चप्पल क्रेज
जमघटमा फ्ल्याट तथा हल्का हिल भएको चप्पल लगाउँदा स्मार्ट देखिन्छ ।![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2021/miscellaneous/sp5-22042021014728.jpg&w=1000&height=600)
![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2021/miscellaneous/sp5-22042021014728.jpg&w=1000&height=600)
मोडल पूजा श्रेष्ठको अनुहार लाम्चो भएकाले सबैभन्दा पहिले उनको आइब्रोलाई राउन्ड सेपमा मिलाइएको छ । सेलीब्रेटी लुक्सका लागि केही ग्ल्यामरस लुक्स दिनुपर्ने भएकाले आइमेकअपमा कट स्मोकी आइज एवं क्रिज गर्नुपर्छ । कट क्रिज कन्सिलिङ एरियामा लाइट कलरको आइस्याडो तथा स्मोकीमा ब्राउन कलर प्रयोग गरिएको छ ।
त्यसपछि आइ लाइनर र आइल्यासेस लगाई आँखाको मेकओभर गरिएको छ । वाटर लाइनमा सेतो लाइनरले कोस तानिएको छ । यसो गर्दा आँखा ठूलो देखिन्छ । अनुहारमा थोरै फेस करेक्सन गरिनुका साथै बेस नेचुरल राख्न दुईवटा सेड प्रयोग गरिएको छ । फेसमा ह्वाइट तथा ज लाइन एवं फोरहेड
एरियामा एक सेड डार्क कलर प्रयोग गरिएको छ । यसबाट फाउन्डेसन लगाएजस्तो देखिँदैन । त्यसपछि एचडी पाउडर लगाइएको छ । एचडी पाउडरले बेसलाई फाट्न दिँदैन । पूजाको छाला फेयर भएकाले रानी कलरको लिपिस्टिक प्रयोग गरिएको छ ।
यसले उनलाई सोबर लुक दिएको छ । ब्लसर पिंक एवं पिच गरेर गोल्ड हाइलाइटर प्रयोग गरिएको छ । यसरी गरिएको मेकअपमा फिक्सिङ स्प्रेले मेकअप बग्न दिंदैन र कृत्रिम देखिनबाट पनि जोगाउँछ ।