Successfully Copied

पहिरन सम्हालेर राखौं

स्टाइलिस ऊनीका पहिरनले जाडो मौसममा न्यानो हुनुका साथै व्यक्तित्वलाई पनि आकर्षक देखाउँछ ।

स्टाइलिस ऊनीका पहिरनले जाडो मौसममा न्यानो हुनुका साथै व्यक्तित्वलाई पनि आकर्षक देखाउँछ । यस्ता पहिरनलाई समयमै राम्रोसँग सफा गर्नु जरुरी हुन्छ । जाडो सकिने बेलामा यसलाई सही ढंगबाट थन्क्याउनुपर्छ ।

-    स्वेटरलाई हेंगरमा वा कोटजस्तै झुन्डाएर राख्नुहुँदैन । ऊनीका पहिरन राख्दा धेरैजसोले झुन्डाएर राख्छन् जुन गलत हो । यस्तो गल्ती गर्दा ऊनीका महँगा पहिरन बिग्रन सक्छन् । त्यसले ऊनीका पहिरनमा कीरा लाग्न सक्छ भने भुवा निस्कन तथा आकार बिग्रन सक्छ । यस्तो स्थितिमा पछुताउनुको अर्को विकल्प हुँदैन । त्यसैले स-साना कुरामा पनि ध्यान दिनुपर्छ । राम्रोसँग ख्याल राखे ऊनीका पहिरन पछिसम्म पनि नयाँजस्तै देखिन्छन् ।

-    लामो समयदेखि नलगाइएका ऊनीका पहिरन अरूलाई दिनुपर्छ ।

-    स्वेटर, ज्याकेट तथा कोटलाई वार्डरोबमा राख्नुअघि राम्रोसँग धोएर सुकाउनुपर्छ । दाग, धब्बा तथा फोहोर लागेका ऊनीका पहिरन लामो समयसम्म वार्डरोबमा राखे दाग छुटाउन मुस्किल हुन्छ भने त्यसमा कीरा लाग्ने सम्भावना पनि हुन्छ । त्यसैले पहिरन थन्काउँदा औषधि राख्नुपर्छ ।

-    ऊनीका पहिरनलाई हावा नछिर्ने गार्मेन्ट कभर तथा ब्यागको भित्रपट्ट िराख्नु उचित हुन्छ । यसो गर्दा ओस, ढुसी तथा कीराबाट सुरक्षित रहन सकिन्छ ।

-    ऊनीका स्वेटर तथा टप्सलाई कहिल्यै हेंगरमा टाँगेर राख्नु हुँदैन । यसो गर्दा ऊनीका पहिरनको आकार बिग्रन सक्छ । यसलाई चाङ बनाएर राख्नुपर्छ ।

-    गहु्रंगो कोट राख्न बाँस वा प्लास्टिकबाट बनेको ठूलो आकारको विशेष हेंगर प्रयोग गर्न सकिन्छ । यसमा सोल्जर सेपको कव्र्स हुन्छ । कोटलाई धोएपछि यस्तै हेंगरमा टाँग्नुपर्छ । कोटलाई सामान्य हेंगरमा टाँग्दा त्यसको भार बहन गर्न नसकी सोल्जर एरियामा यसको आकार खराब हुन सक्छ ।

-    उनीका पहिरनमा देखिने भुवा टुथब्रस, रेजर तथा सेडपेपरको सहायताले निकाल्न सकिन्छ ।

 Image