मेकअपपछि मुहार तब मात्र खुल्छ जब व्यक्तित्व पनि ड्यासिङ देखिन्छ । व्यक्तित्व ब्युटी सेड्युलमा निर्भर रहन्छ ।
आकर्षक ओठका लागि बीच भागको तलमाथि नै सिमर हाई ग्लसद्वारा डट बनाउनुपर्छ । यसले ओठलाई सेक्सी लुक्स दिन्छ ।
मेकअप गर्दा जहिले पनि ब्लसर सही प्वाइन्टमै लगाउनुपर्छ । ब्लसर प्वाइन्ट थाहा पाउन आफ्नो नाकसँगै दुई औंलाको भाग छोडिदिनुपर्छ । छोडेको भागबाहेक अन्य भाग ब्लसर प्वाइन्ट हो र त्यही भागमै ब्लस लगाउनुपर्छ जुन उपयुक्त स्थान हो ।
मेकअपअघि प्राइमर प्रयोग गर्दा स्कुथ टेक्स्चर मिल्छ ।
सिल्की तथा साइनी हेयरका लागि हेयर सिरम प्रयोग गर्न सकिन्छ ।
पर्फेक्ट क्याट आइ लुक्स बनाउन पातलो ब्रस प्रयोग गर्नुपर्छ ।
दैनिक स्याम्पु लगाउनु हुँदैन । स्याम्पुमा प्रयोग हुने केमिकलले केशलाई सुख्खाका साथै चाँडै टुक्रिने गरी कमजोर बनाउँछ ।
पसिना आउँदा ब्लाटिङ पेपरले अनुहार थपथपाउनुपर्छ जसले मेकअप बिगार्दैन ।
बिहान एसपीएफयुक्त मोइस्चराइजर लगाउनुपर्छ ।
केश स्वस्थ राख्न सधैं सफा काइँयो वा ब्रस प्रयोग गर्नुपर्छ । फोहोर वा अरुले प्रयोग गरेको काइँयो अथवा ब्रसद्वारा विभिन्न ब्याक्टेरिया संक्रमण हुने सम्भावना हुन्छ ।
केश स्वस्थ राख्न हाँगा फाटेको केशलाई ६ वा ८ हप्तामा नियमित ट्रिम गर्नुपर्छ ।