Successfully Copied

स्लिम देखिन के लगाउने ?

स्लिम देखिने चाहना सबैमा हुन्छ तर पर्फ]{ट फिगर सबैलाई प्राप्त हुँदैन । यद्यपि केही उपाय अपनाएर शरीरलाई आकर्षक र स्लिम बनाउन सकिन्छ ।

स्लिम देखिने चाहना सबैमा हुन्छ तर पर्फ]{ट फिगर सबैलाई प्राप्त हुँदैन । यद्यपि केही उपाय अपनाएर शरीरलाई आकर्षक र स्लिम बनाउन सकिन्छ ।

एउटै कलरको आउटफिट लगाउनुपर्छ । सिंगल ह्युबाट स्लिम तथा अग्लो देखिन सकिन्छ ।

ज्वेलरीलाई स्मार्टली प्रयोग गरेर पनि स्लिम लुक क्रिएट गर्न सकिन्छ । लङ नेकलेसबाट घाँटी लामो र पातलो देखिन्छ भने हिप्स र फ्याटी बी पार्टबाट पनि ध्यान हटाएर सेन्टरमा नजर केन्दि्रत हुन्छ ।

आफ्नो खुट्टाको स्किन कलरसित सुजको कलर म्याच गर्नुपर्छ । स्टकिङ्स लगाउने हो भने त्यही कलरको जुत्ता प्रयोग गर्नु राम्रो हुन्छ । यसबाट खुट्टा स्लिम, लामो अनि सेक्सी देखिन्छ ।

आफ्नो हेयर स्टाइल माथितिर तथा केशलाई फेस पछाडितर्फ राख्नुपर्छ । जस्तै हाई पोनिटेल वा कुनै पनि अप डु मुहारलाई पातलो देखाउन सहयोगी हुन्छ ।

डेनिममा रुचि छ भने क्लिन, सिम्पल जिन्स लगाउनुपर्छ । धेरै पकेट वा वर्क भएका जिन्सबाट जोगिनुपर्छ । त्यसबाट बल्की वा हेभी लुक प्राप्त हुन्छ । स्लिम देखिन स्ट्रेट फिट वा बुट कट जिन्स लगाउन सकिन्छ ।

सही आकारको अन्डर गार्मेन्ट्स लगाउनुपर्छ । प्राय: महिलाहरू गलत साइजको ब्रा लगाउँछन् जसको कप अत्यन्त सानो हुन्छ । त्यसबाट न पर्फ]{ट सेप प्राप्त हुन्छ न सही लुक तसर्थ उपयुक्त अन्डर गार्मेन्ट्स लगाउनुपर्छ ।

स्ट्रेट लाइन न्यारो ज्याकेट्स डार्क जिन्सका साथमा लगाउनुपर्छ । यसले स्लिमर लुक दिन्छ ।

सही फेब्रिक छनोट गर्नुपर्छ । कतिपय फेब्रिक फुलेका जस्ता देखिन्छन् र तिनले हेभी लुक प्रदान गर्छन् । अत: त्यस्ता फेब्रिकबाट जोगिनुपर्छ । कतिपय फेब्रिक पातला हुन्छन् । यिनको फल पनि राम्रो हुन्छ जसले स्लिम लुक प्रदान गर्छन् ।

ब्राइट कलर र ठूल्ठूला प्याटर्नस्ले हेभी लुक प्रदान गर्छन् । स्ट्राइप्समा पनि होरिजेन्टल स्ट्राइप्ड लगाउनु हुँदैन । शरीरको कम्मरभन्दा मुनिको भाग हेभी छ भने डार्क कलर्सको जिन्स वा स्कर्ट लगाउनुपर्छ ।

शरीरको माथिल्लो भाग हेभी छ भने डार्क कलरको टप्स लगाउनुपर्छ । धेरै लुज फिटिङ वा टाइट फिटिङ लगाउनु ठीक होइन । यसबाट अझ बढी हेभी देखिन्छ ।

बडी टाइपअनुसार के लगाउने ?

कर्भी हुनुहुन्छ भने स्ट्रेट वा बेल्ड स्टाइल बढी प्रयोग गर्नुपर्छ, नेचुरल लुकिङ सोल्डर पेडिङ छनोट गर्नुपर्छ ।

फ्लेप वा प्याच पकेट्स, हाई नेकलाइन तथा फिटेड पहिरन । होचो हुनुहुन्छ भने घुँडासम्म लामो कुनै पनि पहिरन छनोट गर्न सकिन्छ । ब्रेसलेट स्लिप्सयुक्त कोटले पनि टल लुक प्रदान गर्छ । आफ्नो स्टाइललाई हाइट दिन अम्पायर वेस्ट्स वा बेल्टको प्रयोग गर्नुपर्छ । डिटेल्ड नेकलाइन्सबाट पनि हाइट प्राप्त गर्न सकिन्छ ।

लङ कोट, डबल लेयर तथा भोल्युम एड गर्ने खालको एवं डिटेल्ड स्टाइल्सबाट । काँधको चौडाइ कम छ भने डिफाइन्ड सोल्डर भएका टप्स तथा कोट लगाउनुपर्छ । प्याडेड सोल्डर छ भने अझ राम्रो हुन्छ । चौडा नेकलाइन प्रयोग गर्नुपर्छ । आफ्नो आउटफिटको मुनिको भाग माथिल्लोको तुलनामा कम चौडा राख्नुपर्छ । बेल्ट लगाउनुपर्छ ।

केबाट बच्ने ?

ड्रप्ड स्लिब्स र सोल्डर्स, अनस्ट्रक्चर्ड स्टाइल्स, जसले फेब्रिकलाई नेचुरल सोल्डर लाइनमा फिट गराउँछ वा त्यस्तो स्टाइल र फेब्रिकबाट जोगिनुपर्छ, जसबाट नेचुरल सोल्डर स्पष्ट देखिन्छ ।

काँध बढी चौडा छ भने अनस्ट्रक्चर्ड टप्स वा ज्याकेट लगाउनुपर्छ । लेन्थ मिड हिप वा त्यसभन्दा थोरै बढी राख्नुपर्छ । भी-नेक न्यारो कोलर्सका साथ उपयुक्त मानिन्छ ।

हाई वा क्लोज नेक स्टाइल, स्ट्रक्चर्ड सोल्डर स्टाइल तथा पेटेड सोल्डर्स ।

बस्ट सानो छ भने खुल्ला चौडा गला भएका टप्स वा कोट् लगाउनुपर्छ । माथिको भाग डबल लेयर्ड भए अझ राम्रो हुन्छ ।

धेरै बढी बकस वा स्क्वेयर सेपबाट जोगिनुपर्छ ।

बस्ट हेभी छ भने सिंगल लेयर्ड टप लगाउनुपर्छ । डिप भी-नेक न्यारो गलाका साथमा लगाउनुपर्छ । फिटेड बेस्ट पनि प्रयोग गर्न सकिन्छ तर त्यो धेरै हाई नहोस् भन्ने कुरामा ध्यान पुर्‍याउनुपर्छ ।

हाई नेकलाइन, फुल स्लिब्स, प्याच पकेट्स तथा डबल लेयर्ड टप्स ।

टमी लुक छ भने स्ट्रेट कट ड्रेस उपयुक्त हुन्छ वा हल्का ए-कट डिजाइन प्रयोग गर्नुपर्छ । मिड हिप लेन्थको टप पनि उपयुक्त हुन्छ । टप वा ज्याकेटमा ओभरसाइज्ड बटन हुनुहुँदैन ।

धेरै फिटिङ पहिरन विशेषगरी कम्मरमा फिटिङ, पकेट वा डिजाइन्स ।

 Image