मासिन्या: तामाङ जातिमाथि उत्पीडनको कथा
नाटकमा मुख्य त जनयुद्ध कालको चित्रण छ । जनयुद्धकालको समयलाई हालको अवस्था चित्रण गर्दै इतिहासको कालखण्डलाई नाटकले जोड्ने प्रयास गरेको छ ।
दरबारमार्गस्थित होटल याक एण्ड यतिमा ग्ल्याम नेपाल इन्टरनेसनल नामक फेसन कार्यक्रम सम्पन्न भयो । विविध रंग, स्वरुप र आयामले न्यानोपन साट्दै मोडलहरु र्याम्पमा उत्रिएका थिए । नेपाली फेसन मोडलिङको दुनियाँमा नाम चलेका रनवे मोडलहरुको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा सहभागी डिजाइनहरुको सृजनामा शो स्टपरका रुपमा सेलिब्रेटीहरुको प्रस्तुति रहेको थियो । शो स्टपरका रुपमा अभिनेतृहरु मिरुना मगर, शिल्पा मास्के, आँचल शर्मा, साम्राज्ञी आर एल शाह, दिव्या रायमाझी, आना शर्मा, अभिनेताहरु अनुप विक्रम शाही, प्रदीप खड्का, प्रशान्त ताम्राकार, गायक साकार अधिकारी, मोडल सोफिया भुजेल, प्रेमा लामगाडे देखि थिन्ले ल्हामो, निमेश कपाली लगायत थिए ।
ग्ल्याम नेपाल इन्टरनेसनलको यो चौथौं संस्करणमा नौ वटा विभिन्न प्रस्तुति मार्फत् सहभागी डिजाइनरले आफ्नो सृजनशीलताका नमूना प्रस्तुत गरेका थिए ।
स्वयं गुरुङ, आज्ञा खनाल, राजन शाह, सेन्स अफ क्लीक, सम्राट कुटर, राइनो लेडर्स, हुबा, अन्नुज् क्रिएसन, भिरा बाई जारा जस्ता ब्राण्ड र नाम चलेका फेसन डिजाइनरहरुले आफ्नो सृजना प्रस्तुत गरेका थिए । कार्यक्रम सुपर मोडल एवं फेसन कोरियोग्राफर आस्था पोखरेलको कोरियोग्राफीमा हेल्दी च्वाइस एस्थेटिक हस्पिटलको प्रस्तुतिमा प्रारम्भ प्रोडक्सनले आयोजनाले गरेको थियो ।