरन, उनीका सामग्रीहरू, उपहार सामग्री, स्वदेशी डिजाइनका गरगहना, नेपाली काष्ठ तथा कला–कौशलका सामग्रीहरूलगायत प्रांगारिक (अर्गानिक) खानाका स्टलसमेत प्रदर्शनीमा राखिएको थियो । उक्त कार्यक्रमले स्वदेशी उत्पादन, उद्यमशीलता, व्यवसायीकरण तथा सशक्तीकरणमा लागेका उद्यमीहरूलाई प्रोत्साहित गर्ने बीपीडब्ल्यु नेपालकी सम्पादक सदस्य अम्बिका श्रेष्ठले बताइन् । स्वदेशमै उत्पादित सामग्रीहरूको प्रवर्द्धनका लागि आयोजित ॅफेसन फ्रम होम २०१९’ ले उद्यमशील महिलाहरूलाई अझ सशक्त भएर अघि बढ्न हौसला मिल्ने आयोजक पक्षको विश्वास छ ।

हाम्रो पहिरन, हाम्रो पहिचान र व्यक्तित्व हो । नेपालमै उत्पादन भएका पहिरनलाई अन्तर्राष्ट्रिय स्तरमा कसरी पुर्‍याउने र यसको बजारीकरण कसरी गर्ने भन्ने विषयमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्छन् । विदेशी फेसनको जगजगीमा हाम्रा पहिरन पनि अन्तर्राष्ट्रिय ब्रान्डभन्दा कम छैनन् भन्ने कुरा साबित गर्न यस्ता शो लाभदायक हुन्छन् । यसले नेपाली सीप तथा सिर्जनालाई थप प्रोत्साहित गर्छ । 

थममाया थापा मगर (मन्त्री–महिला, बालबालिका तथा ज्येष्ठ नागरिक) 

अनुष्का श्रेष्ठ

मिस नेपाल वर्ल्ड २०१९ 

इम्पावरमेन्ट इज पावर अफ च्वाइस’ । महिलाका लागि फरक व्यवहार अब हट्नुपर्छ । महिला आर्थिक लाभका लागि प्रयोग हुने र गरिने ट्रेन्डको अन्त्य भै महिला अब आर्थिक समृद्धिका नायक तथा प्रस्तुतकर्ताका रूपमा परिवर्तन हुनुपर्छ । जसलाई यस्ता कार्यक्रमले सहयोग पुर्‍याउँछन् । आर्थिक सशक्तीकरणले महिलालाई निर्णायक तहसम्म पुर्‍याउँछ र आफू भएर आफ्नो जीवन जिउन मद्दत गर्छ । नेपाली नारीको सीप, सिर्जना र नवीन सोच प्रस्तुत गरिएका यी र यस्ता कार्यक्रमले महिलामा आत्मविश्वास बढाउने मात्र नभएर अन्तर्राष्ट्रिय प्लेटफर्ममा स्थापित हुन थप प्रोत्साहित गर्छ । यसले ॅमेड इन नेपाल’ मात्रै नभएर ॅमेक इन नेपाल’ को सन्देशसमेत दिएको छ । 

हात्ती–हात्ती र डाँफे

डिजाइनरद्वय अनुजा जोशी र मनोज जोशीको डाँफे कलेक्सनले मुख्यतः विदेशीहरूको ध्यान केन्द्रित गर्छ । टिपिकल नेपाली लुक्स दिने यी पहिरन बुट्टेदार छन् । उता डिजाइनर रेनु श्रेष्ठको हात्ती हात्तीका पहिरन प्लस साइजका लागि उपयुक्त हुन्छन् । रिसाइकल सामग्रीद्वारा तयार पारिएका यी दुवै किसिमका पहिरनमा पूर्ण नेपालीपन झल्कन्छ । यस्ता पहिरन उत्पादनका लागि नेपाली कच्चापदार्थ नै प्रयोगमा आउने डिजाइनरहरू बताउँछन् । शतप्रतिशत नेपाली वस्तुलाई रिसाइकल गरी तयार पारिएका काँचो कपडामा डिजाइनरद्वारा स्केच गरिएका बुट्टालाई डाइङ गरेर प्रिन्ट गरिन्छ । त्यसपछि विभिन्न कला र शैलीमा पहिरनको डिजाइन ढालिन्छ । यसरी तयार पारिएका पहिरन टिकाउका साथै सुलभ र फेसनेबलसमेत देखिन्छन् ।

ढाका

डिजाइनर मुक्ता श्रेष्ठद्वारा सिर्जना गरिएका मुकु बुटिकका ढाकाका पहिरन चित्ताकर्षक छन् । कालो, सेतो तथा बैजनी रंगमा ढाका फेब्रिक फ्युजन गरिएका यी पहिरन शुद्ध नेपाली ढाकाबाट तयार पारिएका हुन् । ढाकाका पहिरनमा नेपाली धागोले केश सजाएका मोडलहरू लाछा लुक्समा अझ आकर्षक देखिन्छन् । करिब दुई दशकदेखि फेसन डिजाइनिङमा आबद्ध मुक्ताका नेपाली ढाकाका पहिरन अहिले संसारभर लोकप्रिय छन् । जसले नेपाली कला, संस्कृति एवं पहिचानलाई विश्वभर चिनाउन सहयोग पुर्‍याउँदै आएका छन् ।

प्रदीप्ता अधिकारी 

मिस नेपाल युनिभर्स २०१९

दिगो विकास गोलका केही बुँदाले महिलाको स्वास्थ्य, फ्रजनन् एवं आर्थिक सशक्तीकरणमा जोड दिएको छ । यो कार्यत्रम उक्त अभियानसँग जोडिएको थाहा पाउँदा असाध्यै खुसी लागेको छ । नेपालमा यति लामो समयदेखि लो प्रोफाइलमा बसेर धेरै फलदायी काम गरिरहेको व्यावसायिक महिला तथा युवतीहरूको यो संगठनले आयोजना गरेको कार्यक्रम निकै प्रभावकारी साबित हुनेछ, यसर्थमा कि हाम्रो देशमा कयौं स्रोत, सीप र सिर्जना छन् जुन लुकेर रहेका छन् यिनको बजारीकरण अन्तर्राष्ट्रिय स्तरसम्म गर्न यस्ता कार्यक्रम अत्यन्तै प्रभावकारी साबित हुन्छन् ।

गाँजा र बाँस

डिजाइनर अस्मिता डंगोल तथा सवनम शाहद्वारा सिर्जित पहिरनमा हेम्स, ब्याम्बो, अल्लो आदिका विशुद्ध नेपाली वस्तुद्वारा उत्पादित फेब्रिक प्रयोग गरिन्छ । यी पहिरन कुल लुक्स, लगाउँदा कम्फर्टेबल तथा स्टाइलिस्ट देखिन्छन् । ह्वाइट, अफ ह्वाइट, मरुन तथा ग्रे कलरमा डिस्प्ले गरिएका यी पहिरन तयार पार्न लामो समय लागेको डिजाइनर सवनम बताउँछिन् । नेपालकै कच्चापदार्थद्वारा यत्तिको गुणस्तरीय पहिरन उत्पादन गर्न सक्नु मुलुककै लागि गर्व भएको कुरा बताउंँदै डिजाइनर अस्मिता भन्छिन्–अब मेरा सामु यसलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने चुनौती छ । वेयरएबल यी पहिरनमा गाउन, स्कर्ट, जम्पसुट, वान पिस, पाइन्ट आदिको प्रधानता पाइन्छ ।     

अल्लो र अंगुरा

डिजाइनर अमृता पुनको इन बुटिकमा तयार पारिएका पूर्णरूपका नेपाली उत्पादन पहाडी भू–भागमा पाइने अल्लो र अंगुराबाट बनेका हुन् । व्यवसायीहरूले यी कच्चापदार्थ किसानद्वारा सहरमा भित्राउँछन् । अल्लो र अंगुराद्वारा निर्मित परिधान बलिया र न्याना मात्र होइनन् उपयुक्त डिजाइन दिन सकेको खण्डमा ब्रान्डेड पहिरनजस्तै सहज र स्टाइलिस्ट देखिने पुनको भनाइ छ । अल्लो र अंगुराका वेयरएवल पहिरन कुनै अन्तर्राष्ट्रिय ब्रान्डेड पहिरनभन्दा कम देखिँदैनन् । फर्मल तथा क्याजुअल वेयरमा अल्लो र अंगुरालाई मर्ज गरी फ्युजन गरिएका पहिरन उत्तिकै आकर्षण हुन्छन् ।

कालिस्टो साडी

नमुना फेसन डिजाइनर कलेजकी उत्पादन हुन्–अनु श्रेष्ठ । उनको कालिस्टो डिजाइन निकै लोकप्रिय छ । श्रेष्ठद्वारा डिजाइन गरिएका कालिस्टो डिजाइनका साडी आकर्षक र फरक लुक्स दिने खालका हुन्छन् । यी साडी ग्ल्यामरस पनि उत्तिकै देखिन्छन् । कालिस्टो डिजाइन गरिएका विभिन्न रंग र प्रिन्टका साडीमा विदेशी तथा कुटनीतिज्ञ महिलाहरू विशेष लोभिन्छन् । कालिस्टो साडीमा प्रिन्ट गरिएका बुट्टाहरू हातद्वरा निर्मित भएका र तिनलाई तयार पार्न केही समय लाग्ने अनुले बताइन् । उनी आफ्नै सिर्जनाद्वारा प्रिन्ट कोर्छिन् र डाइङद्वारा त्यसलाई कपडामा छाप्छिन् । उनको यो सिर्जनात्मक कला विशेष छ ।

अम्बिका श्रेष्ठ 

अध्यक्ष–फेडरेसन अफ बिजनेस एन्ड प्रोफेसनल वुमन नेपाल 

हाम्रो संस्थाले उद्योग–व्यवसायमा संलग्न नेपाली महिलाहरूको विशुद्ध सामाजिक संस्थाका रूपमा सन् १९७२ देखि निरन्तर सेवा गर्दै आएको छ । यो सन् १९९१ देखि अन्तर्राष्ट्रिय विजनेस एन्ड प्रोफेसनल विमेनसँग आबद्ध छ । यो महासंघको मूल धेय व्यावसायिक महिलाहरूको ऐक्यबद्धता उनीहरूको हकहित, संरक्षण तथा उनीहरूसित रहेको ज्ञान, सीप र अनुभवबाट आमअवसरविहीन विपन्न तथा ग्रामीण महिलालाई लघुऋण, साक्षरता, उद्यमी व्यावसायिक सीप–तालिमहरूबाट नेपाली महिलाहरूको सामाजिक एवं आर्थिक उन्नति गरी देशको मूलधारमा महिलाको समुचित सहभागिता हो । यो उद्देश्य प्राप्तिका लागि महिलालाई कार्य तहमा आउन सहज बनाउने उद्देश्यले नेपालमा पहिलो दिवा शिशु सेवा केन्द्रको स्थापना गरिएको थियो । 

हाम्रो संस्थाले महिलाद्वारा संचालित पारिवारिक स्वास्थ्य केन्द्र, स्वास्थ्य सहकारी, जैविक कृषि (कफी, चिया, फलफूल, तरकारी, मह, च्याउ र पुष्पखेती आदि), जडीबुटी उत्पादन, बुनाइ तथा सिलाइ आदिबाट ग्रामीण, सामाजिक तथा घरेलु हिंसापीडित, सामाजिक वहिष्करणमा परेका समुदाय तथा विपन्न वर्गका महिलाहरूको जीविकोपार्जन तथा पारिवारिक आर्थिक समृद्धिका साथै उनीहरूलाई उद्यमी तथा उद्योगपतिका रूपमा विकास गर्दै आएको छ । 

 Image