Successfully Copied

फेशन शो मा नेपाली उत्पादन

फेशन शो मा विशुद्ध नेपाली उत्पादनको प्रस्तुतीकरण अब्बल रह्यो । ढाका, अल्लो, बांस, गांजा, अंगुरा, खादी लगायतका कच्चा पदार्थद्धारा उत्पादित पहिरनका अलावा रिसाइकलद्धारा तयार पारिएका चित्ताकर्षक परिधान शो का आकर्षण रहे ।

गत महिना होटल याक एण्ड यतीको रिगल हल पर्पल कलरको भिआइपी स्टेज र पृथक रंगका बत्तीले झकिझकाउ देखिन्थ्यो । सन्दर्भ थियो ‘फेसन फ्रम होम २०१९’ को । नेपालमा पहिलो पटक बिशुद्ध नेपाली कच्चा पदार्थबाट तयार पारिएका पहिरन प्रर्दशनीमा उत्रिएका प्रोफेशनल मोडलहरको रनवे अवलोकन गर्न उच्चपदस्थ देखी बिबिध क्षेक्रका व्यत्तित्वहरु लगायत मिडियाको बाक्लो उपश्थिती थियो ।

स्वदेशी उत्पादन प्रवद्धनका लागी फेडरेशन अफ बिजनेस एण्ड प्रोफेसनल वुमन नेपालको आयोजनामा ‘फेसन फ्रम होम २०१९’ नामक उक्त रनवे सम्पन्न भएको हो । महिला मन्त्री थममाया थापा मगरको प्रमुख आतित्थ्यमा आयोजित उक्त शो मा भीभीआइपी ईन्टरनेशनल डेलिगेट्स, राजदुत, कुटनितिज्ञ, व्यावसायी, बिभिन्न क्षेक्रका राष्ट्रिय–अन्तराष्ट्रिय व्यत्तित्वहरको सहभागिता थियो ।

कुडोज ब्याण्डका चार जना युवतीको भ्वाइलिन बादनको सुमधुर संगीत द्धारा शुरु गरिएको फेशन शो लाइ ५ बिधामा बिभाजन गरिएको थियो । दोस्रो सिक्वेन्स बाहेक बांकी प्रत्येक विधामा बिशुद्ध नेपाली पहिरनमा सजिएका व्यावसायिक मोडलहरुको क्याटवाकले उपश्थित भीआइपी लगायत अन्य दर्शकलाई समेत मनोरञ्जन मात्रै होईन नेपाली उत्पादन र नेपाली सीप प्रति उत्प्रेरित गरेको थियो । 

फेशन शो मा विशुद्ध नेपाली उत्पादनको प्रस्तुतीकरण अब्बल रह्यो । ढाका, अल्लो, बांस, गांजा, अंगुरा, खादी लगायतका कच्चा पदार्थद्धारा उत्पादित पहिरनका अलावा रिसाइकलद्धारा तयार पारिएका चित्ताकर्षक परिधान शो का आकर्षण रहे ।

पांच बिधामा विभाजित उक्त रनवेको पहिलो प्रस्तुती डिजाइनर मुक्ता श्रेष्ठद्धारा डिजाइन गरिएका ढाकाका स्टायलिस्ट वेयरेवल पहिरनमा व्यावसायिक मोडलहरुको क्याटवाकले दर्शकदिर्घाको ध्यानाकर्षण गरेको थियो भने दोस्रो विधामा फेडरेशन अफ बिजनेस एण्ड प्रोफेसनल वुमन नेपालका युवा सदस्यहरुद्धारा सृजना गरिएका बांस र अल्लोका पहिरन पृथक रहे ।

‘मेड ईन नेपाल’ मात्र होइन सृजनात्मक सोचद्धारा सृजित परिधानले ‘मेक ईन नेपाल’ का लागी सहयोगी हुने आयोजक डिजाइनरहरुको भनाइ थियो । डेली वेयरका लागी पनि उपयुक्त र क्यारी गर्न सहज यि परिहनहरु लुक्समा पनि कुनै अन्तराष्ट्रिय ब्राण्ड भन्दा कम थिएनन् । 

तेस्रो विधामा इन बुटिककी डिजाईनर अमृता पुन ले डिजाइन गरेको अल्लो र खांदीका पहिरन प्रर्दशन गरिएका परिधानमा प्रोफेशनल मोडलहरुको बिरालो चाल देख्दा दर्शकदिर्घाको गडगडाहट तालीले हलको बातावरणमा फरक रौनक छाएको थियो ।  कार्यक्रमको तेस्रो विधामा प्रस्तुत गरिएको डिजाइनर अमृता पुनको अल्लो र खांदीका पहिरन प्रर्दशनीमा लाछा लुक्समा र्याम्पमा उत्रिएका मोडलहरुले सबैको वाहवाही पाए ।

पुनको कलात्मक तथा सृजनात्मक डिजाइनमा पुर्णत नेपालीपन झल्किएको थियो । दर्शकदिर्घाको फर्स्ट रो मा बसेका भिभिआइपीहरु समेत पृथक शैली र सृजनाको चाखपुर्वक अवलोकन गरिरहेका मात्रै थिएनन् बिचबिचमा ताली बजाइरहेका थिए ।  

फेशन फ्रम होमको चौथो सिक्वेन्समा डांफेका डिजाइनर अनुजा जोशी र मनिष जोशी तथा हात्ती हात्तीकी रेनु श्रेष्ठद्धारा रिसाइकल मार्फत डिजाइन गरिएका पहिरनको प्रस्तुती रह्यो भने पांचौं सिक्वेन्समा फेशन डिजाइनर अनु श्रेष्ठको ह्याण्डमेड कालिस्तो डिजाइनका आकर्षक सारीको लोभलाग्दो प्रस्तुती रह्यो ।  

 

 Image