Successfully Copied

जाडोमा वार्म तथा स्टाइलिस्ट लुक्स

जाडोका लागि बजारमा विभिन्न डिजाइनका पहिरन तथा एसेसरिज उपलब्ध हुन थालेका छन् । यसपटक विन्टरका लागि लामो वुलन स्कर्ट, कोट स्टाइलको टप्स, स्टाइलिस्ट नेक भएका लामा कुर्ता, वुलन पाइन्ट, लेदर पाइन्ट तथा ज्याकेट, लियोनार्दाे प्रिन्ट ज्याकेट तथा लङ कोट विशेष रुचाइएका छन् ।

जाडोका लागि बजारमा विभिन्न डिजाइनका पहिरन तथा एसेसरिज उपलब्ध हुन थालेका छन् । यसपटक विन्टरका लागि लामो वुलन स्कर्ट, कोट स्टाइलको टप्स, स्टाइलिस्ट नेक भएका लामा कुर्ता, वुलन पाइन्ट, लेदर पाइन्ट तथा ज्याकेट, लियोनार्दाे प्रिन्ट ज्याकेट तथा लङ कोट विशेष रुचाइएका छन् । अफिसियल वर्कका लागि निलेन्थ वुलन स्कर्ट, स्टकिङ, लङ बुट, लङ कोट, स्कार्फ पनि फेसनमा छन् ।

कुर्ता लगाउनेहरूका लागि वुलन, भेल्भेट तथा फूलकारीका लामा कुर्ता फेसनमा छन् जुन पाइन्ट स्टाइलको वुलन सुरुवालसँग लगाउँदा न्यानो हुनुका साथै स्टाइलिस्ट समेत देखिन्छ । यो समयमा विवाह तथा पार्टी आदि पनि हुने भएकाले साडी धेरैको रोजाइमा पर्छ ।

साडीसँग सल, स्वेटर तथा कोट लगाउँदा अप्ठ्यारो हुनसक्छ । त्यसैले साडीको माथिबाट इम्ब्रोइडरी गरिएको भेल्भेटको ज्याकेट स्टाइलको ब्लाउज एवं डिजाइनर वर्क गरिएको पंचु पनि राम्रै देखिन्छ । त्यसैगरी भित्र भुवा भएको टाइट जिन्स, टाइट स्वेटरमा लेदर, फेदर, वुलन वा भेल्भेटको लङ स्टाइलिस्ट कोट एवं ज्याकेटमा लङ कलरफुल बुट लगाउन सकिन्छ । विन्टरका लागि सकभर डार्क सेडकै पहिरन छनोट गर्नुपर्छ जसले न्यानो महसुस गराउँछ । यो समयमा पनि कलरफुल पहिरन लगाएर आकर्षक देखिन सकिन्छ ।

टिनएजर लुक्स

रश्मि तण्डुकार, फेसन डिजाइनर 

टिनएजरहरूलाई जस्तो पहिरन पनि आकर्षक नै देखिन्छ यद्यपि फेसन ट्रेड नै फलो गरी ड्रेसअप गर्न यो पुस्तालाई कसैले रोक्न सक्दैन । २०१८ को सुरुदेखि नै युवापुस्ता स्पोर्टी लुक्स फेसनमा छ । वाइड लेगिड हाइ वेस्ट पाइन्टसँग क्रप टप, बोल्ड फ्लावर प्रिन्टको पहिरन, तलदेखि माथिसम्म एउटै कलरको फेब्रिकमा वान पिस, जमसुट, प्लस साइज स्वेटर, टप्स, जिन्स आदि यसपटकको विन्टर फेसनमा छ ।

युवापुस्ताको कलर च्वाइसमा पेस्टल कलरहरू हाबी छन् । चेक डिजाइनका लङ स्कर्ट तथा सर्टहरू पनि फेसन बजारमा छन् । यो वर्षको विन्टरमा स्पोर्टी लुक्सका पहिरन पनि फेसनमा रहनेछन् । अहिलेको युवापुस्ता यो मौसममा मम् जिन्स, ब्वाइफ्रेन्ड जिन्स, जगस पाइन्ट, रिप जिन्स आदिमा हिँड्न रुचाउँछ ।  युवापुस्ता आफूलाई क्याजुअल वेयरमा स्मार्ट र एक्स्ट्रा देखाउन माहिर छ ।                                        

                                                                 सबाह नेपाल, कुपन्डोल

स्टाइलिस्ट हुन

  सूर्यलक्ष्मी श्रेष्ठ, इम्याजिन बुटिक कुपन्डोल

जाडोमा कालो रंग बढी प्रयोग हुन्छ । कालो पहिरनले शरीरलाई न्यानो राखे पनि त्यो कलरफूल पहिरनजति खुल्दैन । त्यसैले पूरै कालो गेटअपमा हिँड्नुभन्दा कालो ज्याकेट वा कोट, स्टकिङमा डार्क ब्लुको कम्बिनेसनमा भित्री स्वेटरका साथ जुत्ता र ब्याग प्रयोग गर्दा थप आकर्षक देखिन सकिन्छ । कालो रंगसँग जुनसुकै कलर सुहाउने भएकाले भित्री स्वेटर, ब्याग तथा जुत्ता आफूलाई मनपर्ने रातो, पहेंलो, पर्पल, पिंक, ग्रिन आदि प्रयोग गर्न सकिन्छ ।

यो मौसममा चेक पाइन्ट, लाइनिङ स्वेटर, प्रिन्टेड ज्याकेटजस्ता मिक्स एन्ड म्याच प्रिन्टयुक्त पहिरन लगाउनु उपयुक्त हुन्छ । अहिलेका लागि लेदर, ऊलन, लाइक्रा, अल्लो, ढाका आदि फेब्रिक उपयुक्त मानिन्छन् । टिनएजरहरू लेदरको स्कर्टमा स्टकिङ तथा लेदरकै बुट एवं ज्याकेटमा अझ निखारिन्छन् । अहिले थुप्रै कलरका निलेन्थ, मिडिल लेन्थ, सर्ट बुट तथा क्लोज सुजहरू फेसनमा छन् । ऊलनका पहिरन निकै न्याना हुन्छन् । पस्मिनाका पहिरन पनि जाडोका लागि उपयुक्त मानिन्छन् । क्याजुअल वेयरमा टर्टल नेकवाला स्वेटर, ज्याकेट, लामो साइजका ज्याकेट तथा स्वेटर, कोटलगायत  पाइन्टमा फुल वुटले आकर्षक लुक्स दिनुका साथै जाडोबाट पनि जोगाउँछ । जाडोमा दुलहीका लागि भेल्भेटको कपडामा ह्यान्ड वर्क गरिएको पहिरन उपयुक्त हुन्छ । अफिस वेयरका लागि पाइन्ट–सर्टमा ओभर कोट अथवा लामो कोटमा पेन्सिल हिल म्याच गर्छ र यो जाडोमा प्रभावकारीसमेत साबित हुन्छ । 

                                                   

 

 Image