सेजल राजभण्डारी ‘मिस इको इन्टरनेशनल नेपाल २०२६’ घोषित
आगामी अप्रिलमा इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस इको इन्टरनेशनल २०२६ का लागि नेपालबाट आधिकारिक प्रतिनिधिको रूपमा सेजल राजभण्डारी छनोट भएकी छिन् ।
कला र कलाकार जुटाउने उदेश्यले राजधानीमा ‘कलाशाला’ प्रर्दशनी हुन लागेको छ । कलाशालामा बिभिन्न देशका कलालाई एकसाथ अवलोकना गर्न सकिनेछ । चैत २ गते देखि अन्तर्राष्ट्रियस्तरको कला प्रदर्शनीमा १ सय २० कलाकारको उपस्थितिमा हुने भएको छ ।
कला र कलाकारलाई एकजुट बनाउनका लागि कलाशालाको आयोजना गरिएको ‘आकार आर्ट सेन्टर’की अध्यक्ष तथा कलाकार अनिता भट्टराईले बताइन् । कलाशाला कार्यशाला उद्घाटन कार्यक्रम राजधानीको एयरपोर्टस्थित ’होटेल एयरपोर्ट’मा युरोपियन युनियनका राजदूत भेरोनिक लोरेन्जोको आथित्यमा सुरु हुनेछ ।
चैत ५ सम्म आयोजना हुने ’कलाशाला’मा नेपालसहित भारत, ताइवान, बंगलादेश, इरान र युएईका कलाकारको कलाकार सहभागि हुने भएका छन् । कलाकारले पाटन दरवार क्षेत्रको भ्रमणसँगै नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको आर्ट ग्यालरी पनि पुग्नेछन् । त्यसपछि भने ‘होटेल एयरपोर्ट’मै कला प्रदर्शनी हुनेछ ।
उनका अनुशार कार्यशालामा चित्र, मूर्ति, प्रिन्ट मेकिङ, डिजिटल आर्ट लगायतका विविध विधा समावेश हुनेछन् । ‘इन आर्ट वर्ल्ड’को आयोजनामा आकार सेन्टर र ‘नेपाल जर्मन चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिज’ले संयोजन गरेको हो । कलाशालामा आम्दानीको ५० प्रतिशत रकम ’सफलता एच.आई.भी. शिक्षा सदन’लाई प्रदान गरिनेछ ।